लक डाउनकै बीच लायन्स क्लबको रक्तदान

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 कोरोना भाइरस कोभिड –१९ को संक्रमणको अवस्थामा सम्भावित रगत अभाव कम हुन नदिन मोरङ्गको पथरी शनिश्चरे नपाको वडा नं। ५ स्थित भोटेघुम्तीमा हिजो सोमबार रक्तदान कार्यक्रम भव्य सम्पन्न भएको छ । लायन्स र लियो क्लब अफ पथरी तथा लायन्स र लियो क्लब अफ पथरी योङ हार्टको संयुक्त आयोजना तथा रेडक्रस नेपाल विराटनगरको प्राविधिक सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कोरोना भाइरसको संक्रमण बढेसँगै विश्व मानव आक्रान्त बनिरहेको बेला रगत सङ्कलनमा समस्या भइरहेको र यो अवस्था अझै केही समय लम्बिएर जाने हो भने देशमा रगतको अभाव हुने अवस्था पनि सिर्जना हुन सक्ने भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजकको तर्फबाट रोशन बुढाथोकीले जानकारी दिनुभयो ।

 l2 copy

  स्थानीय राजनीतिककर्मी, सामाजिक अभियन्ता, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा १ सय ४५ पिन्ट रगत संकलन भएको छ । पथरी, भोटेघुम्ती र पथरी शनिश्चरे –९, शनिश्चरे बजारगरी २ ठाउँमा एकैपटक सम्पन्न कार्यक्रममा भोटेघुम्तीमा ८८ जनाले र शनिश्चरे बजारमा ५७ जनाले रक्तदान गरेको योङ हार्टका गणेश बछाना राईले बताउनुभएको हो ।

L3 copy

  नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा मोरङको प्राविधिक सहयोगमा भएको कार्यक्रममा पथरी बहुमुखी क्याम्पस, भोटेघुम्ती कृषि सहकारी संस्था, कुटो कोदालो कृषि सहकारी संस्था, सुनदह बचत तथा ऋण सहकारी संस्था, सुनौलो विहानी युवा क्लव र फुङ्नाम चेस क्लव सह–आयोजकको रुपमा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका सह–आयोजकसहित तमाम रक्तदातालगायत सम्पूर्णमा आयोजकको तर्फबाट लायन्स क्लब अफ पथरीका प्रेसिडेन्ट रोशन बुढाथोकीले धन्यवाद व्यक्त गरेका छन् ।

पुलिस र डिपोट स्कुल ...

धरान/ १२औँ मनमोहन स्मृति अन्तरविद्यालय फुटबल प्रति ...

यातायात मजदुर संगठन ...

पानबारी/ नेपाल यातायात मजदुर संगठनले मंगलबार ४७औँ ...

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved