शिक्षा

    Showing १,७७१-१,७८० of १,९२४ items.
  • एसईई खारेज गर्न सरकारलाई निर्देश

    सुनसरी/ कक्षा १२ को परीक्षालाई मात्रै राष्ट्रियस्तरको परीक्षाको मान्यता दिनेगरी एसईई खारेज गर्न लागिएको छ । संसद्को ‘शिक्षा तथा स्वास्थ्य समिति’ले एसइई प्रणाली खारेज गर्न सरकारलाई पुनः निर्देशन दिएको हो ।समितिको बिहीबार बसेको बैठकले यसअघि २९ जेठ ०७७ मै एसइई खारेज गर्न निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै पुनः निर्देशन दिएको हो । समितिले गत २९ जेठमा भनेको थियो, ‘कोरोना संक्रमणले ल्याएको संकटपूर्ण अवस्थामा यो वर्षका लागि एसइई परीक्षा सञ्चालन नगर्ने निर्णय उपयुक्त छ, संविधान र कानुनले कक्षा १२ सम्म विद्यालय शिक्षा भनेर किटान गरेकाले यस वर्षका लागि स्थगित भएको एसइई परीक्ष

    • प्रकाशित मितिः माघ ८, २०७८
    • ८२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोपको व्यवस्था गरि विद्यालय संचालन गर्न माग

    धरान/ कोरोना प्रभावका कारण शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान सहित शिक्षक, विद्यार्थीहरुलाई यथाशिघ्र खोपको व्यवस्था गर्दै विद्यालय संचालन गर्न शिक्षक संगठनले माग गरेका छन् । प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश एक कमिटीले मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई शिक्षा क्षेत्रमा देखिएका समस्या र गुनासा सहित १३ बुँदे मागपत्र बुझाएका छन् । शिक्षक, विद्यार्थीलाई यथाशिघ्र खोप दिनुपर्ने र आवश्यक मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिनुपर्ने लगायतका बुँदाहरु मागपत्रमा उल्लेख गरिएको छ । संगठनका प्रदेश एक अध्यक्ष कमलप्रसाद तिम्सिना र इन्चार्ज हिक्मत बहादुर बस्नेतद्धारा हस्ताक्षर गरिएको ज्ञापनपत

    • प्रकाशित मितिः माघ ५, २०७८
    • ८२६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनाखरी एकेडेमीका विद्यार्थीलाई प्रतिवेदन लेखनसम्बन्धी अभिमुखीकरण

    धरान/  धरान-१२, चतरा लाइनमा रहेको सुनाखरी एकेडेमीले शुक्रबार आफ्ना विद्यार्थीहरूलाई प्रतिवेदन लेखनसम्बन्धी प्रशिक्षण दिएको छ ।सो प्रशिक्षण कार्यक्रममा सुनाखरीमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरू सहभागी थिए । उनीहरूलाई उपप्राध्यापक एवम् पत्रकार राजेश विद्रोहीले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई शनिबार कुनै कृषि फर्ममा अवलोकन भ्रमणमा लगिने र त्यसै भ्रमणसम्बन्धी प्रतिवेदन लेख्न लगाइने विद्यालयका प्राचार्य मिलन राईले बताए । प्रतिवेदन लेखनसम्बन्धी प्रयोगात्मक ज्ञान दिँदै विद्यार्थीहरूलाई पाठ्यक्रम बाहिरका विषयमा पनि जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रा

    • प्रकाशित मितिः पुस २३, २०७८
    • १,२३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नोबेलका आन्दोलनरत विद्यार्थीलाई अखिलको समर्थन

    धरान/ चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क माग गरेको भन्दै नोबेल मेडिकल कलेजमा चरणबद्ध आन्दोलनमा रहेका एमबीबीएस विद्यार्थीहरुलाई एमाले निकट अनेरास्ववियु मोरङले समर्थन जनाएको छ । नोबेलले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई प्रवेशमा रोक लगाएको विरोधमा अस्पताल परिसरमा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । अनेरास्ववियुले समर्थन जनाउँदै आन्दोलनमा सहित नेताहरू सहभागी भएका छन् । मंगलबार अनेरास्ववियू र एमबीबीएस अध्ययनरत विधार्थीहरुले संयुक्त आन्दोलन गर्दै मानव साङ्लो बनाएर अस्पताल परीषर घेरावन्दी गरेका थिए । त्यस्तै कागजको नमूना पैसा बनाएर अस्पताल प्रशा

    • प्रकाशित मितिः पुस २०, २०७८
    • १,२९९ पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • मेघा कलेजका विद्यार्थीहरू जातीय पहिरनमा रमाए

    धरान/ धरान मेघा कलेज (हिमालयन स्कुल) मा आइतबार बिहान बेग्लै चहलपहल थियो । सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आफ्नो जातीय पोशाकमा सजिएर आएका थिए । साँच्चै त्यहाँ नेपालको सांस्कृतिक विविधता प्रस्ट देखिँदै थियो । कलेजले त्यस दिन ‘कल्चरल डे’ (सांस्कृतिक दिवस) का रूपमा मनाउने घोषणा गरेको थियो । यसै कारण विद्यार्थी र शिक्षक–शिक्षिकाहरू जातीय पोशाकमा ठाँटिएर आएका थिए । अरू बेला विदेशी पोशाकमा देखिनेहरू पनि त्यस बेला जातीय पोशाकमा सजिएका थिए । मौलिक जातीय पहिरनमा सबैजना निकै खुलेका थिए । मौलिक जातीय पहिरनमा आउने विद्यार्थी र शिक्षक–शिक्षिकालाई कलेजले पुरस्कृत प

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १,३७१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिबिस्कसमा अभ्यास सहितको कक्षा

    धरान/ पुस्तकको सिद्धान्तलाई अभ्यासमा जोड दिदैं धरान–१५ स्थित हिबिस्कस इङ्ग्लिस बोर्डिङ स्कुलले साईन्स ल्याब सुरु गरेको छ ।स्कुलले ८ लाख रुपैयाको लागतमा सुरु गरेको ल्याबमा फिजिक्स, केमेष्ट्रि र बायोलोजी सम्बन्धी पुस्तकमा आधारित अभ्यास गराईने गरेको स्कुलका कोअर्डिनेटर विजय सिंह थेवेले बताए । स्कुलले कक्षा ४ देखि कक्षा ११ सम्मका विद्यार्थीलाई ल्याबमा अभ्यास गराउँदै पढाउन सुरु गरेको हो । उनका अनुसार ल्याबमा अहिले ६ वटा माईक्रोस्कोप सहित अन्य आवश्यक उपकरण राखिएको छ । त्यसमध्ये अँध्यारो कोठामा पनि विद्युतबाट चल्ने उपकरण पनि राखिएको उनले बताए । विद्यार्थीलाई सानैदेखि अभ्यासमुलक सिकाईमा जो

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १,१४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महेन्द्र क्याम्पस जग्गा प्रकरण: भुमिसुधार विरुद्ध अदालतमा पुनरावेदन

    धरान/ जग्गा किनबेच भएको ४० वर्ष पछि महेन्द्र बहुमुखी क्याम्पस धरानको जग्गामा देखिएको मोहीका छोरालाई नामसारी गरिदिने मालपोत तथा भुमिसुधार कार्यालय सुनसरीको निर्णय विरुद्ध क्याम्पसले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको छ । करिब २० वर्ष अघि मृत्यु भएका मोही डम्बरबहादुर घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीको नाममा गत असोज २५ गते मोही हक नामसारी गरिदिने भुमिसुधारले निर्णय गरेको थियो । भुमाफियाहरुले क्याम्पसको जग्गा हडप्न चलखेल गरेको आरोप लगाउँदै क्याम्पसले भुमिसुधार विरुद्ध उच्च अदालतमा पुनरावेदन गरेको हो । क्याम्पस प्रमुख दामोदर भण्डारीका अनुसार ३५ दिने हदम्यादको समयसिमा भित्र नै बुधबार पुनरा

    • प्रकाशित मितिः पुस १९, २०७८
    • १,२८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान आदर्शले गर्‍यो नयाँ विद्यार्थीलाई स्वागत

    धरान । धरान आदर्श उच्च माध्यमिक विद्यालयले कक्षा ११ मा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शनिबार विद्यालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम सहित स्वागत गरिएको हो । नवआगन्तुक विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ लगायत विशेष अतिथीहरुले खदा लगाईदिदै स्वागत गरेका थिए । विद्यालयका प्रिन्सिपल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा ममता गुरुङ, टिशिरिङ भोटे, हेमचन्द्र, साजन, अञ्जली, नुमा, निशा, मिस्टिना, सिमा, अस्मिता रोक्कीले नृत्यु प्रस्तुत गरेका थिए भने विक्रम लिम्बु, सुधन

    • प्रकाशित मितिः पुस १८, २०७८
    • २,०५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिमालयनमा विद्यार्थीलाई स्वागत

    धरान । धरान मेघा कलेज (हिमालयन +२) मा कक्षा–११ मा अध्ययनरत् नवआगन्तुक बिद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ ।कलेजमा बीबीएसमा अध्ययनरत् विद्यार्थीहरूले अबिर लगाइदिँदै खदा ओढाएर उनीहरूलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रमका प्रमुख अतिथि एवम् हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले विद्यार्थीहरूका प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल स्थान प्राप्त गर्न शुभकामना दिए । आजका विद्यार्थीहरूले नै भविष्यमा देशको हरेक क्षेत्रको नेतृत्व गर्ने भएकाले विद्यार्थीहरू अनुशासित र लगनशील हुनुपर्ने उनको धारणा थियो । हिसान सुनसरीले आयोजना गरेको बास्केटबल प्र

    • प्रकाशित मितिः पुस १७, २०७८
    • १,३६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिसो बढेपछि पहाडी र तराई क्षेत्रका विद्यालयमा विद्यार्थी घटे

        काठमाडौं / केही दिनयतादेखि मौसममा परिवर्तन हुनाका साथै ह्वात्तै चिसो बढेपछि जिल्लाको पहाडी क्षेत्र र तराईका विद्यालयमा विद्यालय जाने विद्यार्थीको सङ्ख्या घट्न थालेको छ । सबैभन्दा उच्च पहाडी क्षेत्रमा अवस्थित लिम्चुङबुङ गाउँपालिको माझखर्क, सातदोबाटे तथा रौतामाई गाउँपालिकाको नामेटार, टाट्ने र रौता बोलुङ्खा क्षेत्रका विद्यालयका तल्ला कक्षाका विद्यार्थीको उपस्थिति चिसोको कारण न्यून हुन थालेको सम्बन्धित विद्यालयका शिक्षकले बताए । एक हप्तादेखि ह्वात्तै चिसो बढ्न थालेपछि तल्ला कक्षाका नानीहरुको उपस्थिति कम हुन थालेको रौता बोलुङखास्थित पञ्चकन्या आधारभूत विद्यालयका शिक्षिका रीताकुम

    • प्रकाशित मितिः पुस १३, २०७८
    • ६८९ पटक पढिएको
    • "रासस"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved