बजारको लागि आएको संघीय बजेट फ्रिज

  • चैत ४, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान । पुरानो टहरा भत्काएर धरान उपमहानगरपालिकाले वडा नं. ३ चिनिया बजारमा रहेको पालिका तरकारी बजारमा नयाँ संरचना बनाउने तयारी गरेको छ । उपमहानगरले भानुसब्जी तथा फलफूल व्यवसायी समितिबीच साझेदारीमा बजारको टहरा भत्काएर नयाँ संरचना बनाउन लागेको हो ।

केही महिना अघि बजारमा आगलागी भई व्यापारीले क्षति व्यहोर्नु परे पछि धरान उपमहानगरले नयाँ संरचना बनाउने योजना अघि सारेको थियो । ३० लाख रुपैया नगरले बजेट विनियोजन गरिदिए पछि व्यवसायीको २० लाख रुपैया थप लागतमा संरचना बनाउन लागेको हो । बासका भाटा, साघुँरो बाटो, विजुली बत्तीको वाइरिङ व्यवस्थित नहुँदा बजार कुरुप मात्र हैन दुर्घटनाको जोखिम बढ्ने सम्भावना देखेर बजारलाई व्यवस्थित बजार बनाउन टहरा भत्काई पुननिर्माण थालिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

व्यवसायी समितीका अध्यक्ष राजेन्द्र दर्नालले नगरपालिका र व्यवसायीको आर्थिक सहयोगमा टहरा पुननिर्माण हुन लागेको् बताए । उनले भने, ‘यसमा नगरपालिकाले ३० लाख र बाँकी २० लाख व्यवसायीहरुबाट उठाउने सहमति भएको छ । निर्माणका लागि व्यवसायीको तर्फबाट भानुसब्जी तथा फलफूल व्यवसायी समितिकी उपाध्यक्ष रमा खतिवडाको संयोजकत्वमा निर्माण समिति समेत बनेको छ ।’ निर्माणका लागि प्रति व्यापारी आर्थिक अवस्था हेरी २० देखि २५ हजारसम्म रकम उठाइएको उनले बताए ।

अहिले भएको टहरालाई भत्काएर व्यवस्थित टहरा बनाइन लागेको प्राविधिक इन्जिनियर रोशन गिरी बताउँछन् । बासका टहराबाट बनाइएका अव्यवस्थित टहरालाई भत्काई ट्रस्ट हाल्न लागिएको हो । उनले भने, ‘विगतमा खुल्ला बाटो नभएको, व्यवस्थित रुपमा विजुली नभएको, खुल्ला बाटो नहुँदा त्यहा आउने सर्वसाधारणलाई असजिलो हुने अवस्था थियो, अब त्यो सबै कुरालाई व्यवस्थित गर्र्दै टहरा निर्माण लागेको हो समग्रमा भन्दा अव्यवस्थित टहरालाई व्यवस्थित गर्न लागेको हो, यसको कुनै डिपिआर बनेको छैन ।’

पालिका बजारलाई व्यस्थित गर्न अन्डरग्राउन्ड सहित तीनतलाको भेजिटेवल पार्क निर्माण गर्ने उद्देश्यले डिपिआर समेत तयार भएको थियो । बजारको डिपिआर तयार भएर संघीय सरकारबाट १ करोड ६० लाख रुपैया बजेट आएको थियो । तर विविध कारणले बन्न नसक्दा बजेट नै फ्रिज भएको थियो । अहिले नगरपालिका आफैले बजेट विनियोजन गरेर ट्रस्ट लगाएर बजार बनाउन लागेको छ ।

उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा कार्यवाहक प्रमुख मञ्जु भण्डारी हुँदा अण्डरग्राउण्ड पार्किङसहितको तीन तलाको भेजिटेवल पार्कको अवधारणा तयार भएको थियो । जस अन्तर्गत संघीय सरकारले बजेट समेत पठाएको थियो । तर बजेट पर्याप्त नहुँदा त्यो बन्न नसक्दा फ्रिज भएर गएको उनको भनाई छ ।

