वराहक्षेत्र/ चाडपर्व नजिकिँदै गएको छ । बजार दैनिक उपभोग्य वस्तुको बजारभाउ मनपरी छ । धरानमा भने बजार अनुगमन प्रभाबकारी वन्न सकिरहेको छैन । स्थानीय सरकारले बजार अनुगमन प्रभावकारी बनाएर यसरी भित्रिदै गएको चाडपर्व लक्षित बजार अनुगमन प्रभावबारी बनाउनु आवस्यक हुन्छ । वराहक्षेत्र नगरपालिकाले उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउँदै गएको छ। बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयमा अनुगमन टोली सक्रिय बनेको हो । दशैं तिहार नजिकिँदै गर्दा अत्यावश्यक खाद्यवस्तुको मूल्
धराने मोमो को इतिहाँस खोज्दै जाँदा बि.सं २०१६/ १७ साल तिर छाता चोक मा खुलेको परदेशी होटेलले धराने लाई मोमो को स्वाद पहिलो पटक चखाएको पाइन्छ। मोमो दार्जीलिङ तिरका नेपालीदाजुभाईले धरान भित्र्याउनु भएको मानिन्छ। त्यो समय अहिले जस्तो सानो साइज को नभइ ठुलो साइजको तिब्बती मोमो र एक प्लेटमा ४ पिस दिइन्थ्यो। मोमो सगै टमाटर खोर्सानी को अचार र सुप पनि दिइन्थ्यो। त्यसपछि भानु चोक मा भु पु सैनिक होटेल ले पनि धराने लाइ मोमो खान सिकायो र त्यसपछी धरान मा मोमो थुप्रै रेस्टुरेन्टहरु ले पस्कन थाल्यो। छाता चोक , चतरा लाइन , देशी लाइन , अहिले घन्टाघर भएको एरिया , पहिले छाप्रे घर हरु नगरपालिकाले बनाएको थियो र
काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक
धरान ।बरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठले पुरस्कार बापत रकम मृगौला पीडित इटहरीका बरिष्ठ पत्रकार पिबी दियालीलाई प्रदान गर्ने भएका छन् । ‘देवेन्द गौतम पत्रकारिता पुरस्कार’बाट सम्मानित भएका श्रेष्ठले पुरस्कार बापत प्राप्त रकम दियालीको उपचारका लागि समर्पित गर्ने भएका हु्न् । वरिष्ठ पत्रकार स्वर्गीय देवेन्द्र गौतमको स्मृतिमा करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको सो पत्रकारिता पुरस्कार यस वर्ष शम्भु श्रेष्ठलाई प्रदान गरिएको हो । बुधवार भक्तपुरको भादगाउँ होटलमा आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशिबाट सम्मानित भएका श्रेष्ठले सो रकम इटहरी
भोजपुर/ भोजपुर जिल्लामा अकबरे खोर्सानीको खेतिमा कृषकहरु आकर्षित बन्दै गएका छन् । अकबरे खोर्सानीबाट मनग्ने आम्दानी लन थाले पनि अन्य बाली लगाउनै छाडेर कृषकहरुले अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका हुन् । खोर्सानीको माग बढ्दै जाँदा कृषकहरुले माग धान्नै गाह«ो परेको छ । जसले गर्दा उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानीको माग बढेको हो । उनीहरुले उत्पादन गरेको अकबरे खोर्सानी छिमेकी जिल्ला, तराईका जिल्ला र भारतसम्म पुग्ने गरेको छ । अकबरेको व्यावसायिक खेती गर्दै आएका भोजपुर नगरपालिका–५ का कृषक फवीन्द्र प्रधानले मेहनत गर्न सकेमा खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने बताए।‘ अह
धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
काठमाडौं । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ । कन्याको संक्रान्तिका दिन मनाइने यस पर्वमा शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा पूजाअर्चना गरिनुका साथै भजनकृतन तथा नाचगानसमेत गरिन्छ ।भगवान विश्वकर्माको जन्म भएको दिनका रुपमा नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा समेत मानिन्छ ।यो नेपालसहित पूर्वोत्तर भारत र बङ्गाल राज्यमा समेत विशेष पर्वका रूपमा मनाउने प्रचलन छ। मजदुर, कलाकार, औद्योगिक घराना, व्यापारी सबैले उत्तिकै महत्व दिने यस पर्वमा अधिकांश कलकारखाना बन्द गरी हर्षोल्लासका साथमा विश्वकर्माको पूजा गरिन्छ ।महादेवबाट पाएको सृष्टिको सृज
धरान ।यामाहा स्कुटर खरीद गर्दा एक लाख रुपैयाँ नगद धरानका ग्राहकले प्राप्त गरेका छन् । धरान ८ स्थित यामाहाको सो रुम विजयपुर ट्रेृडर्सबाट धरान १५ का तेज बहादुर लिम्वूले भदौ ३१ गते खरीद गरेको स्कुटरमा उक्त एक लाख रुपैयाँ दशैं तिहारको स्कीम मार्फत प्राप्त गरेका हुन् । लिम्बुले यामाहाको रेजेड आर १२५ हाइब्रिड स्कुटर खरीद गरेका थिए । ट्रेृडर्सका प्रवन्धक प्रभाब खतिवडाका अनुसार ग्राहक बर्गको लागि चाड पर्व लक्षित स्कीम कम्पनीले ल्याएको छ । उक्त स्कीम दशैं तिहार र छठ पर्व सम्म मोटरसाईकल वा स्कुटर खरीद गर्दा ग्राहक बर्गले प्राप्त गर्ने खतिवडाको भनाई छ । यामाहाले स्कीम अन्र्तगत ६ हजारदेखि १० लाख रुप
धरान/ मन्त्री भएपछि गृहजिल्लासँगै कोशी प्रदेशका विभिन्न जिल्लामा भेटघाट कार्यक्रममा आउनु भएका ऊर्जा तथा सिँचाईमन्त्री दिपक खड्कासमक्ष नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यालय सुनसरी क्षेत्र नं. १ ले आयोजना गरेको एक कार्यक्रममा ऊर्जा क्षेत्रमा देखिएका समस्याका विषयमा उद्योगी, व्यवसायी तथा सर्वसाधारणले गुनासो पोखेका छन् । सुनसरी उद्योग वाणिज्य सघको सभाहलमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गुनासो पोखेका हुन् । नेपाल विद्युत प्राधिकरणले हाल भारततर्फ एक हजार मेघावाट विद्युत निर्यात गरिरहेको र आगामी १० बर्षमा १० हजार मेघावाट विद्युत विक्री गर्ने लक्ष्य राखेको अवस्थामा उद
धरान ।सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबमाइल्सले नयाँ स्कीम ल्याएको छ । दशैं, तिहार, नेपाल सम्बत ११४५ तथा छठ पर्वको अवसरमा ‘दशैँ आयो क्यास पायो’ स्कीम ल्याएको र्दुगा अटो प्यालेस धरान ८ प्रबन्धक दुर्गा भुजलले बताए । उनले भने,‘ग्राहक बर्गका लागि चाडपर्व स्कीम सुजुकीले ल्याएको छ,यो अवसर एक चोटी आउँछ,मौकाको फाइदा लिन हुन अनुरोध गर्दछु,मौका आउँछ पर्खदैन,दशै आयो क्यास पायो,चाँडो गनुैहोस्।’ प्रबन्धक भुजेलले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले न्यूनतम ७ हजारदेखि ५ लाख रुपैयाँसम्म नगद पाउने छन् । कुनै पनि ब्राण्डका मोटरसाइकल एक्