धरान । भदौ १४ गते सम्म निषेधित क्षेत्र घोषणा गरिएको सुनसरीमा ३ दिन थप भएको छ । आइतबार समयसिमा सकिनु अगावै ३ दिन निषेधाज्ञा थप गरिएको हो । शनिबार जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । बैठकमा सुरक्षा निकायका प्रमुखहरुसँगै जिल्लाका गाउँ तथा नगरपालिका प्रमुखहरु सहभागी थिए । यस्तै, सुनसरी उद्योग वाणिज्य संघ, इटहरी र इनरुवाका उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पनि सहभागी थिए । सहायक प्रजिअ पोखरेलका अनुसार निर्णय भदौ १७ गतेसम्म निषेधित क्षेत्र बढाउने निर्णय मात्र भएपनि ३ दिनभित्र निषेधित क्षेत्रको मोडालिटीबारे प्रस्त
धरान । राज्यले किड्नी समस्या भएका बिरामीलाई निशुल्क औषधी सहितको डाइलासिस सेवा प्रदान गरेको छ । तर धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस सेवा लिन आएका बिरामीले बाहिरबाट महंगो मुल्य तिरेर औषधी खरिद गर्नु पर्ने अवश्था रहेको छ । लामो समय देखिको लकडाउनका कारण रोजिरोटी नै गुमेको अवश्थामा नियमित डाइलासिस गराउदै आएका बिरामीका परिवारलाई औषधी खरिद गर्नु पर्ने बाध्यताले दैनिक जसो समस्यामा पर्दै आएका छन् । सरकारले डाइलासिसका लागि आवश्यक पर्ने औषधी सामग्री निशुल्क उपलब्ध गराउने जनाए पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलासिस गराउन आएका बिरामीले आफै औषधी
काठमाडौ २०७७ भदौ १३ शनिबार १६:२३:०० प्रकाशित/ आज थप ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३७ हजार ३ सय ४० जना पुगेको छ । नेपालमा मृतकको संख्या २०५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय १३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २० हजार ५ सय ५५ जना रहेका छन् । शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ संक्रमित थपिएका छन
विराटनगर, १३ भदौ । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष
सुनसरी । समुदाय स्तरमै कोरोना संक्रमण बढ्दै गए पछि मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ । शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भए संगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ । शनिबार पाटन अस्पतालमा उपचार गराई रहेका काठमाडौं र भक्तपुरका दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको छ । आइसियुमा उपचार गराईरहेकी मकवानपुरकी ४९ वर्षिया एक महिला र बाराकी ४७ वर्षिया महिलाको मृत्यु भएको हो । त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ
विराटनगर । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव चार दिनपछि प्रशासनले उठाएको छ । विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शवगृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसंग समन्वय गरेपछि चा दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपति आफूहरुले नै शवगृहमा शव व्यवस्थापन गरेको जानकारी दिए । महोत्तरीको ती मृतकको शव लिन उताबाट समेत प्रशासनले चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफै
धनकुटा, १३ भदौ ÷धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर परिक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पूष्टि भएको हो । धनकुटाबाट ९५ जनाको पिसीआर परिक्षणको लागि पठाएको मध्ये ४५ जनाको रिपोर्ट आएको छ । जस मध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए । संक्रमण देखिएका ती सबै पुरुष प्रहरी जवानहरु हुन् । उनीहरु एकमहिनाको अवधीमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरु सबै हालसम्म क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकु
धरान । एन्फा क्वारेन्टाइनमा खटिएका ३ जना नेपाली सेना सहित धरानका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान थप भएका कोरोना संक्रमित ३ जना नेपाली सेना र १ जना धरान १७ की ३९ वर्षिय महिला छिन् भने दुई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रका रहेका छन् । धरान १७ स्थित एन्फा क्वारेन्टाइना खटिएका २६, २५ र २७ वर्षिय नेपाली सेनामा कोरोना पुष्टि भएको छ भने प्रतिष्ठानमा कार्यरत एक जना मेडिसिन युनिट ३ मा कार्यरत हेल्ड एडकी १० बर्षीया भाञ्जि हुन् । अर्का एक जना संक्रमित १७ बर्षीय पुरुष छन् । उनी पनि प्रतिष्ठानको टि।बि।ल्याबमा काम गर्ने हेल्थ एडकै छोरा रहेको धरान उपमहानगरपालिकाको स्वास
विराटनगर, १२ भदौ । प्रदेश १ मा आज ७४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ । उता झापाको कमलगाउँपालिकामा २ महिला ७ पुर
सुनसरी । सुनसरीमा सबै भन्दा बढी ४१ जनामा कोरोना संक्रमण देखिए संगै प्रदेश १ मा शुक्रबार ७४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेशमा कोरोना संक्रमीत ३ हजार १ सय ४ पुगेका छन भने २७ जनाको मृत्यु भएको छ । शुक्रबार थपिएकामा सबै भन्दा बढी सुनसरीमा ४१ सहित मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको इनरुवामा ६ महिला र १४ पुरुषमा संक्रमण देखिएको छ भने धरानमा ५ महिला र ४ पुरुषमा पुष्टि भएको छ । यस्तै, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महि