त्यसबेला १६ करोड बजेट लाग्ने भएपनि पनि १ करोड ६० लाख बजेट मात्र आएको उनले बताए । बजेट समयमै पूरा नआउने देखिएपछि निर्माण काम गर्न नसकिएकाले बजेट फ्रिज भएको उनको भनाई छ ।

बजेट फ्रिजलाई केहीले भने राजनीतिक रंग दिएका छन् । तत्कालिन कार्यवाहक प्रमुख एमालेबाट निर्वाचित मञ्जु भण्डारीले ल्याएको बजेट उपनिर्वाचनपछि काँग्रेसबाट मेयर बनेका तिलक राईको बजेट फ्रिज गराएको स्थानीयले आरोप लगाएका छन् । इन्जिनियर श्रेष्ठले भने, ‘त्यो सत्यता होइन्, लगानी अनुृसारको बजेट नआउँदा समयमै निर्माण हुन नसक्ने भएकाले बजेट फ्रिज भएको हो ।’

व्यवस्थित सब्जी बजार बनाउन संघीय सरकारले दिएको बजेट फ्रिज गराएर व्यापारीबाटै रकम उठाएर पुननिर्माण थाल्नु जायज नभएको भानुसब्जी तथा फलफूल व्यवसायी समितिका पूर्व अध्यक्ष काजी गिरी बताउँछन् । कृषि उपज बजारका पूर्व अध्यक्ष समेत रहेका गिरीले भने, ‘व्यवस्थित सब्जी बजार बनाउनकै लागि आएको बजेट फ्रिज भएर पुन व्यवसायीसँग रकम लिएर निर्माण थाल्नु नगरपालिकाको गलत कार्य हो ।

भानुचौकबाट चिनिया चौकमा पालिका बजार सार्दा नै अव्यवस्थित बजार थियो । त्यसलाई व्यवस्थित गर्न संघीय सरकारबाट बजेट पनि आयो । आएको बजेट सही रुपमा सदुपयोग गर्न नसक्ने तर व्यवसायीबाट नै रकम उठाएर टहरा निर्माण गर्नु जायज नभएको उनको भनाई छ । उनले व्यवसायीकै संस्था भानुसब्जी र नगरपालिकाले व्यापारीहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाए ।

पालिका तरकारी बजारको टहरा भत्काउन थालिएपछि अहिले फेरि अर्को समस्या आएको छ । बजार क्षेत्र घटाएर बाटोको निकास गर्नुपर्ने स्थानीयको माग रहँदा अहिले निर्माण कार्य अवरुद्ध भएको छ । २४ फिटको बाटो निर्माण गर्नुपर्ने माग स्थानीयहरुको रहेको व्यवसायीले बताएका छन् । यस विषयमा गिरी भन्छन्, ‘ त्यहाँ साघुरो बाटो छ, बाटो पनि चाहिन्छ, आगालागी जस्ता घट्ना भए एउटा दमकल छिर्ने बाटो त चाहिन्छ ।’

धरानको भानुचौक साघुँरो भए पछि दुई दशक अघि तत्कालीन मेयर मनोजकुमार मेन्याङबोको समयमा धरानको भानुचौकबाट धरान ९ पूर्णपथमा सब्जी बजार सारिएको थियो । एक बर्ष पनि वित्न नपाई धरान ३ चिनिया चौकमा पालिका तरकारी बजार नामाकरण गरी बजार व्यवस्थित गरिएको थियो । सब्जी बजारलाई एकत्रित गर्ने उद्देश्य अनुरुप बजार सारिएको भएपनि त्यो सम्भव हुन सकेन । धरान २ नरेन्द्रपथमा रहेको सब्जी बजारले अहिले पनि धरानलाई अस्तव्यस्त बनाएको छ ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved