सार्वजनिक जग्गामा अतिक्रमण नेपालका लागि नौलो विषय होइन । देशका विभिन्न स्थानमा सार्वजनिक जग्गामा अतिक्रमण भएको छ । सुनसरी सदरमुकाम इनरुवामा पनि सार्वजनिक जग्गा अतिक्रमणमा परेको समाचार प्रकाशमा आएको छ । त्यहाँको धार्मिक तथा ऐतिहासिक महत्वको कंशमरण क्षेत्रमा सुकुम्वासीका नाममा जग्गा अतिक्रमण गरिएको समाचारमा उल्लेख छ । अन्यत्र घरजग्गा भएकाहरूले नै सुकुम्वासीका नाममा सो क्षेत्रमा बसोवास गर्दा कंशमरणको अस्तित्व सङ्कटमा परे बताइएको छ । यसरी सार्वजनिक क्षेत्रमा अतिक्रमण बढ्नु चिन्ताको विषय हो । त्यस क्षेत्रमा घर बनाएर बस्ने २५ परिवारमध्ये तीन परिवारको मात्र आफ्नो स्वामित्वमा जग्गा नभएको विषय प्रकाशम
मोरङ / नवनियुक्त अर्थमन्त्री विष्णु पौडेले व्यवसायीका विषयमा छलफल गर्न वार्तामा बोलाएपछि निरन्तर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले हाललाई आन्दोलन स्थगित गरेका छन् । अर्थमन्त्री पौडेलले सोमबार नै उद्योगी व्यावसायीलाई वार्तामा बोलाएपछि आन्दोलन स्थगित भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । उनले भने–‘नवनियुक्त अर्थमन्त्री ज्यूले वार्तामा बोलाउनु भएको छ, समस्या समाधान हुने अपेक्षा हामीले राखेका छौंं, वार्तामा बोलाएपछि हामीले हाललाई आन्दोलन स्थगित गरेका हौंै ।’ उनले वार्तामा बोलाएसँगै सरकारले माग सम्बोधन गर्ने आश देखाएको बताए । उनले भने–
मोरङ \ विराटनगर–१४ मा रहेको डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार सम्पन्न भएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ । एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न
धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधि
बराहक्षेत्र / तोरिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बराहक्षेत्र १ को अध्यक्षमा डम्बरप्रसाद सिग्देल तेस्रो कार्यकालका लागि बिजयी बनेका छन् ।आफ्ना निकटतम प्रतिद्धन्द्धी कृष्णप्रसाद कट्टेललाई फराकिलो मतान्तरले पछि पार्दै सिग्देल विजयी भएका हुन् ।सिग्देलले कट्टेललाई ३ सय २१ को मतान्तरले पराजित गरेका हुन । निर्वाचन समितिका संयोजक ज्ञानबहादुर पाण्डेका अनुसार सिग्देलले ६ सय २ मत र कट्टेलले २ सय ८१ मत मात्र प्राप्त गरेका थिए । १४ सय १५ खानेपानीको उपभोक्ता रहेको समितिमा ९ सय २९ उपभोक्ताले मतदान गरेका थिए । त्यस्तै सदस्य भूगोल वडा नं. १ तर्फबाट मदनबहादुर बस्नेत (राजन) र वडा नं. २ भूगोल तर्फ
मोरङ / विराटगरस्थित महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि नयाँ नयाँ ‘स्किम’ ल्याउने गरेको छ ।केही समय अगाडि महालक्ष्मीले ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम ल्याएको थियो । यो कार्यक्रम सफलतापूर्वक सञ्चालन भएसँगै महालक्ष्मीले पुन नयाँ ‘स्किम’ पस्केको छ । महालक्ष्मीका कार्यकारी प्रमुख रामेश्वर श्रेष्ठका अनुसार अगाडिको स्मिक सफलतासँगै अहिले ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ’ कार्यक्रमलाई शुरुवात गरिएको छ ।कम्पनीका अध्यक्ष मनोरञ्जनरमण शर्माले चितौनको सौराहामा पौष ४ गते समुद्घाटन गरेसँगै यो कार्यक्रमको विधिवत रुपमा शुरुवात भएको घो
मोरङ / आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाईसमेत सुरु गरिएको छ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरपालिकाको अभियानलाई सफल पार्न खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । महानगरले अतिथिसदन दक्षिण–प
धरान / आधुनिक शहरीकरणसंगै पछिल्लो समय पूर्वका धेरै स्थानमा जग्गा प्लटिङ्गका नाममा खेतीयोग्य जमिन मासिदै गएका छन् । अधुनिक शहरीकरणको नाममा बर्षौदेखि खेति गर्दै आएका जग्गा प्लटिङ्ग गर्दै महगोमा जग्गा खरिद विक्री हुन थालेपछि खेतियोग्य जमिन घडेरीमा परिणत हुन थालेका हुन् । साविकको पाँचकन्या गाविस तथा अहिले धरान उपमहानगरपालिका वडा नं. ४, ५ र ६ विगतमा धरानको कृषि पकेट क्षेत्रमा लिने गरिएको थियो । उब्जनी हुने धान तथा सागसब्जी उब्जनीको हिसाबले पाचकन्याले सुनसरीको चार भागमध्ये एक भाग ओगट्न गरेको थियो अर्थात ५३ हजार ५ सय खेतीयोग्य जमिनमध्ये पाचकन्यामा ६ हेक्टरमा खेती हुने गरेको जिल्ला कृषि कार्यालय सुनस
मोरङ / विराटनगर–१४ को डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोमा प्रविधिको प्रयोगलाई विशेष ध्यान दिइएको छ । विशेष प्रविधिको बनाउने उद्देश्यले एक्स्पोलाई क्याँसलेस, पेपरलेस र भर्चुअल एक्स्पोका रुपमा चित्रण गरिएको छ । एक्स्पोमा ईसेवाका माध्ययमबाट पनि सामान खरिद गर्न पाउने व्यवस्था गरिएको छ । एक्पोमा टिकट पनि इसेवाबाटै काट्न पाइने व्यवस्था गरिएको इसेवाले जनाएको छ । एक्स्पोमा राखिएको इसेवाको स्टलमा खेलका माध्ययमबाट पनि इसेवाको प्रयोग गरी कसरी समान खरिद गर्ने, बिजुली, पानीको बिल तिर्नेलगायतका विषयमा जानकारी दिने व्यवस्था गरिएको इसेवाकी सन्ध्या मण्डलले जानकारी दिइन् । मण्डलका अनुसा
मोरङ / बैंकले लिएको चर्को ब्याजदरका विरुद्ध आन्दोलित हुँदै आएका उद्योगी तथा व्यापारीहरुले विहीबार (आज) बाट पुनः आन्दोलन गर्ने भएका छन् । मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गरेर स्थागित गरिएको आन्दोलन बिहीबारबाट ज ारी राख्ने परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले बताए । बुधबार बिराटनगरमा पत्रकार सम्मेलने गर्दै उद्योगी व्यवसायीहरुले ब्याजदर नघटाएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् । अध्यक्ष घिमिरेले भने–‘ ‘चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीति’ विरुद्ध आन्दोलन घोषणाग गरेका हौं सरकारले हाम्रो मागलाई वेवास्ता गरेकोले बिहीबारदेखि ब्याजदर नघटुन्जेल बन्द हड्तालमै उत्रिन्दछौंै ।