शिक्षा

    Showing 81-90 of 1,880 items.
  • यूएन नवाेदयकलेजकी रुचि लिम्बूको प्रेरणादायी समाजसेवा

    धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन–६’ की पब्लिक च्वाइस अवार्ड विजेता रुचि लिम्बूले पुरस्कारबाट प्राप्त रकमलाई सामाजिक सेवामा खर्च गर्दै उदाहरणीय कार्य गरेकी छन्। धरान १६मा अवस्थित यूएन नबाेदयकलेजमा विज्ञान संकाय अध्ययनरत लिम्बूले आफ्नो सफलताको खुसीलाई उत्सवमा मात्र सीमित नराखी असहाय बालबालिकासँग बाँडेकी हुन्। अवार्डबाट प्राप्त रकमले उनले धरानको सरस्वती बाल आश्रममा आश्रित २८ जना अनाथ तथा असहाय बालबालिकाका लागि शैक्षिक सामग्री वितरण गरेकी छन्। बालबालिकाको पढाइमा सहयोग पुग्ने उद्देश्यले गरिएको उनको यो पहलले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ

    • प्रकाशित मितिः असार १०, २०८३
    • 1,263 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित दुई युवक पक्राउ

    धरान/  सुनसरीको रामधुनी नगरपालिका–५ लगुना चोक क्षेत्रमा प्रहरीले १.७० ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ः३० बजे सवारी चेकजाँचका क्रममा पकलीबाट झुम्का तर्फ जाँदै गरेको को २७ प ९४३३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्न खोज्दा चालक र पछाडि सवार व्यक्ति मोटरसाइकल छाडेर भागेका थिए। प्रहरीले उनीहरूको पिछा गर्ने क्रममा उनीहरूले नजिकैको एक चिया पसल पछाडिको पर्खालको चेपमा फालेको प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोली जाँच गर्दा स–साना प्लास्टिकका प्याकेटमा राखिएको १.७० ग्राम ब्राउन सुगर&n

    • प्रकाशित मितिः असार १०, २०८३
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तथ्यांक अभावले धरानमा बढ्दो सवारी पार्किङ समस्या समाधानको योजना बन्न सकेको छैन

    धरान/ पूर्वी नेपालको पर्यटकीय शहर धरान उपमहानगरपालिका अचेल एउटा विचित्रको विरोधाभासबाट गुज्रिरहेको छ । एकातिर सहरको आधुनिकता र विकासको चर्चा छ भने अर्कोतिर सहरको मुख्य मेरुदण्ड कोशी राजमार्ग र बजारका भित्री सडकहरू ‘अव्यवस्थित पार्किङ’ का कारण कुरुप र साँघुरा बन्दै गएका छन् । भानुचोकदेखि छाताचोक र लक्ष्मी चोक सम्मको क्षेत्रमा सवारी साधनको चाप यति बढेको छ कि अब सडक केवल हिँड्नका लागि मात्र होइन, सवारी थुपार्ने थलोका रूपमा परिणत हुन थालेको छ । तथ्याङ्कको अन्योल र सवारीको बाढी धरानमा कति सवारी साधन छन ? यो तथ्यांक उपमहानगरपालिकामा छैन, न त यातायात कार्यालयले राखेको छ । यातायात व्यव

    • प्रकाशित मितिः असार १०, २०८३
    • 595 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुलिस र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश

    धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न क्वार्टरफाइनल खेलबाट नेपाल पुलिस स्कुल र डिपोट स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। धरान–१४ स्थित हात्तिसार केन्द्रीय प्राविधिक क्याम्पसको खेल मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस स्कुलले शिक्षा सन्देश स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ। पुलिस स्कुलको जितमा जर्सी नम्बर ७ का विकास मगरले दुवै गोल दर्ता गरे। उनले खेलको १७ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा अर्को गोल थप्दै जित सुनिश्चित गरेका थिए। त्यसैगरी दोस्रो क्वार्टरफ

    • प्रकाशित मितिः असार ९, २०८३
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माग सम्बोधन नभए धरानका निजी विद्यालय बन्द गर्ने प्याप्सन–एनप्याप्सनको चेतावनी

    धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्सन र एन–प्याप्सनले आफ्ना मागहरू सम्बोधन नभए धरानका सम्पूर्ण निजी विद्यालय बन्द गर्नेसम्मको आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका प्रतिनिधिहरूले वर्तमान अवस्था यथावत् रहे चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै विद्यालय बन्दसम्मको निर्णय लिन सकिने बताएका हुन्। पत्रकार सम्मेलनमा प्याप्सन अध्यक्ष दीपक घिमिरे र एन–प्याप्सन अध्यक्ष भगत लिम्बूले आफूहरू आबद्ध विद्यालयले तोकिएकोभन्दा बढी शुल्क लिएको प्रमाणित भए कानुनअनुसारको कारबाही भोग्न तयार रहेको स्पष्ट पारे। साथै, अन्य विद्यालयहरूल

    • प्रकाशित मितिः असार ८, २०८३
    • 891 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयन कलेजका ए प्लस ल्याउने १३ विद्यार्थी सम्मानित

    धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा हालै प्रकाशित कक्षा_१२ को नतिजामा ए प्लस  (A+) ग्रेड प्राप्त गर्ने १३ जना विद्यार्थीलाई सोमबार कलेज प्राङ्गणमा आयोजित एक कार्यक्रममार्फत सम्मान गरेको छ। कलेजका अनुसार ए प्लस प्राप्त गर्ने १३ जना विद्यार्थीमध्ये ९ जना विज्ञान संकाय, ३ जना व्यवस्थापन संकाय र १ जना होटल व्यवस्थापन संकायका रहेका छन्। सम्मान कार्यक्रममा ए प्लस प्राप्त गर्ने अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन तथा इन्जिनियरिङ र चिकित्सा शिक्षाको तयारीका लागि विभिन्न स्थानमा रहेकाले उनीहरूका अभिभावक उपस्थित भएका थिए। अभिभावकहरूले आफ्ना छोराछोरीको तर्फबाट

    • प्रकाशित मितिः असार ८, २०८३
    • 1,461 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ शिक्षा प्रणालीको नेतृत्व गर्दै नवोदय, कक्षा ९ का विद्यार्थीलाई ऐतिहासिक स्वागत

    धरान/नेपालको शिक्षा प्रणालीमा लागू भएको नयाँ शैक्षिक संरचनालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै धरान १६मा अवस्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कुलले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूलाइ भव्य स्वागत, सम्मान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका अध्यक्ष ज्ञानेश्वर झाले कक्षा ९ मा प्रवेश गरेका विद्यार्थीहरूका लागि यो दिनलाई “ऐतिहासिक मोड” को रूपमा व्याख्या गरे। उनले आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को नयाँ संरचनालाई आत्मसात गर्दै नवोदय विद्यामन्दिर धरानमै मात्र होइन, सम्भवतः नेपालकै अग्रणी शैक्षिक संस्थ

    • प्रकाशित मितिः असार ७, २०८३
    • 1,703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्घोषणकला तालिम सम्पन्न, महिलाको उल्लेख्य सहभागिता

    धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँच दिने “उद्घोषणकला तथा सञ्चार सीप विकास तालिम” शनिबार रामपुर बजारस्थित सिटी हलमा सम्पन्न भएको छ। करिब ४० जना सहभागी रहेको तालिममा अधिकांश महिला सहभागी थिए। तालिमले सहभागीहरूको बोल्ने कला, सञ्चार क्षमता, नेतृत्व विकास तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। समापन कार्यक्रममा अशोक कार्की ले तालिममा सहभागी सबैलाई बधाई दिँदै तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमले व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्

    • प्रकाशित मितिः असार ६, २०८३
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा हिमालयनमा कक्षा १२ को शतप्रतिशत नतिजा

    धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित कक्षा १२ को नतिजामा उत्कृष्ट सफलता हासिल गरेको छ। कलेजले यस वर्ष पनि उत्कृष्ट शैक्षिक नतिजा कायम राख्दै विद्यार्थी, अभिभावक तथा शैक्षिक समुदायको विश्वासलाई थप मजबुत बनाएको जनाएको छ। कलेजका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा १३ जना विद्यार्थीले A+ग्रेड प्राप्त गरेका छन्। जसमध्ये विज्ञान संकायका ९ जना, व्यवस्थापन संकायका ३ जना र होटल म्यानेजमेन्ट संकायका १ जना विद्यार्थी रहेका छन्। त्यसैगरी १५६ जना विद्यार्थीले A ग्रेड प्राप्त गरेका छन् भने २४१ जना विद्यार्थीले B+ र B ग्रेड हासिल गरेका छन्। संकायगत नतिज

    • प्रकाशित मितिः असार ६, २०८३
    • 1,819 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कक्षा १२ को नतिजा सार्वजनिक : ६४.३१ प्रतिशत उत्तीर्ण

    काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ६४.३१ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डका अनुसार यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। जसमध्ये २ लाख ६८ हजार १९० जना विद्यार्थीले सफलता हात पारेका छन्। नियमिततर्फको नतिजा विश्लेषण गर्दा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये ६९.७५ प्रतिशत अर्थात् २ लाख ३१ हजार ७७० विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्। सोही समूह

    • प्रकाशित मितिः असार ५, २०८३
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved