दिव्य रोशनी साप्ताहिकको स्थापना दिवसमा पत्रकारलाई सम्मान सहित महिलालाई अभिनन्दन

  • जेठ ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको छ । आज बुधबार स्थापना दिवसको अवसरमा धरानका ३ पत्रकार सम्मानित भए भने एक १ जना महिला उद्यमीलाई अभिनन्दन गरिएको छ ।

2

कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठ र उमा चाम्लिङ अनलाईन टिभीका पत्रकार उमा चाम्लिङ र युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष  तथा हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्ले सम्मानित भए । सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो ।

4
यसैगरी महिला उद्यमी तर्फ गृह श्रमिक महिला उद्यमी समाज नेपालका अध्यक्ष प्रेम कुमारी राईलाई दोसल्ला ओढाई अभिनन्दन पत्रले गरिएको दिव्यरोशनी साप्ताहिकका प्रकाशक तथा प्रधान सम्पादक मनिता चाम्लिङ्घ राईले बताइन् ।

कार्यक्रममा विगत ३ दशक अघिदेखि स्थानीय तथा राष्ट्रिय समाचारपत्र बिक्री वितरण गर्दै आएका ७३ वर्षिय वृद्ध कृष्ण भक्त श्रेष्ठलाई खाद्यन्न ९ चामल, दाल, नुन, तेल, न्युटेला प्रदान गरिएको छ ।कार्यक्रमको उद्घाटन मेयर राईले केक काटी उद्घाटन गरिएको सो कार्यक्रम दिब्य रोशनी पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक मनिता चाम्लिङको सभापतित्वमा सम्पन्न भएको हो भने कार्यक्रम सन्चालन पत्रकार भरतराज शर्माले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी, विशेष अतिथी , अतिथी लगायत उपस्थित सम्पुर्ण पत्रकारलाई दिव्य रोशनी साप्ताहिकका प्रबन्ध निर्देशक सागर सिंजालीले आभार व्यक्त गर्दै धन्यवाद दिए ।निरन्तर रुपमा दुई दशक भन्दा अघिबाट प्रकाशित उक्त पत्रिकाले हरेक स्थापना दिवसको अवसरमा वार्षिक उत्सव गरि पत्रकार र समाजसेवीलाई सम्मान गर्दै आएको छ ।

पछिल्लो समय उक्त पत्रिका अनलाइन संस्करण र यूट्युब च्यालनसँगै प्रविधीको विकासमा पनि अघि बढिरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved