समाज

    Showing 5,031-5,040 of 6,736 items.
  • पूर्व वडाध्यक्ष लिम्बु फरार

    धरान / अँधेरी खोलाको एक घर भत्काउने क्रममा धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफूमाथि अभद्र व्यवहारसँगै घरमै गएर आक्रमण गरेको विषयमा उजुरी दिएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । तर आरोपित सबै फरार रहेको धरान प्रहरीले जनाएको छ । अनधिकृत रुपमा बनाइएको संरचना भत्काउने क्रममा वडाध्यक्ष लिम्बु घरमा नभएको समयमा घरका सदस्यमाथि कुटपिट गरेको विषयलाई लिएर आइतबारै वडाध्यक्षले इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै धाकधम्की दिनेलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । पुर्ववडाअध्यक्ष सन्तोष लिम्बु र उनका दाजु लक्ष्मी भन्ने जीवन लिम्बुसहित एक दर्जन विरुद्ध

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोटरीले निर्माण गरेको भवन हस्तान्तरण

    विराटनगर / विराटनगरका विभिन्न तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा तीनवटै नवनिर्मित भवनको चाबी विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको थियो । विराटनगर–६ स्थित जनचेतना आधारभूत विद्यालय, विराटनगर–२ स्थित विराट महेन्द्र

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अलैचीकाे मूल्य घटेपछि कृषक चिन्तित बजारीकरण गरिदिन माग

    भोजपुर / अलैचीको बढी उत्पादन हुने जिल्लाको रुपमा चिनिएको भोजपुरका किसानहरु उत्पादन गरेको अलैचीको मूल्य नपाउँदा चिन्तित बनेका छन् । गत वर्ष भन्दा यस वर्ष अलैची झण्डै आधा मूल्यमा खरिद बिक्री भएपछि उनीहरु चिन्तित बनेका हुन् । कृषकका अनुसार गत बर्ष प्रतिमन ४० हजार रुपैयामा बिक्री भएको अलैची यस बर्ष प्रतिमन २४ हजारमा विक्री भएको छ । भोजपुर टेम्कोमैयुङ गाउँपालिका ५ चोलन्तीका अलैची कृषक चक्रबहादुर विष्टले गत बर्षको तुलनामा अलैचीको मूल्य अत्याधिक गिरावट भएको बताए । उनले भने–‘गत बर्ष यही प्रकृतिको अलैचीको मूल्य प्रतिमन ४० हजारमा विक्री भएको थियो, अहिले स्वात्तै घटेर २४ हजार पुगेको छ,

    • प्रकाशित मितिः माघ ११, २०७९
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिण्डेश्वर विद्यापीठमा सरस्वती मन्दिरको उद्घाटन

    धरान/प्रदेश १ कै संस्कृत उच्चशिक्षाको केन्द्रका रुपमा रहेको धरान उपमहानगरपालिक वडा नं. १४ को विजयपुरमा अवस्थित श्री पिण्डेश्वर विद्यापीठ परिसरमा नवनिर्मित सरस्वती मन्दिर माघ ९ विहानको शुभमुहूर्तमा वैदिक विधिअनुसार पूजा आराधना र प्राणप्रतिष्ठा गरी समुद्घाटन गरिएको छ । विद्यापीठ परिवारको अगुवाइमा धरान नगरपालिका तथा विभिन्न दाता महानुभावहरुको सहयोगमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मन्दिर निर्माण गरी प्राणप्रतिष्ठा गर्ने कार्य सम्पन्न गरिएको हो । गतसाल २०७८ मा सरस्वती पूजाका दिन धरान उपमहानगरका तत्कालीन मेयर श्री तिलक राईद्वारा शिलान्यास गरी निर्माण सुरु गरिएको थियो । यही माघ ९ गतेका दिन पिण

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,035 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान

    मोरङ / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।कलेजको वार्षिकोत्सवका अवसरमा शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्‍याएवापत सम्मान गरेको छ । कलेजले विशेष समारोहको आयोजना गरेर शिक्षा र समाजसेवामा सक्रिय गुणराज ढुंगेल र डा. विमला श्रेष्ठलाई सम्मान गरेको छ । ढुंगेल विराटनगरस्थित मेरिल्याण्ड कलेजका अध्यक्षसमेत हुन् भने डा. श्रेष्ठ विराटनगर स्थापित विमला श्रेष्ठ साहित्य प्रतिष्ठानकी संस्थापक हुन् । प्रतिष्ठानमार्फत श्रेष्ठले साहित्यिक गतिविधि गर्दै आएकी छन् । उनका विभिन्न कृतिहरु प्रकाशित छन् । त्यस्तै क्याम्पसको प्रा

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 736 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा भाषा र संस्कृतिका विषयमा बहस

    धरान / प्रदेश १ को आदिवासी जाति समुदायका भाषा, संस्कृतिको स्थिति र अवस्थाको समीक्षा गर्न धरानमा प्रादेशिक भाषा, संस्कृति सङ्गोष्ठी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र दाङ र प्राडा टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र धरानको आयोजनामा गोष्टी भएको हो । गोष्टीमा भाषा तथा संस्कृतिका विषयमा ८ जनाले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जामन्त्री तिलकुमार मेन्याङबोले उद्घाटन गरेको गोष्टीमा पहिलो सत्रमा प्रदेश १ को जाति भाषा र स्कृतिको विषयमा प्राडा माधवप्रसाद पोखरेल, देवान जाति संस्कृति र भाषाका विषयमा प्राडां टंकप्रसाद न्यौप

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डा. गिरीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

    धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले पदको ओहोदाको दुरुपयोग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।केही समय अगाडि प्रतिष्ठानमा चलेको शुद्धीकरण आन्दोलनमा समेत डा.गिरी प्रोफेसर नभएको विषयमा कुरा उठ्दै आएको थियो । ओहोदाकै विषययलाई लिएर अख्तियारमा उजुरी परेको थियो । अख्तियारको छानविनपश्चात पदीय मर्यादा विपरीत कार्य गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा.गिरीले कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको प्रोफेसर पद प्रयोग गरेको देखिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९

    • प्रकाशित मितिः माघ १०, २०७९
    • 850 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • फोहोर व्यवस्थापनका लागि समिति गठन

    मोरङ / विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ । समितिमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य अधिकृत, विराटनगर महानगरपालिकाको सरसफाई व्यवस्थापन शाखा प्रमुख पुनम दाहाल, सरकारी अस्पताल, निजी अस्पताल (अफिन), नोवेल, विराट मेडिकल, पोलिक्लिनिक, ल्याब, फोहोर व्यवस्थापन साझेदार संस्था र फार्मेसीका एक–एक प्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको छ । सो समितिले जमिन, प्रविधि, फोहोरको मात्रा, सञ्चालन व्यवस्थापनलगायतका विषयमा अध्ययन गरी माघ मसान्तभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । प्रतिवेदन कार्यान्वयनका लाग

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 864 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रोङको ब्रान्ड: गुन्द्रुकसिन्कीको सम्मान

    इलाम / हरेक किसानको करेसामा साग हुने गर्दछ । त्यो साग बजार सम्म पुर्‍याउन सके किन्नेको हारालुछ हुने गर्दछ । तर इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खुवाउने गरेका छन् । त्यो सागलाई सदुपयोग गर्न सके गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । तर स्थानीय तहले किसानका उत्पादन प्रवद्र्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । हरेक निर्वाचनमा तिनै किसानका उत्पादन बजारीकरण गर्छौ भनेर चुनाव जित्छन् र जिते पछि किसान प्रति कुनै योजना बन्दैनन् त्यसले गर्दा किसानका उत्पादन सदुपयोग हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङ गाउँपालि

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 768 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नगरपालिकाको कुल बजेटको २८.३५ प्रतिशत खर्च

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले कुल बजेटको २८.३५ खर्च गरेको विवरण प्रस्तुत गरेको छ । एघारौ नगरसभामा खर्च विवरण प्रस्तुत गर्दै खेलक्षेत्रमा योगदान पुर्‍याएका १८ जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ । शनिबार बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको थियो । नगर सभामा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को (संशोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा कृषि पर्यटन र पूर्वाधारमा जोड दिइएको थियो। प्रस्तुत बजेटमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले

    • प्रकाशित मितिः माघ ९, २०७९
    • 829 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved