विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना विराटनगरमा दुई जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन । कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का ७० वर्षीय वृद्ध छन । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका वडा नम्बर २ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिएका छन । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार
विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरंगको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २–२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
विराटनगर । प्रदेश १ मा आज ५६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २५३, झापामा १४३, सुनसरीमा ११२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३, सोलुखुम्वुमा २, पाँचथर, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका २६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १४७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ६१ महिला र ८६ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २०, पथरीशनिश्चरेमा १८, कटहरीमा ९,सुनबर्षीमा ८, ग्रामथानमा ७, बुढीगंगा र उर्लाबारीमा ६–६, धनपालथान र बेलबारीमा ५–५, कानेपोखरी, जहदा, मिक्लाजुङ, रंगेली र केराबारीमा ४–४ र रतुवामा
विराटनगर । प्रदेश १ कोरोना परीक्षणको दर घटेसंगै संक्रमित थपिने क्रमसमेत घटन् पुगेको छ ।दशैंयता प्रदेश राजधानी विराटनगरसहित पालिकाहरुमा स्वाब संकलनको दर निक्कै न्यून भएको छ । विराटनगर महानगरले गर्ने स्वाब संकलन समेत केही घटेको छ । दसैंभर कोसी अस्पतालले पहिल्यै संकलन भई आएका नमूना मात्र परीक्षण गर्ने स्पष्ट गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार विहीबार प्रदेशभर जम्मा १३४ जना कोरोना संक्रमित थपिए । तीमध्ये सबैभन्दा धेरै सुनसरीमा ५७ जना थिए । मोरङमा नयाँ संक्रमित ४२, झापामा ३१, ते¥हथुममा एक र प्रदेश बाहिरका ३ जनामा संक्रमण देखिएको थियो । सुनसरीको धरानमा ४७, इटहरीमा ७, राम
धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज
धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको बेथिती प्रती सामाजिक संजालमा गुनासो बढ्न थालेपछी धराने नागरिक समाज तथा राजनितिक दलको ध्यानाकर्षण भएको छ । कोरोनाको संक्रमण बढ्दै जादा पनि धराने जनताले नै उपचार पाउन नसके पछि प्रतिष्ठान प्रती स्थानियले चर्को आलोचना गर्न थालेका छन् । प्रतिष्ठान परिषरमा निर्माण गरिएको कोभिड अस्पतालमा सामान खरिद प्रकृया मा चर्म भ्रष्ट्राचार भएको गुनासो आएको छ । कोभिड अस्पतालमा प्रयोग गरिएका भेन्टिलेटर बिग्रेका छन भने अक्सिजन समेत पाउन सकेका छैनन् । वेथितिको गुनासो सुनिन थाले पछि धरानका स्थानियबासि , नागरीक समाज तथा राजनितिक दलहरु ले सामुहिक छलफ
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना संक्रमितलाई निजी अस्पतालमा उपचार गर्न भर्नापूर्व नै लिइने शुल्क महंगो भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेसले महंगो शुल्क घटाउन सरकारसंग माग गरेको हो । कांग्रेसले आईसियू र भेन्टिलेटरमा पुग्ने बिरामीलाई चलाइने रेम्डेसिभिर नामक औषधि सरकारले निःशुल्क रुपमा प्राप्त गर्ने गरेकोले त्यसलाई निजी अस्पतालहरु उपचार गर्ने बिरामीलाई समेत निःशुल्क दिन माग गरेको छ । विराटनगरमा आज गरिएको पत्रकार सम्मेलनमा विराटनगर कांग्रेसका कार्यवाहक सभापति अरुण न्यौपानेले आईसियू र भेन्टिलेटरको सुविधा भएका अस्पतालको शुल्क थेगिनसक्नुको भएको बताउँदै भने,&l
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण ठिक भई हालसम्म १० हजार १३८ जना डिस्चार्ज भएका छन् । प्रदेशमा संक्रमितको संख्या १८ हजार २५० पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ८ हजार भन्दा धेरै संक्रमित अस्पताल, सामुदायिक आईसोलेसन र होम आईसालेसनमा छन । सामाजिक विकास मन्त्रालयका अनुसार हिजो एकै दिन ५५६ जना कोरोना संक्रमित थपिए भने ६९५ जना डिस्चार्ज भएका छन । होमआईसोलेसनबाट ६८०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ११ र मेची अस्पतालबाट ४ जना डिस्चार्ज भएका हुन । कोरोना भए नभएको पत्ता लगाउन प्रदेश हालसम्म १ लाख ५६ हजार ५४६ जनाको पीसीआर परीक्षण भएको छ । प्रदेश १ का खासगरी बाक्लो जनसंख
धरान/ नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा थप १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा पछिल्लो २४ घण्टामा ८२४८जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ । पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको
धरान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब दैनिक रुपमा गर्दै आएको कोभिड–१९ प्रेस ब्रिफिङ नगर्ने भएको छ । नियमित रुपमा दैनिक हुदै आएको कोभिड १९ प्रेस ब्रिफिङ दशैंका समयमा केही दिन रोकिएर बुधबारबाट सुरु भएको थियो । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अब सातामा दुई दिन आइतबार र बुधबार कोभिड–१९ प्रेस ब्रिफिङ हुनेछ । अरु दिनको सूचना मन्त्रालयको वेबसाइट, भाइबर ग्रुप र सामाजिक सञ्जालमा दिइने उनले जानकारी दिए ।