धरान । पहाडी क्षेत्रका सर्वसाधारण सुविधा खोज्दै तराईका सुविधायुक्त सहरमा बसाई सर्ने क्रम बढ्दै गएको छ । यातायातको पहँुच नपुगेको, विरामी हुदा अस्पताल नहुँदा समस्या भोग्नुपर्ने, सुखसयलमा जीवनयापन गर्नकै लागि गाउँ छोडेर तराई लगायत राजधानी बसाई सर्ने गरेको पाइएको छ । लालीगुराँस नगरपालिका बसन्तपुरका दिपेन्द्र घिमिरे ५ बर्ष अगाडि राजधानी काठमाण्डौ बसाई सरे । ५ बर्ष कोरिया बसेर आएका उनको बसन्तपुरमा अहिलेको याक होटल सञ्चालन गरेको घर हो । बसन्त माविबाट एसएलसी पास गरेर कोरिया गएका उनी कोरियामा मनग्गे आम्दानी गरेपछि काठमाण्डौ सरेका हुन् । अहिले उनले काठमाण्र्डाैको गोंगवुमा शर्मा होटल सञ्चालन गर्दै आएका
धरान । प्रदेश स्तरिय दलित अधिकार ऐन निर्माण गर्न प्रदेश १ का जनप्रतिनिधीहरुले माग गरेका छन । प्रदेश १ को पहिलो भेलामा सहभागी जनप्रतिनिधिहले तुरुन्तै दलित अधिकार ऐन निर्माण गर्न सरकार र सांसदहरुसँग माग गरेका हुन्। ५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ९ २१ मार्च० को अवसरमा बिराटनगरमा भएको प्रदेश १ का जनप्रतिनिधिहरुले प्रदेशमा दलित अधिकार ऐन नहुँदा बजेट निर्माण र कार्यक्रम परिचालनमा दलितहरुको सहभागी हुन नसकेको बताएका छन् । उनिहरुले जातिय विभेद र छुवाछुत व्यवहारमा उन्मुलन हुन नसकेको र दलितहरुको शीप र क्षमता बृद्धि गराउन संरचना निर्माण नभएको गुनासो गरेका छन् । सोमबार र मंगलबार विराटनगरमा
धरान । पछिल्लो २ दिनमा धरानमा ४ जना झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।शनिबार र आइतबार गरि २ दिनमा धरानमा ४ जना मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यलय धरानका अनुसार धरानका बिभिन्न वडामा चार जना झुण्डिएको अवस्थामा मृत भेटिएको हो । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार शनिबार साँझ एक जनाको शव भेटिएको हो भने आइतबार ३ जनाको शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको र पोष्टमार्टमका लागि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शनिबार साँझ धरान ५ देवीगाउँकी १८ बर्षीया समिक्षा थापा आफ्नै घरको कोठाको झुण्डिएर मृत अवस्था
धरान/ आइतबा मोरङको लेटाङमा प्रहरी र स्थानीय बिच झडपमा एक महिला प्रहरीको मृत्युु भएसँगै अनिश्चिकालिन कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यलय मोरङले सोमबार बिहान एक सूचना जारी गर्दै बिहान ७ बजे देखी अनिश्चितकलीन कर्फ्यु जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ । फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो । आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको
धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो । केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर
रत्ननगर । आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन । तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी गाई मरेको भन्दै किरिया बसेका छन् । भरतपुर महानगरपालिका(१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन् । गौशालामा संरक्षणका लागि राखिएको स्थानीय जातको एउटा गाईलाई केही दिनअघि बाघले खाएको र अर्को गाई बिजुलीको पोलमा ठोक्किएर मरेको बताइएको छ । उनी विगत १४ वर्षदेखि गाईको संरक्षण गर्दै आएका छन् । उनी विगत नौ दिनदेखि हिन्दू परम्पराअनुसार मानिसको मृत्यु हुँदाजस्तै कपाल खौरिएर र सेतो कपडामा बरखी बारेर छुट्टै बसेका छन् । उनल
धरान । सामाजिक कार्यका लागि अक्षयकोष स्थापना गर्न आयोजना भएको श्रीमद भागवत तथा जीवनदर्शन कथा सत्संग कथा श्रवण सम्पन्न भएको छ । सडक क्षेत्रलाई मानव वसोवास रहित वनाउने सरकारी नीतिलाई केही हद सम्म सहयोग पुर्याउने लक्ष्य लिएर सत्संङ गत २१ गते देखि इटहरी स्थित मायाघरमा संचालन भएको हो । विभिन्न कारणले पारिवारबाट टाढा भएर सडकमा जीवन विताउदै आएकाहरुलाई उद्धार गरी संरक्षण गर्दै आएको माया घर नेपालमा आश्रय लिदै आएकाहरुलाई संरक्षणका लागि दिर्घकालीन स्रोत वनाउने उद्धेश्यले अक्षयकोष स्थापनार्थ श्रीमद भागव तथा जीवनदर्शन सत्सङ्ग सञ्चालन गरिएको मायाघरकी सचिव शुभद्रा प्याकुरेलले बताईन् । माया घर नेपालकी अध्
धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन अनिश्चितकालकालगाी बन्द भएको छ । यतायात व्यवस्था विभागले एक सूचना जारी गर्दे अर्काे सूचना नभएसम्मका लागी अनलाइन आवेदन बन्द गरिएको जनाएको हो । लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ। अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागले जनाएको छ। विभागद्वारा जारी सूचनामा ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्र
धरान । सुनसरीको सदरमुकाम इरुवादेखि उत्तरमा धनकुटा, पश्चिममा उदयपुर, पूर्वमा घरान उप–महानगरपालिका र दक्षिणमा रामधुनी नगरपालिका, भोक्राहा गाउँपालिका , कोशी गाउँपालिकाको सिमानामा अवस्थित बराहक्षेत्र नगरपालिका रहेको छ । २०७३ साल फाल्गुन २७ गते नेपाल सरकारले भरौल, बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर र मधुवन ५ गाविसहरु मिलाएर नगरपालिका घोषणा नगरपालिकाको कार्यालय चकरघटीमा राखिएको छ । तर चतरामा रहेको साविकको बराक्षेत्र गाविस र अहिलेको बराहक्षेत्र १ र २ वडा भने विकासका लागि उपेक्षित वडा पर्छन । जुन गाविसबाट नगरपालिका बन्यो त्यही वडाको भने विकास भएको पाइदैन । स्थानीयहरुले पनि पुरानो बराहक्ष
धरान l अहिलेको सामाजिक सञ्जालमध्ये निकै लोकप्रिय रहेको टिकटकले मानिसको जीवनमा यति धेरै परिवर्तन ल्याएको छ कि टिकटक चलाउनेहरुलाई के सही के लगत भनी नछुट्याई टिकटक बनाउनेहरु धेरै छन् । टिकटकमा भाइरल बनेर भाइरल बनाउनेकै लागि यसको प्रयोगकर्ता जे पनि गर्न थालेका छन् । यही टिकटक बनाउने होडका कारण मोरङको बेलबारी नजिकै रहेको क्यामोमाइल खेति नष्ट भएको छ । जटिबुटीमा सबैभन्दा उपयोगी र राम्रो औषधि मानएको क्यामोमाइलको फूलमा टिकटक बनाउदा खेति नै ध्वस्त बनाइदिएका छन् जसले गर्दा उत्पादन तथा प्रशोधन केन्द्र लिमिटेडलाई ३० लाख बराबरको क्षति पुगेको छ । सामाजिक सञ्जाल टिकटकमा भिडियो बनाउनेहरुका कारण मोरङको बेलबारी