इटहरी । कोरोना संक्रमण नियन्त्रण बाहिर गइरहेका बेला इटहरीले बुधबार देखि पीसीआर परिक्षण बन्द गरेको छ । कोभिड १९ अस्पताल अन्तरगत मोरङको बिराटनगर स्थित कोशी अञ्चल अस्पताल र सुनसरीको धरान स्थित बिपि प्रतिष्ठानले आवश्यकीय रिएजेन्ट अभाव भएको कारण देखाउदै परिक्षणका लागि पठाइने स्वाब नलिने जानकारी गराएको छ । संक्रमण समुदाय स्तरबाट पनि नियन्त्रण बाहिर पुगेपछि उपमहानगरले इटहरीको बिभिन्न क्षेत्रलाइ रेडजोन र निषेधित क्षेत्र तोकि अनुगमनलाइ तिब्रता दिइरहेको छ, तर अचानक पीसीआर परिक्षण बन्दको सुचना जारी गरेपछि सम्बन्धित सरोकारवालाहरूले पनि चासो देखाएका छन । उपमहानगरले गत मंगलबार एक सुचना जारी गर्दै नगरवासीहर
धरान । औषधी पसलहरुबाट बिरामी ठगिएको गुनासो बढ्दै गए पछि औषधी व्यवस्था विभाग अनुगमन गर्न आउँदा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गेट अगाडिमा औषधी पसल संचालकहरु भागाभाग भएका छन् । केही दिन अघि बिर्तामोड मेडिकल हलले एक बिरामीलाई ठगेको समाचार सार्वजनिक भए पछि औषधी व्यवस्था विभाग विराटनगरको चासो बढेको थियो । अनुगमनको टोलि आउँदै गरेको खबर सुने पछि प्रतिष्ठान गेट बाहिरका अधिकांश औषधी पसलहरु बन्द गरेर फरार भएका थिए । यसले पनि प्रष्ट के पार्छ भने बन्द गरी फरार रहेका औषधी पसलहरु गैह्रकानुनी रुपमा संचालनमा आएका हुन् । कारवाहीमा पर्ने डरले पसलनै बन्द गरेर फरार भएका छन् । विभागका अनुसा
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवाशीय क्षेत्रमा होम आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितहरुको आवासमा तिन देखि फोहोर उठ्न नसक्दा थप जोखिममा परेका छन् । आवास क्षेत्रमा तिन देखि पानी पनि नआएको र फोहोर पनि उठेको छैन् । तिन देखि समस्या भए पनि प्रशासनले कुनै चासो नदेखाएको आवासमा बस्दै आएका कर्मचारीहरुले गुनासो गरेका छन् । होम आइसोलेसनमा बसेका एक संक्रमितले भने, ‘संक्रमण पुष्टि भई होम आइशोलेसनमा बसेका संक्रमितहरुको आवास क्षेत्रको फोहोर उठेको छैन, धारामा पानि नआएको ३ दिन भयो, प्रशासलाई खवर गर्न खोज्दा प्रशासनको फोन उठ्दैन, फोहोरबाट झन अन्य संक्रमण फैलने उच्च जोखिम छ ।&rsquo
धरान / धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी १० का ३७ बर्षीय युवा र इटहरी –६ का १ जना वृद्धको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार वृद्ध मधुमेहका विरामी थिए । प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठका अनुसार युवाको सोमबार साँझ ६ बजेर ४५ मिनेटमा र वृद्धको आज विहान ४ बजे मृत्यु भएको हो । युवाको असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने वृद्धको असोज २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवाको अन्य दीर्घरोगबारे जानकारी नभएको प्रतिष्ठानले जन
धनकुटा/ धनकुटा नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अत्यावश्यक बाहेकका नगरपालिकाले प्रवाह गर्ने सेवा कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परिक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुष र एक महिला कर्मचारी सहित उच्च अदालत विराटनगर धनकुटा इजलासमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि यसको संक्रमणलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रभाव गर्दै आएको सेवा असोज २८ गते (आज) देखि कार्तिक ६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए
धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए । कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ । अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञाने
इटहरी । चाडपर्वको समयलाइ मध्यनजर गर्दै संचालनमा आएका सार्वजनिक यातायातका साधनहरूमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएको छ । पूर्वबाट इटहरी हुदै धरान बिराटनगर लगायत अन्य स्थानहरूमा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरूमा प्रदेश नम्बर १ ट्राफिक प्रहरी कार्यालयले सोमबार गरेको अनुगमनकै क्रममा सार्वजनिक बसका चालकहरूले नै मास्क चिउडोमा लगाउने गरेको सेनिटाइजर प्रयोग नगरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रदेश एक ट्राफिक प्रहरी कार्यालय इटहरीले सोमबार देखि नियमित यात्रुबाहक वस तथा सवारी साधनहरूमा अनुगमन थालेको छ । सरकारले जारी गरेको मापदण्डको पालना नगरी राजमा
धरान । समुदाय स्तरमा संक्रमणको जोखिम बढ्दै गर्दा एकातिर पुनः लकडाउन गर्ने कि प्रश्न उठिरहेको छ भने अर्को तिर भर्खरै उठ्दै गरेको व्यापार व्यवसाय धरायसी हुन नदिन खुल्लै राख्ने चर्चा चलिरहेको छ । सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन खुल्ला भए पछि कोरोनाको संक्रमणको दर पनि बढ्दै गएको हो । दोस्रो चरणमा लकडाउन घोषणा भए पछि केही मात्रामा घटेको देखिए पनि लकडाउन खुल्ला भए पछि अहिले कोरोनाको संख्या ह्वातै बढेको छ । लामो समयको बन्दका कारण निराश भएका नागरिकमा संक्रमणको त्रासको कमि देखिदै गएकाले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको दर बढ्दै गएको सरोकारवालाहरु बताउदै आएका छन् । चाडपर्व नजिकदै गएका
विराटनगर / प्रदेश १ मा आज ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ । उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा
धरान । लकडाउन खुल्ला भए सँगै बढ्दै गएको कोरोना संक्रमण नियन्त्रणका लागि धरान उपमहानगरपालिकाले स्वास्थ्य प्रोटोकल पालनाको अनुगमन गर्ने भएको छ ।सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको उपस्थितीमा भएको बैठकमा नागरिकहरु सचेत नभएकै कारण कोरोना संक्रमण फैलिदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको छ । मंगलबार देखि अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल पालना गराउन अनुगमन गर्ने निर्णय गरिएको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीको नेतृत्वमा मंगलबार देखि अनुगमन गरिने भएको छ । स्वास्थ्य प्रोटोकल अनुसार माक्स नलगाएको