स्वास्थ्य

    Showing 991-1,000 of 1,863 items.
  • विजयपुरमा कोभिड अस्पताल विहिबारदेखि सञ्चालन

    धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल विहिबार देखि सञ्चालनमा ल्याउने भएको छ । दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । अस्पताल सँग अनौपचारिक रुपमा धरान उपमहानगरपालिका बिच पटक पटक छलफल गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,161 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाद्यवस्तुको जोहो सहित लेटाङमा लकडाउन

    पथरी । कोरोनाको संक्रमण बढ्न थालेसँगै पालिका सरकारहरूको आ–आफ्नो कार्यक्षेत्राधिकार भित्र सक्रियता बढाउनै गएका छन् । पूर्वोत्तर मोरङको लेटाङ नगरपालिकाले आफ्ना नागरिकलाई संक्रमण हुन नदिन, संक्रमित भएकालाई व्यवस्थापन सहितको उपचारमा ध्यान दिन र मानवीय जनधनको क्षति हुन नदिन जिल्लामै पृथक निर्णय गरेको छ । नगर प्रमुख शंकर राईको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले दैनिक श्रम गरेर खाने कुराको जोहो गर्दै आएका नागरिकहरूको लागि खाद्यवस्तुको व्यवस्था सहित मंगलबार रातिदेखि लागू हुने गरी कडा लकडाउन कार्यान्वयनमा ल्याएको उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले बताईन् । उपप्रमुख पोखरेलका अनुसार स्वास्थ

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 1,044 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमितको घरमै औषधी पु-याउदै स्थानीय सरकार

    बेलबारी । दोस्रो चरणको कोरोना भाइरसको प्रकोप बढे सँगै बेलबारी नगरपालिकाले संक्रमितहरुको घर घरमा स्वास्थ्यकर्मी सहित आयुर्वेदिक औषधी बितरण गरेको छ । नगरभित्रका संङ्क्रमितहरुलाई घरघरमा पुगेर औषधि सहित उनीहरुको स्वास्थ्य अबस्था बुझ्न थालेको छ । आयुर्वेद औषधालयद्वारा कोरोना सङ्क्रमितहरुलाई रोग प्रतिरोधक क्षमता अभिवृद्धि तथा सामान्य लक्षणहरु न्यूनीकरणका लागि अश्वगन्धा चूर्ण, गर्जाेचूर्ण, सितोपलादी, यष्ठीमधू, त्रिकटु चूर्ण आदि वितरण गरिएको बेलबारी आयुर्वेद शाखा प्रमुख कुलानन्द यादवले बताए । औषधीसँगै स्वास्थ्यकर्मीहरुले संक्रमितहरुलाई रोकथाम तथा नियन्त्रण सम्बन्धी जानकारी गराएका थिए । औषधि बेलबारी

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड नियन्त्रणमा नर्स समुहको अभियान

    धरान । कोरोना भाइरस महामारी र नियन्त्रणका लागि नर्सहरुले स्वतस्फूर्त ‘कोभिड विशेष नर्स समूह’ बनाएर निःशुल्क परामर्श दिन शुरु गरेका छन् । देशका सातै वटा प्रदेशमा समुहले अभियान संचालन गरेको छ । कोरोना शुरु भएदेखि नै नर्सहरुले उचित परामर्श दिने काम गर्दै आएपनि अहिले समूह नै बनाएर काम शुरु गरेका हुन् । कतिपय बिरामी कोभिड संक्रमण भएपछि स्वास्थ्य सामान्य हुँदा पनि आत्तिएर अस्पताल पुग्दा अस्पतालले धान्न नसक्ने स्थिति आएको र अस्पताल जानुपर्ने गम्भीर बिरामी सूचनाको अभावले घरमै बस्दा ज्यान जोखिममा परिरहेको भन्दै ‘कोभिड विरुद्ध नर्स समूह’ बनाएर परामर्श दिन थालिएको प्रदेश १ की संयो

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 871 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना विरुद्ध लड्न ‘अलैची र बोजो’ शक्तिशाली हुनेछ

    अहिले कोरोनाको दोस्रो लहर अर्थात भेरियन्ट चलिरहेको छ । पहिलोको भन्दा निकै खतरनाक तरिकाले कोरोनाको संक्रमण बढीरहेको छ भने यसको संक्रमित हुनेहरु निकै पिडादायी अबस्थाको सहन गर्न बाध्य छन् भने नेपालमा यसको मृत्युदर पनि बढी रहेको छ । कोरोनाको खोप लगाएका हरुपनि संक्रमित भईरहेका छन । विज्ञहरुको यसको अनुसन्धान र औषधीको खोजिमा लागेका छन् । तर अहिलेको तत्कालिन अबस्थामा भने आफु सुरक्षित हुनु र आफ्नो शरिरको रोगप्रतिरोधात्मक क्षमतालाई बढाउनु बाहेक अर्को विकल्प छैन । त्यसैले आज हामी यहाँ हाम्रो गाउघरमा हुने अलैची र बोजोको बारेमा ब्याख्या गर्दैछौ । यो सामाग्रि अलैची र बोजो माथि गरिएका रिसर्च,आयुर्बेदमा गरिएक

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 1,814 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा रिएजेन्ट र पीसीआर किट अभाव, अक्सिजन आपूर्ति पुग्दो

    विराटनगर । प्रदेश १ मा कोरोना परीक्षणको लागि प्रयोग हुने किट तथा रिएजेन्ट अभाव हुन थालेको छ । अभावकै कारण एन्टीजेन टेष्ट बन्द भएको छ । खासगरी भारतीय नाका हुँदै प्रवेश गर्ने नागरिकहरुको एन्टीजेन परीक्षण गरी सम्बन्धित पालिका पठाइने गरेको थियो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशका अस्पतालहरुमा किट अभावमा परीक्षण प्रभावित बनेको बताएका छन । कार्कीले भने,“एक दुई दिनभित्रै किट र रिएजेन्ट प्राप्त नभए कोरोना परीक्षण नै स्थगन हुने अवस्था भईसकेको छ ।” अहिले प्रदेश १ मा दैनिक २ हजार २ सय जनाको पीसीआर परीक्षण हुँदै आएको छ । सचिव कार्कीका अनुसार प्रदेश सरका

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 766 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस युनियन सुनसरीले मोबाइल डाक्टर सेवा सुरु गर्दै

    इटहरी / नेपाल प्रेस युनियन सुनसरीले जिल्लामा रहेका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर परामर्श दिने भएको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका कोरोना संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टर, नर्ससहितको निस्शुल्क परामर्श दिने भएको हो । 'दोस्रो चरणको भेरियन्ट आइकन जिलामा झण्डै एक दर्जन सञ्चारकर्मी कोरोना संक्रमित भएका छन् । केही संक्रमितहरु अस्पतालमा उपचाररत छन् भने केही संक्रमितहरु घरमै आइसोलेट भएर बसेका छन्' अधिकारीले भने,'यसकारण हामीले घरमै आइसोलेट भएर बसेका संक्रमित सञ्चारकर्मीहरुलाई घरमै गएर डाक्टरद्धारा सेवा प्रवाह गर्न लागेका हौँ ' उनका अनु

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 951 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा थपिए एक हजार २७ संक्रमित

    विराटनगर \ प्रदेश १ मा आइतबार १ हजार २७ जना कोरोना संक्रमित थपिए सँगै कुल ४४ हजार २ सय २५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८ सय ५६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १२ हजार ७ सय २१ रहेको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार आइतबार मोरङमा ४ सय ७२, झापामा २ सय २८, सुनसरीमा १ सय २, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा १ सय २२ महिला र १ सय ५५ पुरुष सहित २ सय ७७, सुन्दरहरैचामा ६०, रंगेलीमा ३९, उर्लाबारीमा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,283 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका अस्पतालमा थप १२ संक्रमितको मृत्यु

    विराटनगर । मोरङमा पछिल्लो थप १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतामला उपचाररत चार महिला र आठ जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा चार जना ३५ वर्ष र त्यसभन्दा कम उमेरका छन । नोबेल शिक्षक अस्पतामला मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया महिला, विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुष, उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष, विराटनगर–४ का ५२ वर्षीय पुरुष, मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ६० वर्षीया महिला र सिरहाका ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार सिरहाकै अर्का पुरुषको पनि नोबेलमा मृत्यु भएको छ । ६

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 1,309 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारी नगरपालिकामा एघार बेडको आईसोलेसन

    विराटनगर । कोरोना संक्रमित उपचार गर्न मोरङको उर्लाबारी नगरपालिकाले ११ बेडको कोभिड उपचार केन्द्र तयार गरेको छ । नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्याना राख्दै निर्माण थालिएको नगरपालिकाका मेयर खड्ग फागोले बताएका छन् । जेठ १ गतेदेखि सेवा प्रदान गर्ने उद्देश्यसाथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा आईसोलेसन बनाइएको हो । यसअघि नगरपालिकाले उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेशस्तरीय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनको लागि पहल गरेको थियो । अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल सुरु गर्ने भनिएपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गर

    • प्रकाशित मितिः जेठ १, २०७८
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved