धरान/ कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ । रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो । विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो । विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो । विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च
विराटनगर/ मोरङको जहदा गाउँपालिका– ५ पोखरियामा छ मुसहर बस्ती । अतिविपन्न परिवारले बसोबास गर्ने बस्तीका पुरुष हरेक दिन मजदुरी गर्छन् । महिला पनि घरधन्दा पछि बेला बेला काम गर्न जान्छन् । बस्तीका बालबालिका नजिकै रहेको दीनाभद्री आधारभूत विद्यालयमा पढ्छन् । मुसहर बस्तीका बालबालिका पढ्ने स्कुलमा केही दिनअघि मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद योगेन्द्र मण्डल (जोगी सर) पुग्दा गाउँका महिला भेला भए । सांसद आएपछि पुगेका महिलालाई उनले आफ्नो आमा जस्तै बनिदिन आग्रह गरे । पोखरियामा मात्र होइन्, आफ्नो क्षेत्रका सबै महिलालाई उनी आफ्नो आमा जस्तै बनिदिन आग्रह गर्छन् । ‘मेरी आमाले मला
धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव । सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए । त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए । प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कूल प्रथम भएका छन । इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्द
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा ८ शुक्रबारे स्थित जनता आधारभुत बिद्यालयमा अध्यनरत् बिद्यार्थीहरुलाइ न्यानो कपडा ( ट्र्याकसुट ) बितरण गरिएको छ । वडा नं ८ को कार्यलयले वालशिक्षा देखि कक्षा ७ सम्म अध्यनरत् ८३ जना बिद्यार्थीहरुलाइएक सेट न्यानो कपडाको रुपमा ट्र्याकसुट बितरण गरिएको हो । उक्त न्यानो कपडा आज शुक्रबार बिद्यालयमा पुगेर वडाध्यक्ष रोशन खड्का , शिक्षा अधिकृत उत्तम भारति,, वडा सचिव गंगा लिम्बू तथा वडाका सदस्य नविना बिश्बकर्मा , सुरेन्द्र राजधामि , तुलसा राई , देवनाराण मोचेले बिद्यार्थीहरहलाई बितरण गरेका थिए । प्राय बिपन्न परिवारका बिद्यार्थीहरु पढ्ने बिद्यालयमा वडा
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा पाचौं माध्यमिक बिद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ वराहक्षेत्र नगरपालिका खेलकुद बिकास समितिको आयोजनामा शनिवारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । पाचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरेका थिए । नगर खेलकुद बिकास समितिका संयोजक तथा वडा नं ७ का अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा आयोजना भए
सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीले प्रत्येक बर्ष आयोजना गर्दै आएको खेल महोत्सव हिसान स्पोर्टस् मिट २०८० आइतबार देखी सुरु हुने भएको छ । शुक्रबार हिसान सुनसरीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी १० औं संस्करणको स्पोर्ट्स मिट माघ १४ देखी २० गतेसम्म आयोजना गर्ने जानकारी गराएको हो । एक सातासम्म चल्ने स्पोर्टस मिटमा फुटबल, भलिबल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, बुद्धीचाल र एथलेटिक्सका बिभिन्न इभेन्ट्सहरुमा प्रतिष्पर्धा गराइने हिसान सुनसरीका अध्यक्ष सागर प्रसाद भटराईले जानकारी दिए । गत बर्षदेखी सुरु गरिएको हिसान ५ किलोमिटर रनलाई यसबर्ष पनि निरन्तरता दिने
धरान/ र्याडिकल लाईट नेपाल प्रा.लि.ले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगिताको बुधबार भएको दोश्रो चरणबाट उत्कृष्ट १० जना फाईनलमा प्रवेश गरेका छन। फाईनलमा प्रबेस गर्नेहरुमा धरान उच्च का स्नेहा श्रेष्ठ र बिदिसा अग्रवाल, शारदा बालिका नमुना मा.बि. का अनुस्का राई, यु.एन. नबोदयका स्नेहा निरौला र शितल अधिकारी रहेका छन। यसैगरी मेघा–हिमालयनका सम्पन्न सुवेदी, शिक्षा सदन मा.बि. का जेनिसा राई, चन्द्र संस्कृत मा.बि. का सृजन खतिवडा र ऋषि राज गौतम र ज्ञानोदय मा.बि. का अनिशा कार्की फाईनलमा प्रवेस गरेका छन। धरान–१३ स्थित वडा कार्यालय परिसर
वराहक्षेत्र/ हालसम्म राज्यको कुनै समुदाय सुचिकृत नभएका चाँय जातिहरु पिछडावर्गमा सुचिकृत भएका छन् । सोमवार श्रीमहल पुल्चौक ललितपुर स्थित कार्यलयमा बसेको संबैधानिक राष्ट्रिय समाबेशी आयोगको बैठकले चाँय जातिलाई नेपाल पिछडावर्गमा समाबेश गरि सुचिकृत गरेको हो । नेपालको सुनसरी, मोरङ्ग, झापा, सर्लाही, रौतहट लगाएका तराईका जिल्लामा बसोबास रहेको चाँय जाति भित्र चन्द्रबशी र मण्डल थर रहेका छन् । बषौदेखि राज्य वर्ण व्यवस्थामा जोडिन चाहे पनि आज पूरा भएको नेपाल चन्दबंशी समाजका पुर्व केन्द्रीय सचिब राम कुमार मण्डलले बताए । उनले भने, ‘आजनै राष्ट्रिय समावेश आयोगका माननीय सदस्य तथा प्रवक्ता पु
इलाम/ रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ ।“अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यकम सुरुआत गरेको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । उनले भने, “प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु. एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।” यो कार्यक्रमका लागि दैनिक एक