विराटनगर/ एक नम्बर प्रदेश सरकारले गौरबका योजना भनि नाम दिएर शुरु गरेका अधिकांश योजनाहरु लथालिङ बनेका छन् । प्रदेशको संचितकोष नै रित्तिन पुगेपछि प्रदेश सरकारले गौरबका भनि घोषणा गरेका योजनाहरुको काम धिमा गतिमा चल्न शुरु भएको हो । मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरी तोकिएको अवधिभन्दा अगावै सम्पन्न हुने दाबी गरेको प्रदेश राजधानी विराटनगरसंग जोड्ने घिनाघाट–विराटचौक सडक समयमा नसकिने देखिएको छ । ठेकेदारलाई रकम निकासा नहुँदा डेढ महिना काम रोकिएर बल्ल शुरु भएको छ । स्थानीयले सामाजिक संजालहरु मार्फत मुख्यमन्त्री राईलाई खुलापत्र लेखेर निर्माणमा भईरहेको ढिलासुस्तीबारे ध्यानाकर्षणनै गराउनु प
इटहरी/ प्रदेश एक प्रहरी कार्यालय बिराटनगर र मातहतका प्रहरी कार्यालयहरूले गएको ६ महिना देखि खोजि गरेको अभियुक्तलाइ एउटा सिसि टिभि फुटेजको सहायताले फेला पारेको छ । इटहरी लगायतका अन्य शहरहरूमा योजनावद्ध लुटपाट गर्ने ब्याक्तिलाइ बिहीबार दिउसो इटहरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । साझको बेला अध्यारोको मौका छोप्दै सुनसान गल्लीमा हिडेका महिलाहरूलाइ धाक धम्कि पूर्वक लुटपाट गर्ने झापा दमक नगरपालिका १२ घर भइ हाल मोरङ केराबारी गाउपालिका ९मा डेरा गरी बस्ने ३० वर्षिय बिजु मोतेलाइ प्रहरीले गत मंगलबार पक्राउ गरी बिहीबार दिउसो सार्वजनिक गरेको हो । गएको कार्तिक महिना देखि प्रदेश एक प्रहरी कार्य
इटहरी । सुनसरीको इटहरी १२ खनारस्थित तिरूपति प्लाइ उद्योगमा सोमबार विहान आगलागी भएको छ । आगलागिको कारण पत्ता नलागेपनि बिद्युत सर्ट भएर हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागिबाट उद्योगमा रहेको कच्चा पदार्थ लगायत जिन्सि सहित महत्वपुर्ण कागजपत्र जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आगो निभाउने प्रयास जारि रहेपनि नियन्त्रण बाहिर गएको कारण सर्वसाधरण देखि सुरक्षाकर्मिहरूको बाक्लो उपस्थिति देखिएको छ । इटहरी , इनरूवा , दुहबी , धरान लगायतको बारूण यन्त्र , स्थानीय , प्रहरी प्रशासनले आगो नियन्त्रण लिने प्रयास जारी राखेका छन ।
इटहरी/ इटहरी उपमहानगर २ शान्तिनगरका ४९ वर्षिय केशव कार्की र छिमेकी ५१ वर्षिय कान्छा भनिने जिवनाथ रेग्मी बिच ४ वर्ष यता बोलचालनै बन्द थियो । एउटै बाटो हिड्ने उनीहरू अचानक भेट भइहाल्दा पनि तर्केर हिडने गर्थे । बोलचाल बन्द हुनु अघि सम्म उनीहरु बिच घनिष्ठता थियो । चार वर्ष अघि नजिकैको जंगलबाट काठ ल्याउदै गर्दा गस्ती गर्ने सुरक्षाकर्मीले कान्छा भनिने रेग्मीलाइ पक्राउ गरे पछि सुराकीको आशंकामा दुई बिच बोलचाल नै बन्द भएको थियो । रेग्मीले ल्याएको सबै काठहरू प्रहरीद्वारा खोसियो । आफु पक्राउ पर्नुमा र काठहरू खोसिनुमा कार्कीको सुराकी हुन सक्ने भन्दै रेग्मीले शंका गरे । शंकाले बिवाद ल्याए पछि एक अर्क
बराहक्षेत्र/ किराँत राई समुदायले आफ्नो आस्थाको केन्द्रको रुपमा दाबि गरेको खुवालुङ्ग ढुङ्काको संरक्षण, प्रबद्र्धनमा प्रदेस नं १ का मुख्यमन्त्री सेरधन राईले प्रतिबद्धता जनाएका छन् । धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सिमानामा रहेको तीन ठूला नदीहरु अरुण, तमोर र दूधकोसीको संगमस्थल त्रिवेणी स्थित कोशि नदीमा रहेको ढुङगालाई किराँत समुदायले पवित्र तिर्थस्थल खुवालुङ भनेर दाबी गर्दै आइरहेका छन् । जल यातायात बिस्तार गर्ने योजना अन्तर्गत ढुङ्गा अर्थात खुवालङ्ग फुटाउने हल्लासंगै एकाएक चर्चाको आए पछि खुवालङ्गलाई संरक्षण र बिकाशमा प्रदेस सरकार लाग्ने मुख्य मन्त्री राईले बताए । मङलवार खुबालुङ्ग क्षेत्रमा
इलाम/ वैदेशीक रोजगारीको कारण परिवारमा हुने खटपट साथै महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरुको सम्बन्ध बिच्छेद गर्नेको संख्या इलाममा बढ्दै गएको छ । जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म सात सय छ थान मुद्धामा तीन सय १० थान सम्बन्ध बिच्छेदका मुद्धा रहेको पाइएकबो छ । त्यस मध्ये एक सय ९५ थान मुद्धा फछर्यौट भइसकेको र एक सय १५ वटा मुद्धा बिचाराधीन रहेका छन् । सम्बन्ध बिच्छेद गर्नेहरुले आफुले पाउने अंशमा समेत दावी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । उनले भने, ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिव आधाले अंशको मागदावी गर्दैनन, अंशको माग दा
विराटनगर/ नेपाल–भारतकोे जोगबनी नाका छिर्ने साविकको मुख्यद्वार बन्द छ । नेपालतर्फको एक नम्बर, दुई नम्बर र तीन नम्बर ढाटमा ताल्चा लगाइएको छ । अघिल्लो वर्ष चैतमा शुरु भएको लकडाउनदेखि नै ढाट बन्द गरिएको हो । ढाट पारि भारतका सुरक्षाकर्मी र नेपालपट्टीको पालमा सशस्त्र र जनपद प्रहरीका जवानले २४ घण्टा पहरा दिई रहेका छन । टेबुलमा रजिस्टर राखिएको छ । त्यसमा भारतबाट नेपालतर्फ प्रवेश गर्ने नागरिकको अभिलेख राखिन्छ ।एक नम्बर गेट नजिकै उत्तरपट्टी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उपलब्ध गराएको पाल मुन्तिर एक जना नेपाली स्वास्थ्यकर्मी बसेकी छन् । भारतबाट जोगबनीको मुख्य नाका भएर विरलै आउने नेपाली
इटहरी/ पढाइ नै नभएको समयको शुल्क मिनाहा गरिदिन कलेज प्रसाशनलाइ आग्रह गर्दै आन्दोलन गरिरहेका बिद्यार्थीहरूले थप सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । आन्दोलनलाइ साम्य पार्न गठित कार्यदलले इटहरी उपमहानगरलाइ बुझाएको प्रतिवेदन प्रति असहमति जनाउदै बिद्यार्थीहरूले थप सशक्त हुने चेतावनी दिएका हुन । कार्यदलले बुझाएको प्रतिवेदनमा २ महिनाको मात्रै शुल्क मिनाहा गरिदिने निर्णय भएपछि बिद्यार्थीहरूले बिरोध गर्दै आएका छन् । लकडाउन अवधिभरको कुनै शुल्क नतिर्ने अडानमा बसेका बिद्यार्थीहरूले आफुहरूको माग पुरा नभएसम्म आन्दोलनलाइ थप सशक्त बनाउने निर्णय समेत गरेका छन् । अनावश्यक रुपमा लिइएको शुल्क मिना
धरान/ अघिल्लो बर्ष विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले नेपालीहरुको मौलिक चाडपर्वलाई प्रभावित बनाएको थियो । कोरोनाका कारण नेपालीहरुले विगतका बर्षहरुमा हर्षोल्लासका मनाएका होली पर्व पनि गतबर्ष घर भित्रै त्रसित मानसिकतामा मनाएका थिए । यस बर्ष भने हर्षोल्लासका साथ मनाउने तयारी गरिरहेका धरानेहरु जिल्ला प्रशासन कार्यालय सुनसरीले होलीमा भिडभाड नगर्न सर्वसाधारणलाई अनुरोध गरेपछि निराश बनेका छन् । धरान १५ का विवेक लिम्बु गतबर्ष मनाउन नपाएको होली पर्व यस बर्ष खुलेर मनाउन उत्साहित थिए । तर यस बर्ष पनि कोरोना संक्रमण देखिन थालेपछि र सरकारले समेत भीडभाड हुने गतिविधि नगर्न आग्रह गरेपछि
धरान/ धरानमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।धरान ८ दुर्गापथमा साझ ५ बजे तिलबहादुर माझीले कुखुरी प्रहार गरी श्रीमति ३१ बर्षीय सम्झना बाझीको हत्या गरेका हुन् । घाटीमा खुकुरी प्रहार पछि सख्त घाइते भएकी श्रीमति सम्झनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिएका छन् । डिस्सपी बस्नेतले हत्याको कारण नखुले पनि विगत ५÷६ दिनदेखि श्रीमान माझी अस्वभाविक गतिविधि गर्दै आएको बुझिएको बताए । श्रीमतिको हत्या गर्ने तिलबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डिएसपी बस्नेतले बताए । हत्या गरेको खबर