समाज

    Showing 5,231-5,240 of 6,736 items.
  • एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा

    खोटाङ/ खोटाङमा काम बीचैमा छोडेर अलपत्र पार्ने एक निर्माण कम्पनीले प्रयोग गदैै आएको एक्स्काभेटर र ट्याक्टर खोटाङकै एक नगरपालिकाले नियन्त्रणमा लिएको छ ।ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीको एक्स्काभेटर र ट्याक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको हो । दिक्तेल हाटडाँडादखि लफ्याङ काफ्लेगाउँ घुम्तीबर सडक स्तरोन्नतिको ठेक्का लिएर बीचैमा छोडेर अलपत्र पार्ने लगलगे कन्ट्रक्सनको एक्स्काभेटर र ट्याक्टर नियन्त्रणमा लिइएको हो ।करिब ४६ लाख रुपैयाँको लागतमा असार मसान्तसम्म सक्नेगरी सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग २०७८ माघ २० गते सम्झौता गरेको थियो । पटक पटक

    • प्रकाशित मितिः मंसिर १७, २०७९
    • 628 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरमा साप्ताहिक रुपमा सरसफाई: सचेतनाको कमीका कारण सरसफाई प्रभावकारी भएन

    धरान/ पूर्वकै पर्यटकीय स्थल विजयपुरलाई स्वस्थ, सफा राख्ने उद्देश्यले धरान उपमहानगरपालिका वडा नं. १४ ले प्रत्येक शुक्रबार सरसफाई गर्ने गरेको छ । वडाले विजयपुरमा रहेका मठमन्दिर, चौक, गल्ली गल्लीमा सरसफाई गर्ने गरेको छ । नियमित हुदै आएको सरसफाई प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनले केही समय रोकिएको थियो । अहिले पुन ः नियमित सरसफाई शुरु गरिएको छ ।तर जति सरसफाई गरे पनि सर्वसाधारणमा सचेतना नहुदा चौक, बजार एरियामा मात्र हैन मन्दिर वरिपरि फोहोरको डंगुर हुने गरेको छ । विशेष गरेर स्थानीय सर्वसाधारण तथा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले रुपमा गुट्का खाएर जथाभावि खोल फाल्ने गरेका कारण फोहोर थु

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा सशक्त ‘रेवतीरमण’

    इटहरी/ २०५४ सालमा भएको स्थानीय तहको निर्वाचनमा इटहरीको उपमेयर निर्वाचित भएका थिए, एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी । उनले तात्कालिन स्थानीय सरकारलाई व्यवस्थित बनाउन तात्कालिन मेयर सर्वध्वज साँवाको साथ दिए । काठमाण्डौं बसेर कानुन अनि राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनले आफ्नो शिक्षालाई व्यवहारिकतामा रुपान्तरण गरे । आज उनी कानुनका ज्ञाताका रुपमा चिनिन्छन् । साथै अर्थशास्त्र, समाजशास्त्रमा पनि उनको विशेष ज्ञान छ । त्यही ज्ञान र सीपलाई उनले इटहरी, प्रदेश १ र संघीय सरकारको लागि उपयोग गरे । ‘इटहरीलाई व्यवस्थित बनाउने सवालमा त्यो बेलाको मेरो भूमिका देख्ने धेरै नेताज्यूहरु, कर्मचा

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 1,190 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा साना सहरी खानेपानी वितरण: कतै चौवीसै घण्टा, कतै धारामा पानी नै चुहिदैन

    इलाम । तीन चार वर्ष अघि इलाम बजारमा खानेपानीको हाहाकार हुन्थ्यो । ४८ घण्टामा पनि १ घण्टा सम्म पानी आउँदैन थियो । खानेपानी थाप्नका लागि इलाम बजार नजिकै रहेका धोवीधारा, कुल धारा खोल्सी धारा लगायतका पानी उम्रिएका धारामा घण्टौँ लाइन लाग्नु पर्ने हुन्थ्यो । बजारमा खानेपानीको समस्या भएपछि इलाम सदरमुकाममा ८५ करोडको बृहत् खानेपानी आयोजनाको काम शुरु भयो । आयोजना सम्पन्न भइसक्दा इलाममा २४ है घण्टा पानी आउने भन्दै शुरु भएको आयोजनाले पानी वितरण गरेको एक महिना हुनै लाग्यो । तर खानेपानी नआएपछि स्थानीय समस्यामा बनेका छन् । पुरानो आयोजनाको वितरण हटाएर नयाँ आयोजना जडान गरिए पनि खानेपानी नआउँदा समस्या भएको स्था

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 580 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • ट्राफिकको आफ्नै भवन नहुदा कार्य सम्पादनमा समस्या

    धरान/ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको आफ्नै भवन नहुदा कार्य सम्पादनमा कठिनाइ हुदै आएको छ । जिल्लामा ११ ट्राफिक चेकपोष्टलाई निगरानी राख्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्नुपर्ने कार्यालयले आफ्नै व्यवस्थापन गर्न नसक्दा काम कारबाहीमा असर परेको हो । कार्यालयमा हालसम्म १८ जना प्रमुखहरु आए, सबै प्रमुखहरुले आफ्नो भवन नहुदा समस्या भोगेका थिए भने अहिले त्यो भन्दा जटिल अवस्था भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले बताए । उनले यस विषयमा एक नंं प्रदेश सरकार, प्रहरी प्रमुखको पटक पटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नभएको बताए । धरान ८ बा

    • प्रकाशित मितिः कार्तिक १८, २०७९
    • 876 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिया किसानको पीडा: नेताले जिते चिया किसानले हारे

    इलाम/ आगामी मङ्सिर चारमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको माहौल निक्कै तातेको छ । उम्मेद्वारहरु यति बेला आफ्ना कार्यकर्ता रिझाउँदै घर घरमा पुगेका छन् । चुनावी माहौल तातिँदै गर्दापनि इलामका चिया किसानलाई भने अहिले सम्म चुनावले छोएको छैन ।उनीहरु भन्छन्–‘जसलाई जिताए पनि हाम्रो समस्या कहिल्यै समाधान हुन सकेन ।’ देउमाई नगरपालिका तीनका ढाकाराम अधिकारीको चिया मजदुर हुन । उनको दैनिकी डोको बोकेर चिया टिपेर, बेचेर दैनिकी चलाउँदै आएका छन् । चिया मजदुरी गरेर गरेर परिवारको शिक्षादिक्षासँगै परिवारको लालनपोषण गर्ने गर्छन् । यो क्षेत्रबाट जसले जितेर गए पनि आफू जस्ता मजदुरलाई नहेर

    • प्रकाशित मितिः कार्तिक १७, २०७९
    • 650 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • टिकटकको बढ्दो क्रेज : विजयपुर क्षेत्र टिकटकरहरुको रोजाई

    धरान/ पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ । रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका धार्मिक स्थलहरु पनि दर्शन गर्न आउने भन्दा पनि टिकटक बनाउनेहरुको रोजाइको क्षेत्र बन्दै गएको छ । विशेष गरेर युवा पुस्ताले टिकटक बनाउने गरेका छन् ।विराटनगरबाट धरानको विजयपुर आएकी मन्दिरा थापा मंगलबार विहान विजयपुर चौकमा टिकटक बनाउन व्यस्त थिइन् । धरान आएको मौका र साथीभाइसँगको भेटघाटको सुनौलो अवसर उनलाई टिकटकमा कैद गर्न सुनौलो अवसर उनले भेट्टाएकी थिइन् । ‘उडी कि गुडु म’ भन्ने नेपाली चलचित्रको गीतमा सामुहिक रुपमा ७ जनाले टिकटक बनाउँदा उनी

    • प्रकाशित मितिः कार्तिक १६, २०७९
    • 569 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा बाँदरको आतंक रोकिएन: बाँदर धपाउन चौवीसै घण्टा हातमा लौरो

    धरान/ धरानमा बाँदरको आतंक दिनप्रतिदिन बढ्दै गएको छ । बादरकै कारण धरानका सर्वसाधारण त्रासमा बाँच्न बाध्य छन् । समाधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रया िनिरर्थक भएको छ ।धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबाट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो । हुन त यो समस्या अहिलेको भने होइन । बर्षौ देखिको हो । केही सिप

    • प्रकाशित मितिः कार्तिक १५, २०७९
    • 675 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सन्दीप लामिछानेविरूद्ध अदालतमा मुद्दा दर्ता, १२ वर्ष कैद सजाय माग

    काठमाडौं / नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार दिउँसो मुद्दा दर्ता गरेको प्रमुख तथा सहन्यायाधीवक्ता अच्यूतमणि नेउपानेले जानकारी दिए। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। उक्त अनुसन्धान प्रतिवेदन बुझाए पनि तिहार सुरू भएकाले उनको मुद्दा दर्ता हुन सकेको थिएन। प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अ

    • प्रकाशित मितिः कार्तिक १४, २०७९
    • 495 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • घुम्न आउनेका लागि धरानको चिनो रुद्राक्ष: कार्यक्रममा समेत रुद्राक्षको प्रयोग बढ्दो

    धरान/ धरान घुम्न आउने आन्तरिक पर्यटकहरुले रुद्राक्षको माला चिनोको रुपमा लिएर जाने गरेका छन् । पूर्वदेखि पश्चिमसम्मका आन्तरिक पर्यटकहरुले रुद्राक्ष माला किनेर लगाउने र आफन्तका लागि चीनो लाने गरेका छन् । भरतपुर चितवनको हिमालय सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक प्रकाश ढुंगानाले धरान आउँदाको चिनो रुद्राक्ष भएको बताए । उनले भने–‘यहाँ रुद्राक्षको माला यहाँको उपयुक्त चिनो भएर आफूले खरिद गरेको बताए । धरान १४ विजयपुरको पिण्डेश्वरी, दन्तकाली मन्दिर घुमिसकेपछि बुढासुब्बाको दर्शन गरेर रुद्राक्ष माला खरिद गर्दै गरेका उनले भने–‘रुद्राक्षले भित्रबाटै आत्मविश्वास बढाउने, यसले थप आध

    • प्रकाशित मितिः कार्तिक ६, २०७९
    • 818 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved