समाज

    Showing 5,801-5,810 of 6,739 items.
  • निषेधाज्ञाको समयमा दुईसय लैङ्गिक हिंसा

    काठमाडौँः कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेको पाइएको हो । केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि

    • प्रकाशित मितिः जेठ २७, २०७८
    • 957 पटक पढिएको
    • "रासस"
  • धरान १५ को प्रहरी चौकी तोडफोडमा संलग्न ५ जना सार्वजनिक

    धरान । तेह्र दिन अघि धरान १५ स्थित नयाँ बसपार्कमा रहेको अस्थायी प्रहरी चौकी तोडफोड गरि धारिलो हतियार प्रयोग गरि आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । आक्रमणमा संलग्न १० जना रहे पनि आज ५ जनालाई सार्वजनिक गरेको हो । घटनाका मुख्य आरोपिहरु वर्ष ३० का बसन्त राई, वर्ष ३२ का रेगन लिम्बु, २४ वर्षिय विक्रम राई, २७ वर्षिय सिजन राई, वर्ष २६ का कालु भन्ने सरोज लिम्बु रहेका छन् । मुख्यआरोपित बसन्त र रेगनले धनकुटामा आत्मसमर्पण गरेका थिए । उनीले सोमबार राती धनकुटा जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । अन्य ३ जनालाई जेठ १८ गते नै पक्राउ गरेको थियो । तेह्र दिन देखि मोरङ, त

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चोरी गर्न एटिएम मेसिन तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

    सुनसरी । एटिएम मेशीन तोडफोड गरि रकम चोरी गर्ने क्रममा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार करिब २ बजे उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित नविल बैंकको एटिएम बुथमा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको थियो । भारतको मधुवनी जिल्ला ग्राम पंचायत लौकाहा घर भई अहिले उदयपुरको त्रियुगा नगरपालिका ३ बस्ने १८ वर्षिय विभेष शर्मालाई तोडफोड गर्दै गरेको अवश्थामा प्रहरीले पक्राउ गरेको हो । उनी माथि थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 1,330 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउन मोडालिटी परिवर्तन गरि लुजडाउन शैलि अपनाउने तयारी

    सुनसरी । दोस्रो चरणको कोरोना संक्रमण शुरु भए पछि घोषणा गरिएको लकडाउनले नागरिकको दैनिकी नै प्रभावित बन्न थाले पछि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरि ‘लुजडाउन’ शैली अपनाउने भएको छ । सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउने गरी ‘लुजडाउन’ जारी राख्ने तयारी गरिएको हो । देशका ७७ जिल्लामध्ये खोटाङ र मनाङ बाहेक ७५ जिल्लामा निषेधाज्ञा छ । अधिकांश जिल्लाहरुमा जेठ ३१ सम्म निषेधाज्ञा घोषणा गरिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले निषेधाज्ञाको शैलीलाई परिमार्जन गरि दैनिक जनजीवन सहज बनाइने बताए । उनले अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन सहज बनाउनेगरी अझै केही समय जारी रह

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्रोत नखुलेको १४ लाख २५ हजार रुपैंयासहित दुईजना पक्राउ

    इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्

    • प्रकाशित मितिः जेठ २५, २०७८
    • 755 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

    मोरङ । मोरङ जहदा गाउँपालिका १ बुधनगर स्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । सोमबार विहान साढे १ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो । बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।

    • प्रकाशित मितिः जेठ २४, २०७८
    • 715 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निषेधाज्ञाले समस्यामा परेका विपन्नलाई फुड बैंकमार्फत खाद्यान्न वितरण

    विराटनगर । लगातारको निषेधाज्ञाले गर्दा समस्यामा परेका विराटनगरका विपन्न परिवारलाई फुडबैंक संचालन गरी खाद्यान्न वितरण गर्न थालिएको छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने विपन्न परिवारलाई शिखर अर्गनाइजेसनले विराटनगर ५ बरगाछी चौकमा फुड बैंक संचालन गरी आइतबारबाट खाद्यान्न वितरण गर्न शुरु गरेको हो । दैनिक दुई सय जनलाई खाद्यान्न वितरण गर्ने योजनासाथ शिखर अर्गनाइजेसनअन्तर्गतको नटराज एग्रो प्रा.लिका म्यानेजर सीताराम बर्तौलाका अनुसार ‘हुनेले दिने, नहुनेले लिएर जाने’ नारासहित फुड बैंक सञ्चालन गरेको हो । सता दिनसम्म बिहान ७ बजेदेखि १० बजेसम्म एक जनालाई दुई किलो चामल, आधा किलो दाल

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोटरसाइकल चोरीको आरोपमा सात जना पक्राउ

    विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 732 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सरकार जनतालाई दमन र शोषण गर्न गर्दै आफैं सामन्ती बनेको छ : कांग्रेस नेता सिटौला

    विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिष्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्दत देखिएको बताएका छन् । भ्रष्टाचारमार्फत देशको दोहन गर्ने अनि दमन र शोषणको नयाँ ढंगले गर्दै सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मंचले आज आयोजना गरेको संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलमा बोल्दै भने,“परम्परागत परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिष्ट पार्टीको सरकार अहिले त्यही दिशम

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 729 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी सुधारका लागि दबाब दिन धरानको अभियान

    धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे

    • प्रकाशित मितिः जेठ २२, २०७८
    • 942 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved