धनकुटा, २८ भदौ / डेढ वर्षदेखि विरामी भएर ओछ्यान परेका धनकुटाको चौबिसे गाउँपालिका–३ का ४० वर्षीय बोधराज ढुंगानालाई उपचारको लागि आर्थिक सहयोग प्राप्त भएको छ । मेरुदण्डमा पलाएको ट्युमर र नसा च्यापिने समस्याको अप्रशेसन गराउँदा पनि सुधार नभई ओछ्यानमा परेका ढुंगानालाई स्वदेश तथा विदेशमा कार्यरत नेपालीहरुले सहयोग गरेका छन् । लामो समयदेखि विरामी भएर ओछ्यान परेका ढुंगानाको उपचारमा समस्या भएको समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रशारण तथा प्रशासन भएपछि उक्त रकम जुटेको हो । हाल धनकुटा नगरपालिका–७ त्रिवेणीचोकमा डेरा गरी बस्दै आएका ढुंगानाको उपचारको लागि धनकुटाको साँगुरीगढी गाउँपालिका–५
इलाम / इलामको कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६÷७७ का लागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली र किसानलाई व्यवसायी बनाउनको लागि सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७२ लाख अनुदान आएको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारको तीन करोड ४६ लाख र संघिय सरकारकोे तीन करोड २६ लाख गरी कुल छ करोड ७२ लाख रुपैँया बराबरको अनुदान दिएको कृषि ज्ञान केन्द्र इलामका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए । कृषि पेशामा आबद्ध किसानका लागि प्रदेशका अनुदानमा ७५ प्रतिशत र संघका अनुदानमा ५० प्रतिशत छुटमा सरकारले अनुदान रकम उपलब्ध गराउने केन्द्रका अ
धरान – साताको अन्तिम दिन सुनको मुल्यमा गिरावट आएको छ । बिहीबार ९६ हजार ८ सय प्रति तोलका दरले बिक्री भएको सुनको मुल्यमा ३ सय रुपौंयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य तोलामा तीन सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय कायम भएको हो । माहसंघले तेजावी सुनको मूल्य ९६ हजारमा कारोबार भइरहेको जनाइएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि १५ रुपैयाँले घटेर प्रतितोला एक हजार तीन सय १० रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन
इलाम / २०७७ साल भदौमा चिया किसानले स्थानीय तहले तोकेको न्यूनतम मूल्यसमेत नपाएको भन्दैसंघर्ष समिति नै बनाएर किसान आन्दोलनमा उत्रिए । स्थानीय तहले तोकेको मूल्य उद्योगले नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका चिया किसान यसअघि भएका सम्झौता कार्यान्वयन गरिदिन सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेलाई लिखित मागपत्र पेश गरे । पटक पटक आन्दोलनमा उत्रिए चिया किसान कहिले सम्म आन्दोलन गरिरहनु पर्ने कुनै टुङ्गो छैन । कोरोना संक्रमणका कारण राम्रो मुल्यमा विक्री हुने चियाको फष्ट फ्लस ‘पहिलो टिपाइको मुना’ बारीमानै हुर्किएपछि चिन्तित किसान सूर्योदय नगरपालिकाले चिया टिपाई शुरु गर्ने नि
शेरबहादुर परियार,पोल्याण्ड/ / "केही मानिसहरुको मनै सामाजिक भावनाले ओतप्रोत हुन्छ, त्यसैले त उनीहरु आफ्नो खुशी समाजको हितमा देख्छन्"यसको पर्याय बनेका छन् एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा।उनले नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका
विराटनगर । विराटनगरमा उद्योगी तथा व्यापारीसंग सम्बन्धित तीनवटा व्यवसायिक संगठनले अब लकडाउन र निषेधाज्ञाको श्रृखंला बन्द हुनुपर्ने माग गरेका छन । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघले लकडाउन र निषेधाज्ञाले व्यापार, व्यवसाय तथा उद्योगधन्दा नै चौपट हुने अवस्था आएको भन्दै अब विकल्प खोज्नुपर्ने माग गरेका छन । निरन्तरको निषेधाज्ञाको कारण बैंकको ऋण, ब्याज, किस्ता तिर्न नसक्ने, बीमा प्रिमियस भुक्तान गर्न नसक्ने, घर बहाल, विद्युत, खानेपानी, टेलिफोन आदिको न्यूनतम बिल भुक्नानी गर्न नसक्ने, उद्योग कच्चा पदार्थ तथा तैयारी वस्तुहरुको ओसार पसार तथा बिक्री हुन नसकेको, कर्मचारी, मजदुर, प्
काठमाडौं । पेट्रोलको मुल्यमा फेरी वृद्धि भएको छ । नेपाल आयल निगममले मंगलबार राति १२ बजे देखि लागु हुने गरि लिटरमा २ रुपौंया बढाएको छ । नयाँ मुल्य अनुसार पोट्रोलको मुल्य अब १०७ रुपौंया हुने भएको छ । निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ । भारतबाट १ सेप्टेम्बर (आज) मा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।
इलाम / देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलकोे गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । विदेशमा जीवनभर कमाई गरेका त्यस्ता व्यक्तिको परिश्रमको फल, विदेशीदा गरेको विमाको रकम या छुट भएको रकम स्वयम या उनीहरुका आफन्तले भेट्दैनन् । परराष्ट्र मन्त्रालयको पहलमा रकम त आउँछ तर ठेगानानै पत्ता लाग्दैन । इलामको जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलाम पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनको लागि ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासंग मिल्ने कुनै ठाउँ नै छैन । तीन वर्ष अघि आएको रकम सर
धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र