अर्थ

    Showing 701-710 of 821 items.
  • पेट्रोलको मुल्यमा वृद्धि ( विज्ञप्ति सहित)

    काठमाडौं । पेट्रोलको मुल्यमा फेरी वृद्धि भएको छ । नेपाल आयल निगममले मंगलबार राति १२ बजे देखि लागु हुने गरि लिटरमा २ रुपौंया बढाएको छ । नयाँ मुल्य अनुसार पोट्रोलको मुल्य अब १०७ रुपौंया हुने भएको छ । निगमले डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ । भारतबाट १ सेप्टेम्बर (आज) मा आएको मूल्य सूचीअनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वैदेशिक रोजगारीमा जाने व्याक्तिका नामको रकम ठेगाना नमिले पछि तीन वर्षदेखि सरकारी खातामै

    इलाम / देशमा रोजगारी नपाएपछि काम खोज्न विदेशीनु नौलो कुरा रहेन । सन २०१८ मा प्रकाश सपुतको ‘बोल माया’ बोलकोे गीतमा जस्तै बाकसमा भरिएर आउनेको थुप्रै छन् । विदेशमा जीवनभर कमाई गरेका त्यस्ता व्यक्तिको परिश्रमको फल, विदेशीदा गरेको विमाको रकम या छुट भएको रकम स्वयम या उनीहरुका आफन्तले भेट्दैनन् । परराष्ट्र मन्त्रालयको पहलमा रकम त आउँछ तर ठेगानानै पत्ता लाग्दैन । इलामको जिल्ला प्रशासन कार्यालयमा याग्रे–७ इलाम पदम बहादुर राई वा हकदारलाई भुक्तानी दिनको लागि ४४ लाख ९९ हजार आठ सय ६६ रुपैयाँ आएको छ । तर रकम भुक्तानी दिन भनिएको ठेगानासंग मिल्ने कुनै ठाउँ नै छैन । तीन वर्ष अघि आएको रकम सर

    • प्रकाशित मितिः भदौ १३, २०७७
    • 2,020 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • निजी लगानीमा बंगुर बधशाला निर्माण, असोज १ गते देखि संचालन गर्ने तयारी

    धरान । स्थानीय सरकारले बधशाला निर्माण गर्ने भनिए पनि कुनै चासो नदेखाए पनि धरानका युवा व्यवसायीहरुले आधुनिक बधशाला निर्माण गरेका छन् । बंगुरको मासुको व्यवसाय गर्दै आएका ४ जना धराने युवाहरुले धरान बंगुर बधशाला निर्माण गरेका छन् । स्वस्थ्य मासु बिक्रि वितरणका लागि धरान ६ स्थित पानवारीमा बधशाला निर्माण गरेका हुन् । करिब डेढ विघा क्षेत्रफलमा बधशाला सहित बंगुर पालन, च्याउँ खेती लगायत अन्य खेति गर्ने समेत तयारीमा रहेका छन् । प्रधानमन्त्री कृषि परियोजना अन्र्ततग रहेको बंगुर जोनका सह संयोजक समेत रहेका मदन तामाङको संयोजकत्वमा धरान बंगुर बधशाला निर्माण भएको छ । तामाङ सहित इन्द्र फोम्बो, सुमन चेम्जोङ र

    • प्रकाशित मितिः भदौ १०, २०७७
    • 1,025 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनको भाउ भाउमा पुन:गिरावट्

    काठमाडौं । नेपाली बजारमा उकालो लाग्दै गएको सुनको मुल्यमा फेरी गिरावट आएको छ । आइतबार तोलामा ९८ हजार ४ सयमा बिक्री भएको सुनको मुल्यमा ५ सय घटेर ९७ हजार ९ सय कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो । यसैगरी चाँदीको भाउ फेरि पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ४५ रुपैयाँमा झरेको चाँदी आज फेरि १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,735 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

    धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 908 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • ग्रीनल्याण्ड कलेजद्वारा मोरङ प्रहरीलाई फेससिल्ड प्रदान

    विराटनगर । विराटनगर स्थित ग्रीनल्याण्ड कलेजले कोरोना भाईरसविरुद्धको अभियानमा कार्यरत नेपाल प्रहरीलाई फेसशील्ड सयहयोग गरेको छ । कलेजले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड–१९ (कोरोना भाइरस) को महामारीको समयमा उच्च जोखिमकासाथ अग्रमोर्चामा कार्यरत जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीलाई फेसशील्ड सहयोग गरेको हो । कलेजले औपचारिक रुपमा आईबार ३ सय थान फेसशील्ड मोरङ प्रहरीअन्तर्गत वडा प्रहरी कार्यालय विराटनगर (क) का प्रहरी प्रमुख डिसपी बेदप्रसाद गौतमलाई हस्तान्तरण गरेको हो । कलेजका प्रिन्सिपल दिपक पोखरेलले फिल्डमा खटिने प्रहरीमा समेत कोरोना संक्रमण देखिन थालेकोले बचाउमा सहयोग पुगोस भन्ने उद्दे

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 868 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोटाङको दिक्तेल रुपाकोटमा कोरोना रोकथाम राहतकोषमा १ करोड भन्दा बढी रकम जम्मा

    खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न स्थापना गरेको राहत कोषमा १ करोड ६ लाख ८ हजार रुपैया जम्मा गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा जनप्रतिनिधिको सेवासुविधा, कर्मचारी÷शिक्षकको तलब कट्टी, विभिन्न योजनाबाट रकमान्तर, संघीय सरकार, प्रदेश सरकार, व्यक्ति तथा संघसंस्थाबाट नगरपालिकाको कोरोना कोषमा सो रकम जम्मा भएको हो । कोरोना रोकथाम, नियन्त्रण र उपचार तथा राहत कोषमा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको एक महीनाको सेवा सुविधावापत ९ लाख ५४ हजार, नेपाल सरकारले तोकेको मापदण्ड अनुसार कर्मचारी (स्वास्थ्यकर्मी बाह

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 861 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहिदभूमि गाँउपालिका बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण

    धनकुटा, ६ भदौ / धनकुटाको सहिदभूमि गाँउपालिकाले खाँली रहेको बाँझो जमिनको सदुपयोग गर्दै वृक्षरोपण गर्न शुरु गरेको छ । स्थानीय कृषकहरुको दिगो आयआर्जनमा वृद्धि गर्दै लैजाने उद्देश्यले गाउँपालिकाका खाँली रहेका बाँझो जमिनमा फलफूलको विरुवा वृक्षारोपण गरिएको हो । संयुक्त राष्ट्र संघ (यूएनडिपी), सहिदभूमि गाउँपालिका र पर्डेप नेपाल धनकुटाको संयुक्त पहलमा एभोकाडो र आँपको एक हजार विरुवा गाउँपालिकाका ३ सय ५० रोपनीमा वृक्षरोपण गरिएको हो । गाउँपालिकाको वडा नं. ६ थलथलेमा रहेको एक सय ५० रोपनी खाँली सार्वजनिक जमिनमा ५ सय बोट एभोकाडोको विरुवा रोपिएको छ । त्यसैगरी वडा नं. १ को गोपालपुर बिडीटोलको दुई सय रोपनी सार

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • 771 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • किसानलाई घाँस काट्ने मेसिन

    इलाम  / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए । नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योज

    • प्रकाशित मितिः भदौ ३, २०७७
    • 2,518 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • चौधरी फाउण्डेसनद्धारा प्रदेश सरकारलाई भेन्टिलेटर हस्तान्तरण

    विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार

    • प्रकाशित मितिः भदौ २, २०७७
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved