धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ । जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’ जनकपुर अस्पताल
विराटनगर, २६ साउन । प्रदेश १ मा आज ४२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिला, पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुष, झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको लिप्रङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसा
काठमाडौ आइतबार, श्रावण २६/ आज थप ३सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ३सय १० जना पुगेको छ । काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुष बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिला, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिला,काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुष को मृत्यु भएको छ । यो सँगै नेपालमा मृतकको संख्या ७९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा
धरान । देशकै उत्कृष्ठ अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि कोरोनाको महामारीमा स्थानीय जनता लाभान्वीत हुन पाएनन् । कोरोना पोजिटिभको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगरिदिदा धरानका कोरोना संक्रमित बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेका धरान उपमहानगरपालिकाले गुनासो गरेकोछ । पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । दुई साता भित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमित देखिएका छन् भने २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् । । पोजिटिभ केशहरु अहिले घरमै राख्नु पर्
विराटनगर । विराटनगरमा न्यायाधीशमा पनि कोरोना संक्रमण देखिएको छ । अदालतबाट संकलन गरिएको स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएको हो । जिल्ला अदालत मोरङका न्यायाधीशसहितका कर्मचारीको पीसीआर परीक्षण भएको थियो । एक जना न्यायाधिशमा संक्रमण पुष्टि भएको हो । अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार अदालतको सेवा तीन दिनका लागि बन्द गरिने भएको छ ।अदालतका अन्य कर्मचारीको कन्ट्रयाक ट्रेसिङ गरी स्वाब लिन र परीक्षण गर्न विराटनगर महानगरपालिकालाई आग्रह गरिएको पौडेलले बताएका छन् ।
धरान । समुदायमै कोरोना संक्रमण देखिन थालेपछी धरान उपमहानगरपालिका ले गरेको मास टेस्टिङ्का क्रममा सोमबार पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत साउन २० देखि शुरु गरिएको मास टेस्टिङ्का क्रममा समुदाय स्तरमै १५ जनामा कोरोना संक्रमण देखि सकेको छ । सोमबार विहान आएको रिपोर्ट अनुसार धरान–६ का २ युवा, धरान १३ का २ युवा, धरान–१० का दुई महिला र धरान–१५, १६ र १९ का एक एक युवालाई संक्रमण भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। संक्रमण देखिएका हरुको सम्पर्कमा रहेका हरुको ट्रेसिङ गरेर सबैको स्वाब परिक्षण गरिने उनले बताए । सोमबार थपिएका ९ जना स
बेलबारी / बेलबारी नगरपालिकाले समुदाय स्तरमै कोरोनाको परिक्षण गर्न थालेको छ । पत्रकार सुरक्षाकर्मी मालपोत,नापि कार्यालय, बिधुत प्राधिकरण बितरण केन्द्र बेलबारी तथा अन्य बक्तिहरुको परिक्षण गरीसकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । बेलबारीको बास्तविक अबस्था बुझनका लागि फ्रन्टलाईनमा काम गरिरहेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर परिक्षण गरिएको बेलबारी नगरपालिका कोभिड १९ ब्यबस्थापन उपसमितिका संयोजक स्वास्थ्य सहायक सन्तोष बिकले बताउनु भयो । बेलबारीमा हालसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि घर फर्किएका छन भने २ जनाको सामान्य कोभिड अस्पतालमा उचारका क्रममा रहेका छन ।
विराटनगर । स्थानीय तहसंगको समन्वयमा प्रदेश १ सरकारले थप तीन सय बेड क्षमताको आईसोलेसन संचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रदेशस्तरीय क्राइसेस म्यानेजमेन्ट सेन्टरको बैठले स्थानीय तहहरुमा आईसोलेसन सेन्टर चलाउने निर्णय गरेको हो । स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाज विराटनगर, रंगेली नगरपालिका वडा नं. ७ स्थित श्रीजनता क्याम्पसको भवन, सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ स्थित वि.जेनेरल अस्पताल र बराहक्षेत्र नगरपालिकास्थित कृष्णदास आश्रम चतरामा कोभिड १९ को संक्रमित लक्ष
विराटनगर, २५ साउन । प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ । प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १&nda
काठमाडौ आइतबार, श्रावण २५/ आज थप ३सय ८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २२ हजार ९सय ७२ जना पुगेको छ । नेपालमा हालसम्म ७४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय५३ जना जना रहेका छन् ।