समाज

    Showing 6,641-6,650 of 6,746 items.
  • प्रदेश १ मा जम्मा १३ हजार जनामा कोरोना परीक्षण

    विराटनगर । प्रदेश १ मा ३ हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । परीक्षण गरिएकामध्ये ३ हजार ८२ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । प्रदेश १ मा ५४ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । यता, प्रेदश सरकारले तयार गरेका क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ५२ पुगेको छ । होम क्वारेन्टाइनमा ८ हजार ५ सय ६० जना बसिरहेका छन् । आइसोलेसनमा बस्नेको संख्या १० छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १मा बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी

    विराटनगर । १ नम्बर प्रदेशको बर्खे अधिवेशनमा सहभागी हुने सबैको स्वाब परीक्षण गर्ने तयारी थालिएको छ । प्रदेशसभाको बैठकमा सहभागी हुने सबै सांसद, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षा प्रबन्धमा खटिने सुरक्षाकर्मी र पत्रकारको थ्रोट स्वाब संकलन गर्ने प्रदेशसभाले तयारी गरेको हो । जेठ १४ गतेदेखि प्रदेशसभाको बर्खे अधिवेशन शुरु हुँदैछ । कोरोना भाईरसको परीक्षण गरेर मात्र प्रदेशसभा बैठक संचालन गर्ने तयार भएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् । बैठक शु हुनु अगावै परीक्षण प्रतिवेदन प्राप्त हुने गरी प्रदेश सरकारमार्फत सबैको स्वाब परीक्षणको व्यवस्था गरिएको पराजुलीले बताए । जसअनुसार

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 661 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओपिडि खुले पछि चिकित्सक तथा स्थानीयवासी त्रसित

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,383 पटक पढिएको
    • "दिनेश गजमेर"
  • आजमात्रै नेपालमा २७ जनमा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ४०२ पुग्यो

    नेपालमा आजमात्रै थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २७ जनामा संक्रमण पुष्टि भएको बताए । उनका अनुसार संक्रमितहरु झापाका ९, मोरङ १, सुनसरी १, सर्लाही २, काठमाडौं ३, भक्तपुर १, मकवानपुर १, रामेछाप १, ललितपुर १, सिन्धुली १, लमजुङ १, कपिलवस्तुको ४ र नवलपरासी १ गरी जम्मा २७ जना संक्रमण पुष्टि भएको हो । ती मध्ये २४ जना पुरुष र ३ जना महिला हुन् ।  

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 807 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झापामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३९० पुग्यो

    धरान /झापाका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा झापा केचनाकबलका ९ जनामा कोरोनाको संक्रमण देखिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार विराटनगरमा गरिएको परीक्षणमा कचनकवलका थप ९ जनामा कोरोना देखिएको हो । उनीहरु सबै सोमबार संक्रमण पुष्टि भएका भारतबाट आएका युवाको सम्पर्कमा भएका व्यक्तिहरु हुन । सोमबार सोही ठाउँका एक जनामा कोरोना पुष्ट भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनामा कोरोना देखिएको हो । प्रदेश १ का सात जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,097 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ईटहरीमा कोरोना संक्रमति भेटिएपछि २ र ३ वडा सिल, ५ दिन बजार बन्द गर्ने निणर्य

    धरान / विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ । इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो । त्यस्तै उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ । विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्ण

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • 1,858 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी पनि अब कोरोना बाट अछुतो रहेन

    धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा मन्त्रिपरिषद् बाट पारित

    काठमाडौं । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले भारतले अतिक्रमण गरेको ठाउँसहितको नक्सा पारित गरेको हो । सरकारले सदनमा प्रस्तुत गरेको आर्थिक वर्षको २०७७/७८ को नीति तथा कार्यक्रममै समेत भारतले अतिक्रमण गरेको नेपाली भुभागसहितको नक्सा छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेको थियो । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुनुअघि बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा शीर्ष नेताहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्शा सार्वजनिक गर्ने विषय पनि राख्न सरकारलाई दबाब दिएका थिए ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,448 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मान्छे बोलाएर प्रेम विवाह गरेका श्रीमानको हत्या

    विराटनगर । श्रीमतीकै योजनाअनुरुप विराटनगरका औषधि व्यवसायी ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार भर्चुअल प्रेस मिट आयोजना गरी श्रीमती मीना श्रेष्ठ दुलालकै योजनाअनुसार दुलालको हत्या भएको खुल्न आएको हो । जिल्ला प्रहरी प्रमुख एसपी विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानले श्रीमती श्रेष्ठले अरु दुई जना युवकको साथ लिएर बेडरुममै श्रीमानको हत्या गरेको जानकारी दिएका छन् । अधिकारीले भने,‘‘श्रीमानसंगको बिग्रदो सम्बन्धका कारण उनलाई सबक सिकाउने भन्दै योजनागत रुपमा मीनाले हत्या गराएको देखिन्छ ।’’ प्र

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 2,121 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र

    काठमाडौं । नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र दर्ता भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पदाधिकारीले कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् । नेपालको उत्तरपश्चिम सीमा कालापानी क्षेत्र भारतले अतिक्रमण गरी सडक निमार्णविरुद्ध एनआरएनए अमेरिकाका उपाध्यक्ष सोनाम लामा, विष्णुमाया परियार, नविन शेरचन लगायतका पदाधिकारीले सोमबार संयुक्त राष्ट्रसंघ मुख्यालयमा ज्ञापनपत्र दर्ता गरेका हुन् । ज्ञापनपत्रमा भारतले नेपालको भूभाग कालापानी क्षेत्र अतिक्रमण गरेको, भारतले अन्तर्राष्ट्रिय कानुनव

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • 1,038 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved