प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार बैठक साँझ ४ बजेलाई बोलाईएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई पनि बोलाइएको छ । बालुवाटार स्रोतका अनुसार देशको पछिल्लो परिस्थितिबारे दलहरु र पूर्व प्रधानमन्त्रीबाट राय सल्लाह लिनका लागि प्रधानमन्त्रीले बैठक बालाइएको हो ।
काठमाडौं-नेपालमा थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । कपिलवस्तु -५ का २२ वर्षीय पुरुष र बाँके नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुष पुरुषमा कोरोना संक्रमण देखिएको हो । साथै उनहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धनुषा नेपालमा जनकपुरधामका थप अर्का १जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालका अनुसार ४० वर्षीय पत्रकारमा संक्रमण पुष्टि भएको हो । पत्रकार सँगै जनकपुरमा अर्का एकजनालाई पनि संक्रमण पुष्टि भएको छ । दुवै संक्रमितहरुलाई अहिले प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। स्रोतका अनुसार संक्रमित पत्रकार मुटुको बिरामी भएको खुलेको छ । यसअघि मंगलबारमात्रै वीरगञ्जका दुई जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । वीरगञ्जका दुवै पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
कोरोना भाइरस कोभिड –१९ को संक्रमणको अवस्थामा सम्भावित रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरे नपाको वडा नं। ५ स्थित भोटेघुम्तीमा हिजो सोमबार रक्तदान कार्यक्रम भव्य सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेडक्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व मानव आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको
काठमाडौं । नेपालमा २ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । पर्सामा २ सञ्चारकर्मीलाई कोरोना संक्रमण देखिएको हो । पर्सामा ३९ कोरोना संक्रमित मध्ये २ जना पत्रकार रहेको स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । नेपालमा पत्रकारमा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो ।स्रोतका अनुसार संक्रमित मध्ये एकजना नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का अनलाइनखबरकर्मी रहेको जनाइएको छ । संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्ला भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्
धरान । भारतले नेपाली भुमि अतिक्रमण गरेको विरोधमा प्रदर्शनमा निस्कीएको विद्यार्थीको समुहलाई इलाका प्रहरी कार्यालय धरानले हस्तक्षेप गर्दै विद्यार्थी नेतालाई पक्राउ गरेको छ । धरानको महेन्द्र बहुमुखि क्याम्पसबाट निस्कीएको नेविसंघको जुलुसलाई प्रहरी धरानको भानुचौंकमा हस्तक्षेप गर्दै विद्यार्थी नेताहरुलाई पक्राउ गरेको हो । नाराजुलुस सहित भानुचौक आई पुगेका नेविसंघका महेन्द्र बहुमुखि क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची सेर्पा, नेविसंघका जिल्ला सचिव टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडु र उत्तम राईलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले नेपालका
विराटनगर । भारतको दिल्ली र बिहारबाट भोकै प्यासै नेपाल–भारत सीमाको जोगबनीसम्म आईपुगेका १५ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले सुटुक्क विराटनगरतर्फ छिराई दिएका छन् । विराटनगर–जोगबनी नाकाबाट मानिसहरुको आउजाउ बन्द भएपनि यसरी आएका मानिसलाई क्वारेन्टाइनमा राख्नुको साटो भारतीय क्षेत्रको सीमामा खटिएका सुरक्षाकर्मीले नेपालतर्फ छिराई दिएका हुन । यसरी विराटनगर आउनेमा झापा, मोरङ र सुनसरीका युवा छन् । सोमबार राति आफूहरुलाई भारतीय सुरक्षाकर्मीले सिमापार नेपालतर्फ पठाई दिएको उनीहरुले बताएका छन् । यसरी आउनेमा सुनसरीको गढी गाँउपालिकाका पाँच जना, इटहरी उपमहानगरका दुई जना, इनरुवा नपा र धरान उपमहान
धरान । नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ठाउँमा मंगलबार थप ५७ जनामा कोरोना पुष्टि भएको हो । पर्सामा ३९ जना, रुपन्देहीमा ९ जना, कपिलवस्तुमा ८ र बारामा १ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या १९१ पुगेको छ ।
नेपालमा लकडाउनलाई केही खुकुलो बनाए पछि भारतबाट नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड लाग्न थालेको छ । भारतीय सिमानाबाट नेपाल प्रवेश गर्न चाहने नेपालीहरुको भिड बढे सँगै सिमानामा नेपालीहरु अलपत्र परेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा सोमबारसम्म ३ हजार ६५ जना नेपाली सिमानाकामा भेला भएको पाइएको छ । सशस्त्र प्रहरी बलले गृह मन्त्रालयका बुझाएको विवरण अनुसार सोमबार चार बजेसम्म नेपाली सीमा नाकामा २ हजार ३ सय ८५ जना अलपत्र अवश्थामा रहेका छन् भने अन्यलाई भारतीय र नेपाली सिमा क्षेत्रको क्वारेन्टाइनमा राखिएको छ । भारत सरकारले लकडाउन खुकुलो गरेसँगै १९ वैशाखबाट विभिन्न राज्यमा अलपत्र मजदुर, विद्यार
धरान । आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रमबारे संसद र विभिन्न पक्षबीच छलफल चलिरहेको बेला नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघले २७ बुँदे सुझाव दिएको छ । बजेटको सिद्धान्त तथा प्राथकिमताबारे छलफल भइरहेको बेला महासंघले कोरोना भाइरस संक्रमण र लकडाउनको कारण पूर्वाधार विकास क्षेत्रमा परेका असरको चित्रणसहित सरकारलाई सुझाव दिएको हो । महासंघले पूर्वाधार, भौतिक तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङमार्फत सरकारलाई सुझावपत्र बुझाएको छ । महासंघका इन्चार्ज मुकुन्द न्यौपाने, सहइन्चार्ज श्रीराम ढकाल, अध्यक्ष लक्ष्मीदास मानन्धर, महासचिव भगीरथ सापकोटा र सचिवालय सदस्य लंकबहादुर केसी लगायतको प्रतिनिधि