इटहरी/ नेकपा माओवादी केन्द्रबाट रातारात नेकपा एमालेमा गई इटहरी वडा नम्बर १७ मा निर्वाचित भएका वडाध्यक्ष प्रभातकुमार आर्चायले अनधिकृत रूपमा सम्मानित उच्च अदालतको निर्णय आदेश विपरीत कानुनको धज्जी उडाउने काम गरेका छन् । वडाध्यक्ष आचार्यले उच्च अदालत विराटनगर आदेशको अवहेलना समेत गरेका छन् । उच्च अदालत विराटनगरले वडा नम्बर १७ मै रहेको पकली माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष विनोद झालाई कानुन अनुसार विद्यालयको काम गर्न दिनका लागि २०८१ फागुन २१ गते पकली माविका नाममा निषेधाज्ञा सहित उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उच्चको तत्कालीन आदेशपछि केही महिना झाले व्यवस्थापन समितिको
धरान/ धरानमा जारी “धरान स्कुल सिङ्गिङ च्यालेन्ज २०८२” (सिजन–२) को सेमिफाइनल शनिबार सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा धमाकेदार रूपमा सम्पन्न भएको छ। याडिकल लाइट नेपाल प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा पहिलो अडिसन पार गरेका ३८ जना प्रतिस्पर्धीमध्ये १८ जनाले फाइनलको यात्रा तय गरेका छन्। फाइनलमा प्रवेश गर्नेहरूमा मेरील्याण्ड इङ्लिस बोर्डिङ स्कुलकी नितु तामाङ, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, हिबिस्कस बोर्डिङ स्कुलका सबिन बोहोरा, लोटस इङ्लिस बोर्डिङ स्कुलकी खुशि भुजेल लगायत रहेका छन्। त्यस्तै, बिजयपुर सेकेन
इटहरी । नेपालकै सबैभन्दा ठूलो विद्यार्थी–नेतृत्वको नवप्रवर्तन र उद्यमशीलता महोत्सव ‘आईआईसी इनोभेक्स ३.० तीन दिनको भव्य यात्रापछि सफलतापूर्वक सम्पन्न भएको छ। साउन ४ देखि ६ गतेसम्म इटहरी इन्टरनेशनल कलेजमा आयोजना गरिएको यस महोत्सवले देशभरका १६ वटा कलेजका विद्यार्थीलाई एउटै मञ्चमा ल्याउँदै सिर्जनात्मकता, प्रतिस्पर्धा र प्रेरणाको नयाँ उचाइ कायम गरेको छ। यो महोत्सव केवल प्रतिस्पर्धा मात्र नभई सहभागी विद्यार्थीहरूका लागि एक परिवर्तनकारी अनुभव बनेको आयोजकले जनाएका छन्। ‘फाइनान्सियल फीट’, ‘लिगल सिम्पोजियम’, ‘मार्केटिङ माभेन’ र ‘सिइओ क्रोनिकल्स&rsqu
धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नव नियुक्त उपकुलपति डा. बिक्रम श्रेष्ठले बताउनु भएको छ । शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरुसंग कुराकानी गर्नुहुँदै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताउनु भएको हो । वहाँले भन्नुभयो मेरो नियुक्ती भलै राजनीतिक हो तर म कुनै राजनीतिक आग्रह पूर्वाग्रह बीना सबैको साथ र सहयोग लिएर काम गर्छु ।म प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको छु, म धरानबासी हुँ, यस अघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउनेहरु पनि छन् र साथ दिनेहरु पनि छन् सबैलाई नियालेर काम गर्छु डा. श्रेष्ठ
धरान/ भदौ ०५ गते धरानले हरके साल २०४५ सालको भुकम्पको स्मरण गर्दै विविध कार्यक्रम गरिन्छ । हरेक साल यो दिनलाई कालो दिनको रुपमा धरानले सम्झने गरेको छ । जुन दिन सन १९८८ वि.सं. २०४५ साल भदौ ५ गते विहान ५ बजे आएको विनाशकारी भूकम्पले धरान सहित सम्पूर्ण पूर्वाञ्चललाई ठूलो क्षति पुर्याएको थियो भने सवैभन्दा धेरै धरानमा धनजनको क्षति हुन पुग्यो । ‘उदयपुर भूकम्प’ भनेर चिनिने यो भूकम्पको केन्द्र उदयपुर जिल्लामा रहेको भए पनि यसको ठुलो प्रभाव धरानमा पनि देखिएको थियो ।त्यो वेला भूकम्पले देशभर ठुलो जनधनको क्षति गरेको थियो भने धरान नगर क्षेत्रका १ सय २२ जना मानिसले ज्यान गुमाएका थि
भोजपुर/ अहिले जिम्मेवारी वहन गर्ने भन्दा पनि पद ओगट्ने प्रवृतिले कुनै पनि क्षेत्रमा नतिजा निस्किने काम नहुने गरेको गुनासो हुने गरेको छ । अरु त अरु भोजपुरको अरुण गाउँपालिकाका एक जनप्रतिनिधिमा पनि पदको भोक अति देखिएको स्थानीयले टिप्पणी गरेका छन् । भोजपुरको अरुण गाउँपालिका–७ का वडाध्यक्ष कुमार थापा आफै नियम विपरित सामुदायिक विद्यालयको व्यवस्थापन अध्यक्षमा बनेका छन् । गत असारमा भएको विद्यालय व्यवस्थापन समितिको भेलामा सो वडाको एक मात्र प्रस्तावित सगरमाथा माध्यमिक विद्यालयको अध्यक्षमा थापा आफै चुनिएका हुन् । यस विद्यालयले पछिल्लो एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याएर पालिकाको नै
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ धरान स्कुल सिङ्गिङ च्यालेन्ज–२०८२ (Season–2) को पहिलो अडिसन शुक्रबार धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहलमा भव्य रुपमा सम्पन्न भएको छ। र्याडिकल लाइट नेपाल प्रा.लि. को आयोजना र धरान उप–महानगरभित्रका सामुदायिक तथा निजी २८ विद्यालयका विद्यार्थीको सहभागितामा सम्पन्न अडिसनमा ७७ प्रतिस्पर्धीमध्ये ३७ जनाले दोस्रो चरणमा स्थान सुरक्षित गरेका छन्। छनोट भएकामध्ये पब्लिक हाईस्कुलकी खान्नुमा राई, च्याम्पियन सेकेन्डरी बोर्डिङ स्कुलका सागर गजमेर र गुरास बराईली, ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी सृष्टि तामाङ, स्नेहा ल्वागुन, सुस्मिन श्रेष्ठ र सफिरा लिम्बु, मेरील्याण
धरान/ भगवान् श्रीकृष्णको जन्मजयन्ती ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभर भक्ति, आराधना र उल्लासका साथ मनाइँदैछ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्ण ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छन्। यस रातलाई ‘मोहरात्री’ नामले पनि चिनिन्छ। अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेक
धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ । धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो । स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ । ७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भ