धरान / पुष्प प्रवद्र्धनका लागि प्रदेश सरकारले कृषि सम्बन्धी नीति बनाए पनि धेरै लाई थाहा नभएको प्रदेश नं. १ का उद्योग, कृषि तथा सहकारी विकास मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले बताएका छन् ।उनले प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान ऐन २०७७ नियमावली ०७८ बनेको प्रष्ट पार्दै यो ऐनले कुनै कृषक, सहकारी, उद्यमीले एक वर्ष केही सेवा सुविधा पाएमा मन्त्रालयबाट, कृृषि ज्ञान केन्द्रबाट, भेटनरी कार्यालयबाट तीन वर्षसम्म केही सुविधा नपाउने यो प्रावधान नयाँ उद्यमी बढाउने उद्देश्यले ऐन बनेको बताए । उनले यो नियमावली प्रदेश सांसदले बैठकबाट सर्वसम्मत सहमति गरेर बनाएको ऐन भएको बताए । भेलेन्टाइन डे नजिकिँदै जाँ
मोरङ / कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई (आठपहरिया) ले अहिलेले युरोपसहित छिमेकी मुलक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरु निर्यात गरिरहेकी हुन्थिन् । धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्षअघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरुको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् । उनले रेडिमेट
आफ्ना उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै झापाका किसानले मङ्गलबार बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध जनाएका छन् । सरकारको ध्यानाकर्षण गराउन उनीहरूले कुखुरा र अण्डा सडकमा फालेका हुन् । केही दिनअघि चितवनका किसानहरूले पनि यसै गरी तरकारी सडकमा फालेका थिए । किसानहरूले आफ्ना उत्पादन सडकमा फाल्नुपर्ने अवस्था सिर्जना हुनु विडम्बनाको विषय हो । किसानले मेहनत गरेर उत्पादन गरे पनि उनीहरूले यसको उचित मूल्य पाउन सकेका छैनन् तर आश्चर्यको विषय त के छ भने उपभोक्ता भने महङ्गीको मारमा परेका छन् । किसानले प्रतिगोटा ८ रुपैयाँमा बिक्री गरेको अण्डा उपभोक्ताले भने प्रतिगोटा १५ रुपैयाँमा किन्नु
धरान / पाँचौ प्रदेश स्तरीय पुष्प मेला आजबाट सुरु भएकाे छ प्रदेश १ स्तरीय पाँचौं पुष्प व्यापार प्रदर्शनी मेलाको उद्घाटन प्रदेश १ का कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले गरेका हुन ।साथै सिटौलाले प्रदर्शनीमा राखिएका पुष्प को अवलोकन गरेका छन । महोत्सव पव्लिक हाईस्कुल धरान–१२ को खेल मैदानमा माघ २९ गतेसम्म आयोजना हुनेछ । मेलामा ५ सय प्रजातिका फूल प्रदर्शनीमा राखिने तथा बिक्री गरिने भएको छ । स्थानीय व्यवसायीका उत्पादनलाई प्राथमिकता दिने बताएको छ ।
संखुवासभा / अलैची निर्यातमा तीनै सकारको सहयोग रहनु पर्ने अलैची व्यवसायीहरुले सरकारसँग माग गरेका छन् । अलैची व्यवसायीहरुको छाता संगठन अलैची व्यवसायी महासंघले सरकारसँग यस्तो माग गरेको हो । म्हासंघका अध्यक्ष निर्मल भट्टराईले अलैची निर्यातमा तीनै सरकारको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले भने–‘अलैची निर्यातमा सरकारको आवश्यकताको खाँचो छ, अलैँचीलाई आफ्नै ब्राण्ड र प्याकेजिङमा अन्तरराष्ट्रिय बजारमा लैजान तीनै तहका सरकारको सहयोग आवश्यक छ ।’ प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा तथा नेपाल अलैँची व्यवसायी महासंघको केन्द्रीय कार्यालय बिर्तामोडको आयोजनामा अलैँचीको समस्याबारे कृषक र स
साना किसानहरूका अनेक समस्या छन् । बर्डफ्लूपीडित किसानमात्र होइन, हरेक किसानका आ–आफ्नै कष्ट र समस्या छन् । २०७८ माघयता फैलिएको बर्डफ्लुका कारण थुप्रै किसान मारमा परेका छन् । सरकारी आँकडाअनुसार यस अवधिमा २९९ जना किसानका फार्मको पन्छी नष्ट गरिएको छ । बर्डफ्लू नियन्त्रणका लागि कालिज, ब्रोइलर कुखुरा आदि नष्ट गरिएका थिए । यसरी नोक्सानी व्यहोर्ने किसानहरूलाई राहत प्रदान गर्न सरकारले मापदण्ड नै बनाएको छ । सो मापदण्डअनुसार किसानहरूले अझैसम्म पनि राहत पाइसकेका छैनन् । यसका लागि सरकारले ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहत दिने मापदण्ड, २०७८’ बनाएको छ । यसअनुसार बर्ड
झापा / फागुन ५ देखि १५ गतेसम्म बिर्तामोडमा आयोजना गर्न लागिएको बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक ब्यापार महोत्सवको तयारी तीब्र पारिएको छ । बिर्तामोड नगरपालिका – २ स्थित रामचौक हुन लागेको महोत्सवका लागि जिल्लामा रहेका महिला उद्यमीहरुसंग संघमा छलफल गरिएको छ । छलफलका क्रममा महिला उद्यमीहरुले महोत्सवलाई सफल बनाउन आ–आफ्ना ठाउँबाट सक्दो सहयोग पुर्याउने प्रतिवद्धता जाहेर गरेका छन् । बिर्तामोडकै गौरबका रुपमा महोत्सव आयोजना गरिएको र त्यसलाई सफल बनाउन आफूहरुको दायित्व रहेको नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल बिमलीले बताइन् । त्यस्तै एवीसी नेपालकी अध्यक्ष कञ्चना स
मोरङ / चर्चित मास्टर सेफ सन्तोष साहले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोको स्थलगत अवलोकन गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा जारी एक्स्पोमा मास्टर सेफ साहले विभिन्न स्टलहरुका उत्पादन र एक्स्पोका विभिन्न आकर्षणको पनि अवलोकन गरेका हुन् । साह आरएमसी फुड कम्पनी वीरगंजबाट उत्पादित न्यूट्रि प्लस कम्पनिका ब्राण्ड एम्बेसडर हुन् । विराटनगरमा यसअघि भएका साना ठुला कृषि तथा औधागिक प्रदर्शनीहरुमा नदेखिएको न्यूट्रि प्लस फुड कम्पनिले सीएनआई कोसी एक्स्पोमा भने पहिलो पटक सहभागीता जनाएको छ । मास्टर सेफ साहले कम्पनीको स्टलमा बसेर खाने तेल, सन्फ्लावर तेल र पामोलिन तेल लगायतका उत्पादनको प्रवद्र्
विराटनगर / नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष बैंकहरुले डकैती गरेको आरोप लगाएका छन् । विहीबारदेखि शुरु भएको सिआइएन कोशी एक्सोको उद्घाटन समारोहमा बोल्दै बैंकहरुले व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको प्रसंग कोट्याउदै आत्महत्या गर्ने व्यवसायीलाइ राज्यले सहिद गर्नुपर्ने बताए । उनले भने ‘बैंकहरु कसैको निगरानीमा छैनन्, डामेर छोडेका साँढेजस्ता भएका छन्, उनीहरुले खुलेआम ८० प्रतिशत नाफा खाँदा पनि कारबाही कारबाही हुन सकको छैन ।’ उनले यस्ता बैंकहरुलाई कारबाहीको माग राख्दै उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्ने तर ‘बैंकलाई
विराटनगर स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले मोरङको विराटनगरमा विहीबारदेखि सिएनआई कोशी एक्सो शुरु भएको छ । एक्सोको एक कार्यक्रमका बीच एमालेकाका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक्सपोमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, आधुनिक औजार उपकरण, अटो सेवा लगायतका चारसय बढी स्टल रहेका छन् । देशका अर्थतन्त्रलाई टेवा पुर्याउने र नीजि क्षेत्रका उद्योग व्यवसायीलाई एक्सोपो मल्हल लगाउने आयोजकले अपेक्षा गरेको छ । प्रदेश राजधानीमा आयोजना गरिएको मेलाले स्वदेशी उद्योगलाई राहत मिल्ने उद्योगी व्यवसायीको भनाई छ । तीन करोडको लगानीमा आयोजना गरिएको आयोजनामा पर्यटक प्र