धरान /धरान उपमहानगरपालिका वडा नं. १३ मा जिरो प्वाइन्टमा दुर्घटना हुदा एकजना महिलाको घट्ना स्थलमै मृत्यु भएको छ भने सख्त घाइते भएका एक पुरुषकोे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । धरान १३ जिरोपोइन्ट धरान १६ स्टुडियम जाने बाटो र भानुचौक झर्ने सडक छेउमा दुर्घटना हुदा स्कुटीमा सवार पर्साकी बीपीमै कार्यरत कर्मचारी अमरिता माखिम (लिम्बु)को घट्ना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटीमा सवार मृतकका श्रीमान प्रभु दियाल चौधरीको धरास्थित बीपी कोइरालाको आकस्मिक कक्षमा उपचार भइरहेको जनाइएको छ । प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा आज विहान भएको
धरान / धरान १५ मदन आश्रित चौकको एक घरमा आगलागी भएको छ । मदन आश्रित चौक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेका सुनचाँदीका गहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतका सरसमान जलेर नष्ट भएको हो । विहान खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी भएको पीडित सीता धितालकी कान्छी बुहारी कल्पना धितालले बताइन् । धरान उपमहानगरपालिकाको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको पीडित कल्पनाले जानकारी दिइन् । उनँले अगालागीबाट करिब १ करोड बराबरको क्षति भएको बताइन् ।
इटहरी/ इटहरीमा पहिलो पटक सङ्गिनी, सिलोक र विरहन गायन प्रतियोगिता हुने भएको छ । ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरू बिचमा लोपोन्मुख भएका सङ्गिनी, सिलोक तथा थारु जातिको विशेष गीति नृत्य विरहन प्रतियोगिता आयोजना हुने भएको हो । इटहरी ५ मा रहेको बालाजी ज्येष्ठ नागरिक समाजले भदौ २३ गते देखी आयोजना गरेको ज्येष्ठ नागरिक सांस्कृतिक उत्सवमा यी तीन विधामा प्रतिस्पर्धा हुने भएको हो । इटहरीका विभिन्न १४ वटा वडाबाट प्रतिनिधित्व गर्दै समूहगत रूपमा तीन विधामा एक सय २८ जनाले प्रतिस्पर्धा गर्दैछन् । महिलाहरूमा लोकप्रिय मानिएको सङ्गिनी विधामा १४ वडाका १४ समूहका ७७ जना ज्येष्ठ महिलाहरूले प्रतिस्पर्धा ग
भद्रपुर/ झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले गुणस्तरीय स्वास्थ्यका लागि थप सेवा बिस्तारको तयारी गरेको छ । अस्पतालले आगामी असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी गरेको अस्पतालका सञ्चालक दिपक पोखरेलले जानकारी दिए । अस्पतालले कन्सल्टेन्ट चिकित्सकको समेत सेवा शुरु गर्न लागेको छ । साबिक मेची अञ्चलमै पहिलो पटक अस्पतालमा कन्सल्टेन्ट नवजात शिशु रोग विशेषज्ञ डा. कुन्दनकुमार यादव र कन्सलटेन्ट डा. श्रवणकुमार राउतको दैनिक सेवा शुरु हुन लागेको जनाइएको छ । डा. राउत कन्सल्टेन्ट फिजिसियन हुन् । उनी भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट आउन लागेका हुन् । एम्स
विजयपुर / नेवाः देय दबुले वर्षेनी आयोजना गर्दै आएको लाखे नाच प्रतियोगिता धरानमा सोमबार सम्पन्न भएको छ । धरानको भानु चोकमा भएको लाखे नृत्य प्रतियोगितामा झुम्काको रामधुनी नेवाः देय दवुको लाखे नाँच प्रथम भएको छ । त्यसै गरि मधुवन नेवाः देय दवु मधुवन दोस्रो भएको छ भने धरान ३ को झिगु लाखे तेस्रो र नेवाः देय दवु इटहरी वालग्राम चौथो भएको छ । प्रथम, दोस्रो, तेस्रो र चौथोलाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्रदान गरिएको थियोे । प्रतियोगितामा झुम्का, मधुवन, धरान लगायत बराहक्षेत्र, चक्रघटिका १६ वडा लाखे समुह सहभागि भएका थिए । प्रतियोगिता कार्यक्रममा नेवारी समुदाय र गै
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यरत चिकित्सक, शिक्षक, कर्मचारी लगायतको बढुवा रोक्का गरेको विषयमा क्रमिक रुपमा आन्दोलन शुरु गरेका छन् । बढुवा तथा सेवा सुविधाको विषयमा प्रतिष्ठानमा केही समय अगाडि कर्मचारी कल्याण समाज र इन्टर्न चिकित्सकहरु आन्दोलित भएका थिए । अहिले प्रतिष्ठानका कार्यरत चिकित्सक तथा शिक्षकहरुको संस्था शिक्षक कल्याण समाजले आजबाट हुने परीक्षालाई अवरुद्ध पार्दै आन्दोलन थालेका छन् । लामो समयदेखि कार्यरत चिकित्सक, कर्मचारी तथा शिक्षकहरुको बढुवा रोक्का गरिएको र बढुवा प्रक्रियालाई सुचारु गर्नुपर्ने माग राख्दै शिक्षक कल्याण समाजले परीक्षा शाखामा ताल
धरान / धरान १४ विजयपुरमा करिब ३ सय बर्ष पुरानो मानिएको गणेश भीमसेन मन्दिरको संरक्षणमा लागेको गणेश भीमसेन गुठी संरक्षण समतिले स्थानीय सर्वसाधारणको आखाको समस्यालाई मध्यनजर गरी निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुराना मन्दिरलाई संरक्षण गर्दै आएको समितिले समय समयमा सामाजिक सेवा समेत गर्दै आएको छ । यसै क्रममा धरान १४ विजयपुरमा रहेका सबै उमेर समुदायलाई लक्षित गरी मन्दिर अगाडि निःशुल्क आँखा शिविरको आयोजना गरेको हो । समितिलाई धरान १२ मा रहेको सूर्य आई केयरले परीक्षणका लागि सहयोग गरेको छ । परीक्षणमा आँखामा समस्या भएका सबै उमेरका सर्वसाधारणको उपस्थिति रहेका सूर्य आई केयर धरान १२ की चिकित्सक डा.इच
भोजपुर /अकबरे (डल्ले) खुर्सानीको व्यावसायिक खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुर्सानीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन् ।,स्थानीय किसानले उत्पादन गरेको खुर्सानी स्थानीय बजारसँगै धरान, इटहरी, विराटनगर, काठमाडौँ लगायतका शहरमा पुग्ने गरेको छ । उत्पादन भएको खुर्सानी किसानको बारीबाट ठेकेदारले खरिद गरेर लैजाने गरेका छन् । खुर्सानी स्थानीय बजारमा प्रतिकेजी २५० देखि ३५० रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानको भनाइ छ । यहाँका विभिन्न ठाउँमा कृषकले व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरिरहेका छन् । विशेष गरेर जिल्लाको पौवाद
इलाम / इलाम अस्पतालमा बेडको अभाव भएपछि अस्पतालले भुईमा सुताएर उपचार गरिरहेको छ । पछिल्लो समय इलाम अस्पतालमा डेङ्गु, ज्वरो र स्कपटाइफसका बिरामी बढेपछि बेड अभाव हुँदा भुईमा सुताएर उपचार भईरहेको हो । अस्पतालमा दैनिकजसो ७० देखि ८० जनाको सङ्ख्यामा इमरजेन्सीमा बिरामीहरू आउने गरेको इलाम अस्पताल इमरजेन्सी इन्चार्ज टिका लुईटेलले बताए । डेङ्गु, स्कपसाइफस र भाइरल ज्वरोका बिरामीको चाप रहेको कारण अस्पतालमा बेडको अभाव भएको छ । ‘जीउ दुख्ने, हातखुट्टा करकर खाने, आँखाका दाना दुख्ने, प्रेसर कम हुने, ज्वरो अत्यधिक आउने लक्षणहरू भएका बिरामीलाई अस्पतालमा राखेरै उपचार गर्नुपर्ने अवस्थाका बिरामीलाई भुईँमै भए
धरान / धरानमा सद्भाव भड्किने खालका गतिविधि बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरी निषेध गरेको छ । जारी निषेधका कारण धरानको जनजीवन प्रभावित बनेको छ । कफ्युका कारण बजार सुनसान रहेको छ भने प्रहरीले चेकपोष्टहरुम कडाई गरेको छ । अप्रिय घट्ना नघटोस् भनेर सशस्त्र प्रहरी, जनपथ प्रहरी लगायतका सुरक्षा टोली खटाइएको छ । कफ्युकै कारण सधै व्यस्त रहने धरान २ भानुचौक सुनसान रहेको छ । कोशी पहाडी क्षेत्र चल्ने सवारी साधन चल्न सकेका छैनन् भने पूर्व पश्चिम जाने यात्रुवाहक बसहरु समेत बसपार्कमा नहुदा बस स्टेन सुनसान छन् । बजार पसल पनि आंशिक रुपमा खुल्ला रहेका छन् । कोशी पहाडी क्षेत्रबाट आउने