शिक्षा

    Showing १९१-२०० of १,९२३ items.
  • धरानका दुई ठूला सहकारीमा साढे १२ अर्ब अपचलन, पीडितको रकम डुब्दा सरकार रमिते

    धरान/ धरानका दुई ठूला सहकारी संस्था बराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्था मार्फत सर्वसाधारणको झण्डै साढे १२ अर्ब रुपैयाँ अपचलन भएको प्रकरणमा स्थानीय सरकार प्रभावहीन देखिएको छ। मुख्य सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिका ले दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरे पनि पीडितको रकम फिर्ता गराउने वा प्रभावकारी अनुसन्धान अघि बढाउने काम हुन सकेको छैन। बराह सहकारीबाट करिब ११ अर्ब र श्रेया सहकारीबाट १ अर्बभन्दा बढी रकम हिनामिना भएको दाबी गरिएको छ। दुवै संस्था लामो समयदेखि बन्द छन् भने सञ्चालकहरू सम्पर्कविहीन बनेपछि पीडितहरूले राज्य संयन्त्र नै निरीह बनेको आरोप लगाएका

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,४६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवोदय विद्यामन्दिरको एसईईमा शतप्रतिशत नतिजा

    धरान/ धरान–१६ स्थित नवोदय विद्यामन्दिर बोर्डिङ स्कूल ले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट सफलता प्राप्त गरेको छ। विद्यालय इन्चार्ज नीर कुमार राईका अनुसार यस वर्ष सहभागी भएका २१ जना विद्यार्थीहरू सबै उत्तीर्ण भएका छन्। सार्वजनिक नतिजा अनुसार २ जनाले GPA 3.61 देखि 4.0 सम्म A+ ग्रेड, ९ जनाले GPA 3.21 देखि 3.6 सम्म A ग्रेड तथा १० जनाले GPA 2.81 देखि 3.2 सम्म B+ ग्रेड प्राप्त गरेका छन्। शतप्रतिशत नतिजा ल्याउन सफल भएकोमा विद्यालयले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै बधाई तथा शु

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,२०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको मेघा हिमालयन स्कुलको एसईईमा शतप्रतिशत नतिजा, सान्त्वनु चौधरी बने टपर

    धरान/ राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा धरान–१२ स्थित मेघा हिमालयन स्कुल ले शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे का अनुसार परीक्षामा सहभागी २४ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्। जसमध्ये ३ जनाले A+, १२ जनाले A र ९ जनाले B+ ग्रेड प्राप्त गरेका छन्। विद्यालयको सर्वाधिक जीपीए ३.७९ ल्याउँदै विद्यार्थी सान्त्वनु चौधरी विद्यालय टपर बनेका छन्। सान्त्वनु यसअघि विभिन्न अतिरिक्त क्रियाकलाप, विशेषगरी सिङ्गिङ आइडलमा समेत सक्रिय सहभागी रहँदै आएका विद्यार्थी हुन्। यस वर्षको एसईई नतिजामा द

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • ८६३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई नतिजा भोली सार्वजनिक गर्ने तयारी

    भक्तपुर/  राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । सरकारले यही वैशाख २९ गतेभित्र (मङ्गलबार)नतिजा सार्वजनिक गर्न अन्तिम ‘समयसीमा’ दिएपछि बोर्डले तीव्र गतिमा आवश्यक काम गरिरहेको हो । कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले भन्नुभयो, “सरकारले वैशाख २९ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्न अन्तिम समयसीमा दिएको थियो, त्यो सीमाभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ, परीक्षार्थीको प्राप्ताङ्क ‘कम्प्युटर’मा ‘इन्ट्री’ गर्ने काम सकिएको छ, कि कतै केही गल्ती छ कि भनेर

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ३५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २० लाख भारतीय रुपियाँ बरामद

    मोरङ/  रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा किरातेश्वर माङखिम पुनः उद्घाटन

    भोजपुर/ किरात धर्म, संस्कार र सामाजिक एकताको प्रतीकका रूपमा निर्माण गरिएको किरातेश्वर माङखिम ९६औं समाज सुधार दिवसको अवसर पारेर भोजपुरको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाको संगमस्थलमा भव्य समारोहबीच पुनः उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य ध्रुवराज राई तथा विशेष अतिथि केहेरसिं योङहाङ ले संयुक्त रूपमा माङखिम उद्घाटन गर्दै किरात सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा यस्ता धार्मिक तथा सांस्कृतिक केन्द्रहरूको महत्वपूर्ण भूमिका रहने बताएका थिए। कार्यक्रममा अशोक राई, प्रेमकुमार राई, समाजसेवी तथा बुद्धिजीवी इश्वरमान राई, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय सदस

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • ३८३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ब्राउन सुगर कारोबार गर्दागर्दै तीन युवा पक्राउ

    धरान/सुनसरीको धरान–९ बगैचा लाइनस्थित रत्न होटलमा ब्राउन सुगरको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको टोलीले शुक्रबार राति करिब १० बजे होटलको कोठा नम्बर ७ मा छापा मारेर ब्राउन सुगर ३६.९१ ग्राम पदार्थ बरामद गरेको हो। प्रहरीले घटनास्थलबाट सिन्धुपाल्चोक मेलम्चीका २० वर्षीय सन्देश तामाङ, काभ्रेपलाञ्चोक पाँचखालका २२ वर्षीय समिर दियाली र झापा बिर्तामोडका २८ वर्षीय क्षितिज भण्डारीलाई पक्राउ गरेको जनाएको छ। उनीहरूको स

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ६२३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • 'सन्दर्भ कानुन दिवस:- न्यायालय पुनसंरचनाको प्रश्न'

    २०८३ बैसाख २६ नेपालमा प्रत्येक वर्ष बैशाख २६ गते कानून दिवस मनाइन्छ। यस दिन नेपालको सर्वोच्च अदालतको स्थापना र स्वतन्त्र न्यायपालिकाको आरम्भको दिनको रूपमा मनाइन्छ। प्रधान न्यायालय ऐन, २००८ सालमा तर्जुमा भएको थियो। यो ऐन २००९ साल वैशाख २६ गतेका दिन देखि लागू भएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २६ गतेका दिन कानुन दिवस मनाउने गरिएको हो। सर्वोच्च अदालतले कानून दिवसका अवसरमा देशभरका न्यायालयमा सार्वजनिक बिदा दिने गरेको छ संविधान जारी भएपछि संघियता कार्यान्वयनको रफ्तारमा २०७४, २०७९ र २०८२ मा संघिय संसदको निर्वाचन सम्पन्न भएको छ। जनताले आफ्नो प्रतिनिधि छान्ने लोकतान्त्रिक पक्रिया निर्वाचन हो। रुपा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ३६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जापान पढ्न चाहने विद्यार्थीका लागि चुबासाको आकर्षक अफर, ५०% सम्म छात्रवृत्ति

    धरान/ जापानमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि धरानस्थित Chubasa Global Education Foundation⁠ ले आकर्षक छात्रवृत्ति तथा निःशुल्क सीपमूलक तालिम कार्यक्रम घोषणा गरेको छ ।  नेपालमा कक्षा १२ को परीक्षा सकिन लागेसँगै वैदेशिक अध्ययनको तयारीमा रहेका विद्यार्थीहरूको रोजाइमा जापान अग्रस्थानमा पर्न थालेको छ । यही सन्दर्भमा धरानस्थित Chubasa Global Education Foundation⁠ ले पत्रकार सम्मेलन गर्दै जापान अध्ययनका लागि नयाँ अवसर, छात्रवृत्ति तथा विशेष सहुलियत कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाका एकेडेमिक एडभाइजर दुर्गा सुवेदी ले पछिल्लो समय अष्ट्रेलिया, अमेरिका र क्यानडामा भिसा सफल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारको निर्देशन बेवास्ता गर्दै निजी विद्यालयको मनपरी शुल्क

    काठमाडौं/ सरकारले नयाँ शैक्षिक सत्र २०८३ सुरु हुनुअघि विद्यार्थी भर्ना नगर्न र पुराना विद्यार्थीबाट भर्ना शुल्क नलिन स्पष्ट निर्देशन दिए पनि निजी विद्यालयहरूले विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने क्रम रोकिएको छैन । चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले १५ वैशाखदेखि भर्ना अभियान र २१ वैशाखदेखि नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर अधिकांश निजी विद्यालयले उक्त निर्णयलाई बेवास्ता गर्दै समयअघि नै विद्यालय सञ्चालन गरेका छन् भने भर्ना शुल्कको सट्टा ‘वार्षिक शुल्क’, ‘कन्फर्मेसन शुल्क’ लगायतका नाममा अभिभावकबाट दोब्बर रकम उठाइरहेका छन् । यसले अभिभावकमा व्यापक असन

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • २७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved