धरान ।धरान उपमहानगरपालिका वडा नं. १२ स्थित एम्स कलेजले आयोजना गरेको “दोस्रो एम्स एसईई रन २०८२“ शनिबार सम्पन्न भएको छ। एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आयोजना गरेको हो । एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनेको एम्स कलेज धरानका प्रिन्सिपल सन्तोष कोइरालाले बताएका छन् । पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा
धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको एसईई सिङ्गिङ आइडलको फाइनलमा पुग्न सफल भएकी दनुवार समुदायकी भिम माया दनुवारलाई एफ.टि.एल. अनलाइन टिभीले नगद पुरस्कारसहित सम्मान गरेको छ। अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै आमा–बुबा गुमाएकी भिम मायाले जीवनका कठिन परिस्थितिहरूलाई पछाडि पार्दै गायनमार्फत आफ्नो पहिचान स्थापित गरेकी हुन्। उनलाई बिहीबार १५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। गत असार ६ गते धरान–१५ स्थित चुमलुङ हिममा सम्पन्न फिनाले कार्यक्रममा भिम मायाले *‘बेस्ट फोक सिङ्गर’*को उपाधि समेत जितेकी थिइन्। कार
धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। बालबालिकाको सिर्जनात्मकता र अभिव्यक्तिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाए। विद्यार्थीहरूलाई तीन समूह — जुनियर (कक्षा १–३), मिडल (कक्षा ४–५), र सिनियर (कक्षा ६–१०) — मा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिएको थियो। विद्यालयका इन्चार्ज नीर कुमार राईका अनुसार, प्रतियोगितामा जुनियर समूहबाट ९४ जना, मिडल समूहबाट ७२ जना र सिनियर समूहबाट १७० जना गरी कुल ३३६ जना विद्यार्थी सहभागी
काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार(आज) साँझ साढे ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज पहिलो चरणको बोर्ड बैठक सम्पन्न भइसकेको जानकारी दिँदै अर्को बैठक शुक्रबार अपराह्न ४ बजे बस्ने र त्यसपछि साँझ साढे ५ बजे नतिजा प्रकाशित गरिने जानकारी दिए । ‘आजै पहिलो चरणको बोर्ड बैठक सकिएको छ । अर्को बैठक अपराह्न चार बजे बसेर साढे ५ बजे नतिजा सार्वजनिक हुन्छ’, शर्माले भने । चैत ७ गतेदेखि सञ्चालित एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धि तर्फ ६७ हजार ७१५ जना गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी
धरान/ धरानस्थित प्रतिष्ठित शैक्षिक संस्था एम्स एकेडेमीले एसईई दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एम्स एसइई–६ किमी रन’ खुला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। एम्स क्रिएटिभ ग्रुपको संयोजनमा हुने प्रतियोगिता शनिबार (असार १४) बिहान ७ बजेबाट सुरु हुनेछ। आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै आयोजक समूहका अध्यक्ष अङ्कित श्रेष्ठले करिब ३५० भन्दा बढी विद्यार्थी सहभागी हुने जानकारी दिए। धरान–१२ मा अवस्थित एम्स एकेडेमीले २०५६ सालदेखि शिक्षा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। प
धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभाषिक पाठशालाको परिसरमा श्रमदानको क्रममा एक बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। घटनाले प्रहरी चौकी निर्माणका विषयमा देखिएको विवादलाई झन् जटिल बनाएको छ। स्थानीय महिलाहरूका अनुसार, ग्याबियन लगाउने कामका लागि श्रमदान भइरहेको बेला टिसर्ट लगाएका एक वृद्ध श्रमदाताले बालिकालाई बोलाई अश्लील व्यवहार गरेका थिए। एक महिलाले बताइन्, “बालिकालाई बोलाएर लैजाँदै गर्दा ठूला बुबाले देखेपछि ती वृद्ध भागेका थिए। म आफैं दौडिएर समातेँ, तर पछि गल्ती भयो भन्दै छोडिदिन आग्रह गरियो। पुलिस बोलाउँछौं भन्दा एक युट्युबरले समेत नछोड्नुस् भनेका थ
धरान/ धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरि प्रथम जिल्ला स्तरीय भलिबल प्रतियोगिता विहीबारदेखि शुरु भएको छ । धरानको इतिहाँस बोकेको पुरानो स्कुल धरान आर्दश सकेण्डरी बोर्डिङ स्कुलले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लागि लक्षित गरि प्रथम आदर्श एसइई अन्तर स्कुल जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु गरेको हो । औपचारिक रुपमा कार्यक्रम गरि उद्घाटन स्कुल परिसरमा नै प्रतियोगिताको शुरुवात गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी स्कुल सन्चालक समिती अध्यक्ष सुनिता न्यौपानेले प्रतियोगिताको उद्घाटन औपचारिक कार्यक्रमबाटै गरिन । प्रतियोगितमा जिल्लाभरीका २० वटा स्कुलका विद्यार्थीहरुले सहभा
काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले दिँदै आएको स्वास्थ्य सेवा, भौगोलिक अवस्था र भौतिक संरचनाका हिसावले पनि चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन उपयुक्त रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बताएका छन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने माग सहित काठमाण्डौं आएको धरानका सर्वदलिय टोलीसंगको साक्षात्कारमा पूर्व प्रधानमन्त्री अध्यक्ष प्रचण्डले वीपीलाई छाता ऐनमा लानु उपयुक्त नहुने बताए । बिहिबार अपरान्ह कोटेश्वरस्थित माओवादी मुख्यालयमा प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो । ज
इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान सुरु गरेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका उच्च जोखिममा परेका छन्। बेलका–२, ३, ८ र ९ तथा बराहक्षेत्र–६ का करिब ४ हजार घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन्। नदीले बेलका–८ को लाहुरे खोँच हुँदै कटान तीव्र पारेसँगै सोमबारे, डुम्रीबोटे, मसानघाट, धौरी टप्पु, चिलियाटप्पु, एबीसी, श्रीलङ्का टापु, रामनगर, बोची, भागलपुर, क्रान्ति टोल, बानडाँडा र कोशी टप्पु आरक्ष क्षेत्रमा बसोबास गर्ने परिवार उच्च जोखिममा परेका हुन्। अघिल्लो कटानका कारण कोशीको भङालो गाउँसम्म पस्दा ४ हजार घर विस्था
इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी सर्वसम्मत चयन भएका छन्।लायन्स वर्ष २०२५ का लागि अधिकारी चयन भएका हुन । ’डिस्ट्रिक्ट ३२५ सि’ अन्तर्गतको क्लबको प्रथम उपाध्यक्षमा भक्त पुरी, दोस्रो उपाध्यक्षमा दीपक पुरी,सचिवमा थरेन्द्र अधिकारी र कोषाध्यक्षमा रूपनारायण चौधरी चयन भएका छन्। क्लबका नवनिर्वाचित पदाधिकारीहरूलाई वुधबार तरहरामा आयोजित एक कार्यक्रममार्फत जिम्मेवारी हस्तान्तरण गरिएको हो। वर्तमान अध्यक्ष शारदा खड्का, लायन्स ग्याट एरिया ४ का कोअर्डिनेटर दुर्गा पौडेल, जोन चेयरपर्सन मुक्तिनाथ घिमिरे तथा पूर्व अध्यक्ष शिव रुम्दालीले संयुक्त रूपमा जिम्मेवारी हस्तान्