सुनसरी/ जग्गा दलालहरूको चङ्गुलमा पर्दा मोरङको सुन्दरहरैँचाका एक दलित परिवार घरबारविहीन बनेको छ ।दलालहरूकै मिलोमतोमा दलित परिवारलाई घरबारविहीन बनाइएको हो । दलालहरूले फर्जी चेक दिएर एक कट्ठा घडेरी नामसारी गर्न लगाएपछि दलित परिवार घरबारविहीन बनेको हो । एक कट्ठा जग्गा महङ्गो मूल्यमा बिक्री गराइदिने भन्दै जाली चेकको झूटो विश्वासमा पारेर दलालहरूले जग्गा रजिस्ट्रेसन पास गर्न लगाएपछि ५५ वर्षीय लक्ष्मीप्रसाद दर्जीको परिवार घरबारविहीन बन्न पुगेको हो । सुन्दरहरँैचा–१० का छिमेकी बिचौलियाहरू ठगेन्द्र र तारा गुरागाईंसहित इटहरी बस्ने लक्ष्मी थापाको समूहले फर्जी चेक दिएर जग्गा हडपेका छन् । द
इटहरी/ स्थानीय निर्वाचन सुरू हुँदा जनप्रतिनिधिले लगाएको इटहरी बिकास संगै सुपर समृद्धिको नारा यति बेला फेल हुदै गएको छ । एका तिर ६ लेन सडकले समयमै पुर्णता नपाउनु अर्को तिर स्थानीयहरूको गुनासोलाइ जनप्रतिनिधिले बेवास्था गरिदिनुले इटहरीमा सुपर समृद्धिको नारा कागजमै सिमित बनिन पुगेको छ । निर्माणधिन ६ लेन राजमार्गले समयमै पुर्णता नपाउँदा अहिले इटहरीका सर्वसाधारण देखि ब्यवसायीहरू सम्म प्रत्यक्ष मारमा परेका छन । सडक निर्माणकै क्रममा ढल फुटेपछि पानी राजमार्ग हुदै ब्यवसायीको पसल सम्म पुग्ने गरेको छ । राजमार्गमा जमेको पानीको दुगन्धले सर्वसाधारणहरुले सास्ती भोग्नुपरेको छ । इटहरीको बिराटनगर रोड
धरान/ कोरोना संक्रमणका कारण घोषणा गरिएको लकडाउनले हरेक क्षेत्र प्रभावित बनायो । व्यापार व्यवसाय समेत ठप्प बने । व्यापार व्यवसाय ठप्प हुदा कृषहरुले उत्पादन गरेको कृषि सामाग्री समेत भारत निर्यात नहुँदा कृषि उत्पादनहरु त्यसै खेर गए । लकडाउनको प्रभावले सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्षयता तेज पत्ताको कारोबारनै ठप्प भएको छ । लकडाउन खुल्ला भए पनि अझै भारतीय व्यापारीहरु तेजपत्ता खरिदका लागि नआउँदा कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ । मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषि उपज बजार स्थलमा करिब एक वर्षयता थन्किएको छ । पूर्वी पहाडी जिल्लाको कृषकहरुको भरपर्दो
धरान/ मकै पोलेर जीविकोपार्जन गर्ने धरान–१३ की शिवकुमारी तामाङ सोमबार खुसीले गद्गद थिइन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्मानित हुन पाउँदा उनी खुसी देखिएकी हुन् । जीवनभर मकै पोलेर जीविकोपार्जन गर्नेलाई पनि सम्मान गर्छन् भन्ने उनको कल्पनाबाहिरको कुरा थियो । सम्मानपछि हर्षित हुँदै उनले भनिन्, ‘हामीजस्तालाई पनि सम्मान गर्छन् भन्ने कुरा सोचेको थिइनँ तर कामको मूल्याङ्कन गरेर सम्मान गरेकोमा म खुसी छु ।’ उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा कार्यक्रम भएको हो । सम्मान पाउँदा धरान–१७ की सीता मगर पनि अत्यन्तै खुसी मुद्रामा देखिन्थिन् । भौतिक निर्म
धरान/ महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्यवन अझैं फितलो रहेको गुनासो महिलाहरूले गरेका छन् । अखिल नेपाल महिला सङ्घको स्थापना दिवस तथा १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सङ्घको धरान नगर कमिटीले ‘समसामयिक राजनीतिक अवस्था र महिला अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा एमाले धरान उपमहानगर कमिटीकी उपाध्यक्ष सबिता राईले सशक्त आन्दोलनले महिलाहरूलाई कानुनी रूपमा बलियो बनाए पनि कानुन कार्यान्वयन आवश्यक रहेकोमा जोड दिइन् । उनले शासन, आसन र रासनमा महिलाको उपस्थिति अनिवार्य गर्नुपर्ने बताइन् । अध्यक्ष लहरू जिमीको अध्यक
धरान÷ समयले धेरै फड्को मा-यो, राजनीतिक परिवर्तन धेरै भए, देशमा संघीयता लागू भयो, स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाइयो तर नागरिकको जीवनमा भने कहिल्यै परिवर्तन आएन ।यस्तै नियति भोगेका छन् धरान ६ पानबारीका बासिन्दाले । साविक पानबारी गाउँ विकाश समिती २०७० सालमा धरान उपमहानगरपालिकामा गाभिएर ६ नंं वडा बन्यो । तर उपमहानरपालिकाको वडाको समस्या भने ज्यूँका त्यूँ रहेको छ । समय परिस्थितिले कोल्टे फेरे पनि त्यहाका सर्वसाधारणका बर्षौदेखिको खानेपानी समस्या कहिल्यै हटेन । पानबारी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले उचित व्यवस्थापन गर्न नसक्दा पानबारीबासीले बर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छ
विराटनगर । मोरङको सुन्दरहरैंचामा भ्यान र मोटरसाइकल एक आपसमा जुध्ना दुई जनाको मृत्यु भएको छ । शनिबार राति भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बेलबारी नगरपालिका–११ का २१ वर्षीय अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी काठमाडौंका २८ वर्षीय गणेश थापा र मोरङको बेलबारीका १८ वर्षीय उत्सव गिरी घाइते भएका छन् । सुन्दरहरैंचा नगरपालिकाको वडा नं ८ र ७ को सिमाना पर्ने मध्याली पुलनजिक राति १ बजेतिर दुर्घटना भएको थियो । काठमाडौंबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको बा४ख ६
धरान/ फूटबलप्रति स्थानीयको मोहका कारण केही वर्ष अघिसम्म धरानले ‘मिनी ब्राजिल’ को उपमा पाएको थियो । फूटबलप्रतिको लगाव र राज्यको लगानी कमजोर बन्दै गर्दा ‘मिनी ब्राजिल’ को उपमा जोगाउन धरानलाई सकस परिरहेको छ । पछिल्लो समय उपयुक्त खेलमैदानहरूको अभाव हुँदा खेलाडीहरूले अभ्यास गर्न पाएका छैनन् । धराने युवामा फूटबलप्रतिको मोह कम भएको छैन तर पर्याप्त र पूर्वाधारयुक्त खेलमैदानहरू नहुँदा स्तरीय खेलाडीहरू उत्पादन हुन सकेको छैन । केही वर्ष अघिसम्म नगरमा जताततै फूटबलका अभ्यासहरू हुने गर्दथे । अहिले ती खेलमैदानहरू मासिँदै गएका छन् । भएका केही खेलमैदानमा पनि पूर्वाधार छैनन् । धरानभित्
इलाम/ गत वर्ष अदुवाको मूल्य पाएसँगै फाकफोकथुम गाउँपालिका–३ का किसान गिरिजा खनालले सधैँको भन्दा धेरै खेती गरेका थिए । खनालले गत वर्ष पाँच मन (४० किलो) मात्र खेती गरेका थिए । तर त्यस वर्ष अदुवा प्रतिमन छ हजार रूपैयाँमा बिक्री भएपछि यस वर्ष उनले १५ मन अदुवा रोपे । गत वर्षजस्तै सोचेर खेती विस्तार गरेका खनाल यस वर्ष निराश बनेका छन । यस वर्ष अदुवाको भाउ ह्वात्तै घट्दा लागत मूल्यसमेत नउठेको उनी बताउँछन् । सोही स्थानकी चन्द्रकला गिरीलाई पनि गत वर्षको अदुवाको मूल्यले आकर्षित ग¥यो । उनले धानखेती हुने ठाउँमा अदुवा रोपिन् । मेहनतअनुसार अदुवा पनि राम्रै भयो तर मूल्य भने पाउन सकिनन् ।
वराहक्षेत्र/ पन्ध्र वर्षसम्म लागूऔषध दुव्र्यसनमा फँसेका एक युवक अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनको यो कार्य धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ । वराहक्षेत्र–६ मा पर्ने चक्रघट्टीका ३८ वर्षीय अमृत पुलामी मगर अहिले रक्षा फाउन्डेसनमार्पmत् लागूऔषधविरुद्धको अभियानमा छन् । उनले सुधार केन्द्र खोलेर लागूऔषध प्रयोगकर्तालाई सुबाटोमा ल्याउने काम गर्दैछन् । उनको सुधार केन्द्र रामधुनीस्थित झुम्कामा छ । लागूऔषध प्रयोगमा लागेका मानिसलाई पुरानै अवस्थामा फर्काएर सामाजिकरूपमा सगौरव जीवन निर्वाह गर्न सक्ने बनाउन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । १५ जना क्षमताको सुधार के