ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । वीरेन्द्र युवा क्लबका सदस्यले दसैँका अवसरमा समुदायका लागि यो विशेष पिङ निर्माण गरेका हुन् । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । क्लबका अध्यक्ष लक्ष्मी काफ्ले बालबालिका, युवादेखि ज्येष्ठ नागरिकसम्मलाई सामूहिक रूपमा मनोरञ्जन दिने मात्रै नभइ संस्कृतिसँगको सामिप्यता र हाम्रो परम्परागत धरोहरप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले क्लबले पिङ हालेको बताउँछन् । ‘लिङ्गेपिङ नेपाली पर्व संस्कृति र समाजको अभिन्न अङ्ग
गगनमान श्रेष्ठ (१०० बेस्ट चिफ इन द वल्र्ड,२०२३)(युएन कलेज धरान,एचएम चिफ_दशै , तिहार , नेपाल सम्बत ११४५ र छ्ठ पुजा २०८१ को सुखद उपलक्ष्यमा देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ , दिदी बहिनी हरु लाइ सुख, समृध्दि , दिर्घायु र उत्तरोत्तर प्रगति को शुभकामना ब्यक्त गर्दछु। दशै भन्ने बित्तिकै पारिवरिक भेट्घाट, खान,पान र रमाइलो भन्ने हामी सबैको मनमा आउँछ्। पहिले पहिले टाढा टाढाबाट परिवारका सदस्य र आफन्त मुल घर मा जम्मा हुने हुँदा घरमा खशि बोका , राँगा काट्ने र मिलेर खाने चलन थियो , यो चलन यद्यपी छदैछ । तर परिवार आफन्त पहिले जस्तो भेला हुदैन र मासु लामो समय सम्म स्टोर गरेर राख्नु पर्ने हुन्छ
आज दशैंको फुलपाती हो । हाम्रो परिवारमा बज्रपात भएको दिन अर्थात हामीलाई यस धर्तीमा जन्म दिने आमा प्यारी मायाले यो संसार छोडेको दिन । हामी तीन जना दाजुभाई टुहुरो भएको दिन हो । आमाको स्मृतीमा आज श्राद्ध गरी आमाको आत्मालाई चिरशान्तीको कामना गर्दै हामी छोराहरुको तर्फबाट गरिने कर्म गरेका छौ । हरेक वर्ष हामी फुलपातीको दिन जन्म दिने स्वर्गीय आमाको स्मृतीमा श्राद्ध गरेको आज २७ बर्ष भएछ । हिजाे जस्तो लाग्छ आमा ।तपाईले हामीलाई छाडेर जानु भएको सायद हाम्रो भाग्यमा यति नै थियो । बुवा आमाले हरदुख कष्ट गरी हामीलाई त्यो बेला शिक्षाको उज्यालो ज्योती दिनु भयो । हाम्रो भविष्य र पढाईको लागि गरेको दुखकष्टकै कारण
काठमाडौं/ सरकारले बाढी–पहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध गराउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिष्दको बैठकका निर्णय आज सार्वजनिक गर्दै भने, ‘कतै धेरै क्षति भएको छ भने कतै थोरै । क्षतिको मूल्याङ्कन गरेर सम्बन्धित स्थानीय तहमा बजेट पठाउन सरकारले गृहकार्य गरिरहेको छ ।’ मन्त्री गुरुङले सङ्कटग्रस्त ४९ स्थानीय तहको सङ्ख्या बढ्नसक्ने जानकारी दिँदै क्षतिको पूर्ण विवरण गृह मन्त्रालयले केही दिनमै सरकारलाई उपलब्ध गराउने बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार थाइल्याण्डको बैङ्ककमा आगामी का
धरान । धरानमा मंंगलबार (आज) दिउँसोदेखि अविरल बर्षासँगै नालामा आएको बाढीले बगाएर एक बृद्धाको मृत्यु भएको छ । अपरान्ह साढे ४ बजे धरान ८ स्थित धनकुटे रोडको सिदार्थ मार्गमा रहेको नालामा आएको बाढीले बगाएर सोही स्थानका ७५ बर्षिय नविनराज राइको मृत्यु छ । स्थानीय सुनिल खड्काले दिएको जानकारी अनुसार उक्त नाला स्लाब विहीन भएको र नालामा मान्छे नै बगाउने गरि बाढी आउने भएकाले हिँडडुल गर्नेको ज्यान नै जोखिममा पर्ने गरेको वताइएको छ । उनले भने,“उक्त नाला ५ फिट भन्दा गहिरो छ भने नालामाथि स्लाब लगाइएको छैन,धरानको वडा नम्बर ९ र १० सहित पानी त्यहीँ नाला भएर बग्ने गरेको छ तर सार्वजनिक बाटो नै भएपनि सुरक्षित
धरान/ एसइई परीक्षामा सुनसरी जिल्लाका टपर हेलेन तुम्बापो स्व.खड्ग बहादुर तुम्बापो स्मृति शैक्षिक पुरस्कारबाट सम्मानित भएका छन् । इटहरी निवासी हेम राज तुम्बापोको छोरा तुम्बापोलाई सुनसरी तुम्बापो समाज धरानले नगद १० दश हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्नको लागि समाजले हरेक वर्ष सम्मान–पत्रद्वारा सम्मान गर्दै आईरहेको समाजका अध्यक्ष हेमराज तुम्बापोले जानकारी दिए । तुम्बापो समाज सेवा संघका केन्द्रीय सदस्य कविरमान तुम्बापो प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा समाजका प्रमुख सल्लाहकार डम्बर कुमार तुम्बापो, बरीष्ठ सल्लाहकार केबेर लाल तुम्बापो,सु
दुहबी/ सुनसरीको दुहबी नगरपालिका वडा न.५स्थित रहेको दुहबी बाल गृहको बालबालिकालाई दसैँका लागि कपडा वितरण गरेको छ । दुहबी नगरपालिका वडा न.४ निवासी शुभम दाहालको आमा टीका दाहालले व्यक्तिगत रुपमा दुहबी नगरपालिका–५ मा रहेको दुहबी बाल गृहको २४ जना बालबालिकालाई २हजार रुपैयाँ बराबरको कपडा एक कार्यक्रम गरि वितरण गरेका हुन् । दशैको कपडा पाएपछि बालबालिका हषिर्त भएका दुहबी बाल गृहका मेनेजर आशु मण्डलले बताए ।
धरान/ आज बडा दशैको नौरथा अन्तर्गत चौथो दिन। कोशी प्रदेशकै एक मात्र दन्तकाली पीठमा भक्तजनहरु देवीको पूजा आजाका लागि विहानैदेखि मन्दिरमा पुग्ने गरेका छन् । तर यस बर्ष भने विगतका दशैमा हुने भीँडभाँड दन्तकाली मन्दिरमा देखिएन । नौरथाको समयमा भीँडभाँड हुने दन्तकाली मन्दिरमा भीड नहुनुको प्रमुख कारण आर्थिक मन्दी र भर्खरै देशमा आएको बाढी पहिरोले पुर्याएको क्षति नै प्रमुख कारण भएको बताइएको छ । मुलुकका अन्य शक्तिपीठजस्तै धरानको दन्तकाली पीठको ऐतिहासिक महत्व रहेको छ । अन्य बेलामा यो शक्तिपीठमा पूजाआजा गर्न फाट्टफुट्ट आउने गरे पनि दशैको नौरथा लागेपछि यो मन्दिरमा देवीका अनेक स्वरुपको पूजाआजा गर्
रणध्वज लोहार धरान/ धरान ६ पानबारीका संगम पौडेल सडकमा गन्तव्य तर्फ हिँडिँरहेको थिए । सडकमा सुमधुर आवाजको गीत उनको कानमा पनि गञ्जिन पुग्यो । टक्क रोकिए । नजर लगाए । यसो हेर्दा सडकमा गीत गाउनेलाई कतै देखे जस्तो लाग्यो । नजिकै गएर हेरे । ठयाक्कै १५ बर्ष अघि कक्षा ११ र १२मा पढ्दाखेरी सँगै पढेको कक्षासाथी पो थिइन् । हेर्ने वित्तिकै चिने र बोलाए । उनी थिइन गंगा भुजेल ,जो सँगै पढेका साथी । झाँगाबाट खसे अनि खुशी पनि भए । १५ बर्ष अघिको साथीलाई सडकमा गीत गाइरेको त्यो अवस्थामा देख्दा र भेट्दा दुख लाग्यो अनि खुशी यस अर्थमा भए कि साथीलाई भेटे ।मनमा अनेकन सोँचाईहरु आए । अनि कुरा गर्दै
दुहबी/ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति सुनसरीको आयोजना तथा महेन्द्र मेमोरियल एकडेमीको ब्यबस्थापनमा दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता गरि कार्यक्रम दुहबीमा सम्पन्न भएको छ । प्याब्सन सुनसरी जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम प्याब्सनका कार्वाहक अध्यक्ष नेल्सन थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रको प्रागिक परिषद सदास्य शंकर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए । नीजि विद्यालयहरूका प्रतिनिधिहरूको सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूको महान चाड विजया दशमी , शुभ द