अर्थ

    Showing 561-570 of 1,064 items.
  • काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

    बेलबारी/  पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु. २८ अर्ब १७ करोड छ । काँकरभिट्टाबाट लौकहीसम्मको १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जा

    • प्रकाशित मितिः पुस ९, २०८०
    • 879 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ आज देखि

    विराटनगर/ विराटनगर–२ शंकरपुरमा लाग्ने एक्स्पोको  आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनी हुने आयोजकले बताएको छ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । एक्सपोमा जर्मन प्रविधिमा निर्मित हेंगरमा २४० वटा स्टल रहने ब्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए ।आर्थिक शिथिलतालाई चलायमान बनाउने भन्दै संघले आयोजना गरेको एक्स्पो ११ दिनसम्म सञ्चालन हुनेछ । मेला आयोजना गर्न करिब ४ करोड खर्च हुने र १० दिनमा १५ करोडभन्दा बढीको कारोबार हुने अनुम

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 862 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न

    दुहबी/ सुनसरीको दुहबीमा ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ । न्यूज ट्रयाक साप्ताहिकको आयोजना तथा दुहबी नगरपालिका वडा नम्बर ५ को सहयोगमा सरस्वति माध्यमिक विद्यालयको हलमा महिलाहरुलाई ३ दिने व्यक्तित्व विकास तथा उद्घोषण तालिम दिइएको हो । तालिमको समापनमा ५ नम्बर वडाका वडाअध्यक्ष रमेश कुमार रौनियारले राम्रो काम गर्दा अनावश्यक अवरोध सृजना गर्न खोजे पनि आफू वडाबासीको हीतमा सधैं समर्पित हुने बताए । उनले व्यक्तित्व विकास तथा उद्घोषण तालिम क्रियाशील मानिसको जीवनमा अत्यन्त्यै महत्वपूर्ण तालिम भएको बताउंदै तालिम प्राप्त गरेर सबैले आफ्नो जीवनमा उपयोग गर्नेमा बिश्वास व्यक्त गरे

    • प्रकाशित मितिः पुस ६, २०८०
    • 840 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लोपोन्मुख वन्यजन्तु र चरा अध्ययनको गन्तव्य कैयाकट्टा

    इलाम/ घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन् । ५ घरमा परिवार संख्या ३ मात्रै छ । घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन् । नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ । घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ । पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला ? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको ? तर यहाँ पुगेर चियाको चुस्की लिँदै स्थानीयको भनाइ सुनेपछि थाहा हुन्छ कैयाकट्टाको महत्व । कैयाकट्टामा विश्वभरका वन्य

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग वाणिज्य महासंघ कोशीका विभागिय समितीमा सदस्यहरु मनोनित

    विराटनगर/  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिहरुले आफ्नो समितिका सदस्यहरु मनोनयन गरेको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले समितिका सदस्यहरुलाई पत्र हस्तान्तरण गरेका छन् । अध्यक्षले आ–आफ्नो समिति मार्फत महासंघको गतिविधिहरुलाई सकृय बनाउने आर्थिक विकासमा टेवा पुर्‍याउने खालका कार्यक्रमहरु हुने अपेक्षा राखेको बताए । समितीमा शिक्षा तथा सुचना समितिको सभापति रबिन कुमार दाहाल रहेका छन् भने उपसभापतिमा बिबेक मिश्रा, सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल, प्रकाश उप्रेती रहेका छन् । त्यसै गरि कर तथा राजश्व समितिको सभापतिमा देवकीन

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट एक्स्पोको अन्तिम तयारीमा आयोजक

    विराटनगर/  विराटनगर स्थित विराट नर्सिङ होमपूर्व शंकरपुर मार्गमा हुन गईरहेको मोरङ व्यपार संघ एक्स्पो २०८० को सम्पुर्ण स्टलहरु बिक्री भएको आयोजकले जनाएको छ । एक्स्पोको लागि यसअघि तय भएको २ सय ५० वटै स्टलहरु बिक्री भएपछि २५ स्टल थप भएको आयोजक मोरङ व्यपार संघका अध्यक्ष नविन रिजालले बताए । एक्स्पोका लागि बनाईएका स्टलहरु नेपाल, भारत, पाकितान र बंगलादेशका उद्योगी तथा व्यपारीहरुले खरिद गरेका छन् । प्रत्येक वर्ष विराटनगरमा लाग्ने मोरङ व्यपार संघ एक्स्पो यस पटक पुस ६ गते देखि सुरु भएर १६ गते समापन हुनेछ । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । मोरङ व्यपार संघ एक्स्पोलाई अझै

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 874 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निजी क्षेत्र सरकारको अभिन्न अङ्ग : मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले निजी क्षेत्रलाई सरकार बाहिरको दोस्रो पक्षको रुपमा हरिने अवस्था अन्त्य नभएसम्म देशले आर्थिक समृद्धि हाँसील गर्न नसक्ने बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको कोशी प्रदेशको आर्थिक पाश्र्वचित्र सार्वजनिकीकरण कार्यक्रमा उनले निजी क्षेत्रले उद्योग व्यवसाय गरेर रोजगारी सृजना गर्ने, आन्तरिक उत्पादन खपत गरी कृषि लगायतका प्राथमिक क्षेत्रको मुल्य अभिबृद्धिमा योगदान गर्ने तथा राजस्व तिरेर विकासका कामका लागि सरकारलाई स्रोत जुटाउने कार्य गर्ने हुनाले विकास र समृद्धिमा निजी क्षेत्रको योगदानको

    • प्रकाशित मितिः पुस ४, २०८०
    • 854 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्योग व्यवसायमा ५ लाख बढी जनसंख्याको लगानी

    विराटनगर/ कोशी प्रदेशमा १ लाख ६८ हजार ५ सय १८ उद्योग व्यवसायमा ५ लाख ४४ हजार ७९ व्यक्ति लगानीकर्ताको रुपमा आवद्ध भई सेवा तथा उत्पादनमूलक कार्यमा संलग्न रहेको विवरण सार्वजनिक भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले सोमबार आर्थिक/व्यवसायिक पश्र्वचित्र २०८० सार्वजनिक गरी उद्योग व्यवसाय र उद्यममा आवद्धताको अवस्था बाहिर ल्याएको हो । मुख्यमन्त्री केदार कार्कीले एक समारोहकाबीच सोमबार विराटनगरमा पाश्र्वचित्र २०८० को विमोचन गरेका थिए । जनगणना २०७८ अनुसार ४९ लाख ६१ हजार ४ सय १२ जनसंख्या रहेको कोशी प्रदेशमा १ लाख ६८ हजार भन्दा बढी व्यवसायमा झण्डै साढें ५ लाख व्यक्तिहरु व्यवसायमा आवद्ध

    • प्रकाशित मितिः पुस ३, २०८०
    • 778 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामको सलकपुरमा ६ करोडको सुन्तला बिक्री

    इलाम/  इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन्। यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्। यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमा पुग्ने गरेका छन्। स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताए। करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो।  ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन’, उनले भने, ‘स्थानीय वडाले सुन्तला

    • प्रकाशित मितिः पुस २, २०८०
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक बहस : नकारात्मक भाष्य निर्माण गरेकोमा व्यवसायीको चिन्ता

    सुनसरी/ मूलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हावी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसलाई सकारात्मकता तर्फ मोड्ने प्रयत्नको थालनी गरेको छ । संगठनले वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ? बिषयक अर्थ सम्बादको आयोजना गरि प्रयासको थालनी गरेको हो । सम्बाद कार्यक्रममा संघिय प्रतिनिधी सभाका सांसदहरु दामोदर भण्डारी, माधव सापकोटा, सुमना श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला वक्ताका रुपमा सहभागि थिए । कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले

    • प्रकाशित मितिः पुस २, २०८०
    • 873 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved