दिवङ्गत चालककी छोरीलाई शैक्षिक सहयोग

  • साउन ३०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ हृदयघातका कारण ज्यान गुमाएका यातायात मजदुर मुक्ति भुजेलकी छोरी आर्या भुजेलको शिक्षाका लागि हङकङमा रहनुभएकी रजीता राईले ११ हजार सहयोग गर्नु भएको छ ।

धरान धनकुटा रुटको यात्रुबाहक बसका चालक रहेका मुक्ति भुजेल गाडी लिएर मारेकटहरे गएका समय २०७८ मंसिर ६ गते राती सुतिरहेकैबेला हृदयघात भएको थियो ।

स्वर्गीय भुजेलका श्रीमति मिना भुजेल र छोरी आर्या भुजेल धरान ८ स्थित अरुणटोल सुकुम्बासी बस्तीमा बस्दै आउनुभएको छ ।

७ वर्षिय आर्या धरान ८ दुर्गापथ स्थित जुनियरपायनिएर स्कुलमा कक्षा २ मा अध्ययनरतछिन् । बुवा गुमाएकी आर्याको शिक्षामा सहयोग गर्न नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष भीमज्वाला राईको पहलमा स्रोतको खोजीभएपछि धरान निवासी हङकङमा कार्यरत रजीताले अनिष गुरुङ मार्फत ११ हजार रुपैया सहयोग गर्नुभएको हो ।  

शुक्रबार भुजेलको निवासमै पुगेर मजदुर नेता भीमज्वाला राई, केवाइसि पूनर्जिवनकेन्द्रका व्यवस्थापक अनिष गुरुङ, नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

सुरुमा पेट्रोल पम्पमा काम गरिरहेको थिएँ तर श्रीमानको मृत्युपछि छोरीलाई विद्यालय पठाउन, ल्याउन, तयारी गर्न आफ्नो पुरै समय लाग्ने भएकाले आफुले अन्य रोजगारीको काम समेत गर्न नसकिरहेकाले छोरीको शिक्षामा लाग्ने खर्च व्यवस्थापन समेत समस्या रहेको दिवंगत भुजेलकी श्रीमति मिना भुजेलले बताउनुभयो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved