शिक्षा

    Showing 1,641-1,650 of 1,773 items.
  • एम्समा स्नातक तहमा विभिन्न कार्यक्रम सञ्चालन हुने

    धरान÷ धरान–१२ को अल्पाइन अन्तर्राष्ट्रिय नमुना विद्यालय (एम्स) ले स्नातक तहमा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । एम्सले नेसनल मल्टिपल कलेजसँगको सहकार्यमा तहका शैक्षिक कार्यक्रम सुरु गरेको हो । कलेजले बुधबार पत्रकार सम्मेलन आयोजना गरी जिल्लामै पहिलोपटक चारवर्षे बीएड आईसीटीसहित बीएड र बीबीएस कार्यक्रमहरू सञ्चालन गर्न लागेको जानकारी दिएको छ । बीएड आईसीटी शिक्षा सङ्कायअन्तर्गत स्नातक तहमा आईसीटीसम्बन्धी चारवर्षे कोर्स हो । यसले विद्यालय स्तरको दक्ष आईसीटी शिक्षक उत्पादन गर्ने लक्ष्य लिएको छ । कलेजले पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा यी कार्यक्रमहरू सञ्चालन गर्ने भएक

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 1,058 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मिस स्टेट’ बन्न सफल आफ्नी विद्यार्थीलाई मेघाद्वारा सम्मान

    धरान/  ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ । कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो । भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे । त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 977 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाल विजनेस कलेजले शुरु गर्यो बीआईटी

    विराटनगर । विराटनगर ११ मा रहेको नेपाल विजनेस कलेजले चालु शैक्षिक सत्रदेखि व्याचलर इन इन्फर्मेशन टेक्नोलोजी (बीआईटी) सुरू गरेको छ । कलेजका निर्देशक दीपक कोइरालाले मलेसियाको लिंकन विश्वविद्यालयको सम्बन्धनमा बीआईटी अध्यापन सुरू गरिएको जानकारी दिए । बीआईटीका लागि छ सेमेष्टरमा प्रति विद्यार्थी जम्मा ५ लाख १६ हजार रूपैयाँ लाग्ने जनाइएको छ । सोही रकमबाट चौथौं सेमेष्टरमा थाइल्याण्डमा शैक्षिक भ्रमणसमेत राखिएको छ । यस शैक्षिक सत्रमा बीआईटीका लागि कलेजले ३६ जनाका लागि कोटा तोकेको छ । कलेजमा हाल चार वर्षे बीबीए र एमबीए अध्यापन हुँदै आएको छ । निर्देशक कोइरालाले बीबीए र एमबीए अध्ययनरत रहेका धेरै विद्यार्थ

    • प्रकाशित मितिः मंसिर २०, २०७८
    • 641 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अध्ययन पूरा गरिसक्दा पनि काम पाइएन : विद्यार्थीको भविष्य नै अन्यौल

    धरान/ कुनै पनि विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले राम्रो काम गर्ने र आफ्नो सुनौलो भविष्य कसरी निर्माण गर्ने भन्ने विषयमा सोचेका हुन्छन् । यो सपना एमविएस विषयमा अध्ययन गर्ने होस् वा मानविकी, म्यानेजमेन्ट अथवा शिक्षा संकायका विद्यार्थी हुन् उनीहरुको पहिलो उद्देश्य नै राम्रो र धेरै कमाइ हुने ठाउमा जागिर खाने नै हो । तर केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा पोषण विज्ञानमा अध्ययन सकेका विद्यार्थीहरु बेरोजगार बस्नुपर्ने बाध्यता छ । यसको प्रमुख कारण हो यो विषयलाई कुन निकाय अन्तर्गत राख्ने भन्ने सरकारी अन्यौलतासंगै अध्ययन गरिसकेका विद्यार्थीका लागि लोकसेवा नखुल्दा पढाइको सदुपयोग गर्न पाएका छैन

    • प्रकाशित मितिः मंसिर १९, २०७८
    • 659 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • मेघा कलेजको कार्यक्रम इलामको फिक्कलमा

    धरान/ धरानको मेघा कलेजले आफ्ना विद्यार्थीहरूका लागि स्वागत र विदाइ कार्यक्रम इलामको पर्यटकीय स्थान फिक्कलमा सम्पन्न गरेको छ । मङ्गलबार गएको टोली कार्यक्रम सकेर बुधबार मात्र धरान फर्किएको छ । कार्यक्रममा बीबीएस पहिलो वर्षका विद्यार्थीहरूलाई स्वागत गरिएको थियो भने बीबीएस चौथो वर्षका बिद्यार्थीहरूलाई विदाइ गरिएको थियो । कार्यक्रममा बीबीएस दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरू पनि सहभागी थिए । करिब एक घण्टा लगाएर विद्यार्थीहरूले नै तयार पारेको अस्थायी मञ्चमा कार्यक्रम गरिएको थियो । कलेजकै चारवटा बस कलेजका प्रशासक, विद्यार्थी र अध्यापकहरू बोकेर मङ्गलबार बिहान त्यसतर्फ गएको थियो । बसमै राखेर लगिएका

    • प्रकाशित मितिः मंसिर १७, २०७८
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कक्षा १२ को परीक्षाफल भोली प्रकाशित गर्ने तयारीमा बोर्ड

    धरान/ राष्ट्रिय परीक्षा बार्डले गत भदौं ३० गते देखी असोज ८ गते सम्म सञ्चाल भएको कक्षा १२ को नतिजा (भोलि)शुक्रबार प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक तयारी भइसकेकाले भोली नतिजा प्रकाशन गर्ने तयारीमा रहेको जनाएको छ । कोभिडको संक्रमणका कारण गत भदौंमा सहभागी हुन नसकेका ४१ परीक्षर्थीहरुले हिजो देखी परीक्षा दिएका छन् । यस वर्षको परीक्षामा ३ लाख ७५ हजार परीक्षार्थीहरु सहभागी भएका थिए ।उनीहरू परीक्षाफल १० दिनभित्र प्रकाशित गरिने बोर्डले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०७८
    • 770 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एम्सद्वारा छात्रा सम्मानित

    धरान/ धरान–१२ स्थित एम्स एकेडेमीले विज्ञान सङ्कायमा पढ्ने छात्रा उषा कार्कीलाई बुधबार सम्मान गरेको छ ।धरानको आन्तरिक राजस्व कार्यालयले कर सप्ताह अन्तर्गत मङ्गलबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेकी विद्यालयकी छात्रा कार्कीलाई कलेजले सम्मान गरेको हो । कलेजले आयोजना गरेको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । सो कार्यक्रममा कलेजका व्यवस्थापन सङ्कायका प्रमुख संयोजक दुर्गा सुवेदीले विज्ञान पढ्ने विद्यार्थीहरू अन्य क्षेत्रमा कमजोर हुन्छन् भन्ने आम धारणालाई उषाले गलत साबित गरेको धारणा राखे । विज्ञानका विद्यार्थीहरू पनि अन्य क्षेत्रमा उत्तिकै सक्षम हुन्छन् भन्

    • प्रकाशित मितिः मंसिर १०, २०७८
    • 601 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रामधुनी शिक्षक आन्दोलन: तिहार अघिनै तलब पाउने

    इटहरी/ आर्थिक वर्ष २०७८÷७९ सुरू भएदेखि नै मासिक तलब नपाएको भन्दै बिगत केहि दिन यता आन्दोलनमा उत्रिएका रामधुनि नगरपालीका स्थित सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक र नगरपालीकाबिचको बार्ता पछि आन्दोलन फिर्ता भएको छ । तिहार अघिनै सबै शिक्षक तथा कर्मचारीहरूको तलब दिने आश्वासन पश्चात आन्दोलनरत शिक्षकहरूले मंगलबार देखि सबै संघषका कार्यक्रमहरू फिर्ता लिएर आज बुधबार देखि बिद्यालयमा पठन पाठन सुचारू गर्ने निर्णय गरेका छन । तलब नपाउँदा यो वर्षको दशै स्थानीय साहुँबाट ऋण गरेर मनाएको शिक्षकहरूले गुनासो गरेका छन् । पटक पटक तलबको बिषयमा ध्यानाकर्षण गराउँदा पनि नगरपालीकाबाट कुनै सुनुवाइ नै नभए पछि

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 748 पटक पढिएको
    • "तेजबहादुर बन"
  • पाठ्यपुस्तक बाढीले बगायो, तीन हजार बिद्यार्थी प्रभावित

    इटहरी\ इटहरी आइतबारेकी १४ बर्षिय सुसन घिमिरे आइतबार बिद्यालय जाने समयमा खिन्न देखिन्थे । अभिभावकले स्कुल जा भनेर कराइरहँदा उनी भन्दै थिए, किताब कापि केहि छैन कसरी जाने ? सुशन मात्र होइन उनकै छिमेकी ९ वर्षिय नविन गिरी, सुस्मा दाहाल, मनिसा नेपाल पनि किताब कापी नभए पछि विद्यालय जाननै अन्कनाई रहेका थिए । गत कार्तिक २ अविरल वर्षा संगै स्थानीय खोला र पैनीमा आएको बाढीले इटहरी जलमग्न बनेको थियो भने सयौ घरहरू डुबानमा परेका थिए । डुबानकै क्रममा बिद्यालय जाने बालबालिकाहरू सँगै कलेज जाने बिद्यार्थीहरूको लत्ता कपडा र पाठ्य पुस्तक पनि बगाएको थियो । बाढीले सबै पुस्तक कामै नलाग्ने बनाइ दिएपछि अब बिद्या

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 771 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एम्सद्वारा स्वागत तथा विदाइ सम्पन्न

    धरान । धरान–१२ को एम्स एकेडेमी र नेसनल मल्टिपल कलेजले विद्यार्थीहरूलाई मङ्गलबार स्वागत तथा विदाइ गरेको छ । एम्स एकेडेमीले भर्खरै कक्षा १२ को परीक्षा दिएका विद्यार्थीहरूलाई विदाइ गरेको हो भने नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो । कक्षा १२ को परीक्षामा दुई सयभन्दा बढी विद्यार्थी सहभागी भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जनाए । अब नेसनल मल्टिपल कलेज पनि एकेडेमीमै गाभिएको छ । नेसनल कलेज पनि जोडिएपछि नयाँ पाँचवटा शैक्षिक कार्यक्रम सुरु गर्ने योजना रहेको एकेडेमीका एकेडेमिक निर्देशक नेत्र सुवेदीले बताए । उनले स्थानीय तहले शैक्षिक क्षेत्रलाई महत्व नदिएको विचार राखे । दक्ष जनशक्तिले संसा

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 1,001 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved