हिमालयनमा विद्यार्थीलाई स्वागत

  • पुस १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान मेघा कलेज (हिमालयन +२) मा कक्षा–११ मा अध्ययनरत् नवआगन्तुक बिद्यार्थीहरूलाई शनिबार स्वागत गरिएको छ ।
कलेजमा बीबीएसमा अध्ययनरत् विद्यार्थीहरूले अबिर लगाइदिँदै खदा ओढाएर उनीहरूलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रमका प्रमुख अतिथि एवम् हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले विद्यार्थीहरूका प्रस्तुतिको प्रशंसा गर्दै उनीहरूलाई पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल स्थान प्राप्त गर्न शुभकामना दिए । आजका विद्यार्थीहरूले नै भविष्यमा देशको हरेक क्षेत्रको नेतृत्व गर्ने भएकाले विद्यार्थीहरू अनुशासित र लगनशील हुनुपर्ने उनको धारणा थियो ।

हिसान सुनसरीले आयोजना गरेको बास्केटबल प्रतियोगितामा दोस्रो स्थान प्राप्त गरेका हिमालयनका विद्यार्थीहरूलाई पनि सो अवसरमा सम्मान गरिएको थियो । स्थापनाको पहिलो वर्षमै जिल्लाव्यापी प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नु उल्लेखनीय उपलब्धि भएको बताउँदै प्रमुख अतिथि घिमिरेले खुसी व्यक्त गरे ।

कार्यक्रममा गायिका अम्बिका दुवाडी र युवागायक भक्तिराज राईले गीत प्रस्तुत गरे । कार्यक्रममा विद्यार्थीहरूले पनि आकर्षक नृत्यका साथै गीतहरू प्रस्तुत गरे । हिमालयन विद्यालयमा अहिले भोजपुर, सङ्खुवासभा, धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत प्रदेश १ का विभिन्न स्थानबाट आएका साढे तीन सयभन्दा बढी विद्यार्थी कक्षा–११ रहेको शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने परम्परा कायम राख्न र नयाँ प्रतिभाहरूलाई मञ्च प्रदान गर्न कार्यक्रम आयोजना गरिएको कलेजका शैक्षिक निर्देशक घिमिरेले जनाए ।

265904475_492707269027589_3636168010495884240_n

 

20220101_132817 20220101_155402

कार्यक्रममा कार्यक्रममा कलेजका प्राचार्य भास्कर पौडेल, कलेजका बीबीएस संयोजक चन्द्र वनेम, होटल म्यानेजमेन्ट कोअर्डिनेटर पोषण श्रेष्ठ, शेयर सदस्यहरू सागर खड्का, प्रभास राजवंशी, जीवन न्यौपाने, दीपेन्द्र यादव, आलोक श्रेष्ठलगायत उपस्थित थिए । एन–प्याब्सन धरानका अध्यक्ष भगत लिम्बू, प्याब्सन धरानका अध्यक्ष राजकुमार लिम्बू, नोबेल एकेडेमीका प्रिन्सिपल रविन न्यौपानेलगायत पनि कार्यक्रममा उपस्थित थिए ।

कलेजका अध्यक्ष कैलाश लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेयर सदस्य दीपक घिमिरेले स्वागत मन्तव्य राखेका थिए । सोही कलेजकी बीबीएस तेस्रो वर्षकी छात्रा आरती बस्नेतले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीका तर्पmबाट मिस स्टेट विजेता छात्रा श्वेता भुजेलले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेकी थिइन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved