समाज

    Showing 4,761-4,770 of 6,734 items.
  • पाल्पाको रानी महल : पर्यटकको रोजाइमा पर्दै

    विजयपुर / पाल्पा जिल्लाको तानसेनमा रहेको रानी महल पर्यटकको रोजाइमा पर्ने गरेको छ । यो महललाई ‘ताजमहल भनेर चिनिने गरिएको छ । यहाँ बार्षिक लाखौ पर्यटक आउने गरेको स्थानीयहरु बताउँछन् । यो ताजमहललाई भारतको ताजमहलसँग तुलना गरिने गरिएको छ । यो दरबारलाई प्रेमको प्रतिकको रुपमा लिने गरिएको छ । प्रेमको प्रतीक भएकै कारण भेलाइन्टाइन डेका दिन धेरै जोडाजोडी महलमा आउने गरेको स्थानीयहरु बताउँछन् । तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा रहेको महल उत्तरतर्फ फर्काएर बनाइएको छ । ऐतिहासिक दरवारको रुपमा चिनिने भएकै कारण ताजमहलको महत्व बढेको हो । यो ऐतिहासिक दरबार रहेकै कारण सर्वसाध

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 1,480 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • कृषकलाई अदुवा खेती तालिम

    इलाम /  इलामका ग्रामीण क्षेत्रको मुख्य आम्दानीको श्रोत अदुवा खेती हो । धेरै जसो किसानले घर खर्च चलाउनका लागि अदुवा खेती गर्ने गरेका छन् । अहिले सम्म खेती गरेका कतिपय किसानले प्राविधिक ज्ञान पाउन सकेका छैनन् । खेतीको ज्ञान नभएको कारण अदुवा खेती गर्ने किसानले सोचे अनुसारको आम्दानी लिन सकेका छैनन् । पछिल्लो समय अदुवा खेतीमा किरा लाग्ने र गानो कुहिने गरेको कारण अदुवा खेतीमा किसानको आकर्षण घट्ने गरेको पाईएको छ । अदुवामा गानो कुहिने रोग देखा परेपछि इलाम सहित पूर्वी नेपालका धेरै जिल्लाका कृषकहरू समस्यामा परेका छन् ।आम्दानीको श्रोतका रूपमा रहेको अदुवा खेती मर्न थाले सँगै खेती गर्ने किसान प

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 820 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बराहक्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको गोल्डकप हुने

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिकामा छैटौं संस्करणको अन्तराष्ट्रिय भरौल आमन्त्रित गोल्ड कप बुधबारबाट आयोजना हुने भएको छ । वडा नं ५ स्थित कालाबञ्जरमा स्थानीय न्यु स्टार क्लबको आयोजनामा चैत्र १५ गतेदेखि २२ गते सम्म प्रतियोगिता आयोजना हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगितामा भारतका दुई क्लव आमुक्त परिवार दार्जिलिङ र कञ्चनजंगा फुटबल क्लव सिलगुडी सहित काठमाडौको २ टिम र चितवन , मोरङ्ग, सुनसरीका टिमहरु सहभागी हुनेछन् । जसमा काठमाडौका डिवाईन व्याईज युनियन र क्षमादेवि प्यालिङग व्याईज युनाईटेड , चितवनको केबिए ग्लोवल फुटबल क्लव , मोरङ्गको एन्फा मोरङ्ग, सुनसरीको राष्ट्रिय

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 740 पटक पढिएको
    • " दिपक पुरी"
  • कलेज र चौधरी ग्रुपबीच सम्झौता

    मोरङ / विराटनगरको सोम्स कलेज र चौधरी गु्रप बीच सम्झौतामा हस्ताक्षर भएको छ । बिराटनगर ९ मा रहेको कलेज र चौधरी ग्रुप (सि.जि.कम्युनिकेशन) बीच सम्झौता भएको हो । सोम्स कलेज त्रिभुवन विश्व विधालय अन्तरगत व्यवस्थापन संकायमा स्नातक तह बिबिएस. र युके बेष्ट एसिसिए प्रोग्राममा गुणस्तरीय शिक्षा प्रदान आएको सोम्सले विश्व बजारको आवश्यकता, विश्व व्यापार सुधार र प्रवद्र्धनका लाग आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित सम्झौता गरिएको कलेजका सञ्चालक तथा डाइरेक्टर रोशन घिमिरेले जानकारी दिए । उनले भने–‘सिजी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको व्यापार प्रवद्र्धन गर्ने व्यवसायिक कम्प

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 1,037 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीको दुहबीमा चैते छठ मनाइयो

    सुनसरी / चैते छठ शनिबारदेखि सुरु भएको छ । सोमबार तेस्रो दिन अर्थात् छठ पर्वको मुख्यको रुपमा लिइन्छ । सोमबार अस्ताउदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ भने आज मङलबार विहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको समापन हुन्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाईन्छ । खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठी देवीलाई प्रसाद चढाएर खाने गर्दछन् । प्रसादमा खीर , केरा, दुध एवम् विभिन्न प्रकारको फलफूल चढाइने गरिन्छ । पर्वको तस्रो दिन ब्रतालुहरुले अस्ताउदो सूर्यलाई अर्घ दिने गर्दछन् । त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब

    • प्रकाशित मितिः चैत १४, २०७९
    • 970 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सिम्रन र दिवस भए मिस एन्ड मिस्टर सगरमाथा

    धरान/ मिस र मिस्टर सगरमाथाको उपाधि क्रमश सिम्रन लिम्बु र दिवस राईले जितेका छन् । धरान–३ स्थित सगरमाथा एसडी कलेज र डल्फिन पुर्वान्चल एकेडेमीले संयुक्तरूपमा आयोजना गरेको मिस र मिस्टर सगरमाथाको उपाधि लिम्बु र राईले हात पारेका हुन ्। शनिबार शिक्षा सदन स्कुलको सभा हलमा सम्पन्न प्रतियोगितामा छात्र तर्फ अभय श्रेष्ठ र छात्रा तर्फ स्मृती योन्जन फष्ट रनर अप घोषित भए । यसैगरी छात्र तर्फ बेष्ट डिसिप्लिन सुदिप भुजेल, मस्ट एक्टिभ जीवन तामाङ र मोस्ट ट्यालेन्टको उपाधि निबेदन राईले पाए भने छात्रातर्फ बेस्ट डिसिप्लिन डोल्मा तामाङ, मस्ट एक्टिभ मेघा बिश्वकर्मा र मस्ट ट्यालेन्टको उपाधि सिम्रन लिम्

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 866 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाद्वारा प्रदर्शन

    काठमाडौं  /  संविधान र कानुनविपरीत सुकुम्बासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरूद्ध सोमबार काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो। आफूहरूलाई उठिबास लगाउने काममा मेयर शाह लागेपछि त्यसको विरोधमा सुरू गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए। उनले संविधान, कानुनविपरीत भूमिहीनहरूलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र मेयर शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। विरोध प्रर्दशनमा पक्रा

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 750 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कार्यशाला चलाउँदै माओवादी

    मोरङ /  नेकपा माओवादी केन्द्रले दुई दिने कार्यशाला गोष्ठीकोको आयोजना गरेको छ ।कोशी प्रदेश अन्तरगत स्थानीय तह, प्रदेश र संघीय संसदमा निर्वाचित जनप्रतिनिधिहरुका लागि माओवादी केन्द्रले दुईदिने कार्यशाला आयोजनासँगै प्रशिक्षण दिएको छ । बजेट निर्माण र बजेट निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुशासन र संघीय प्रणालीको प्रभावकारिताका विषयमा प्रशिक्षण दिइएको माओवादी केन्द्रका एक नेताले बताए । माओवादी केन्द्रले विगतदेखि नै राजनीतिक प्रशिक्षणमा जोड दिँदै आएको छ । भेलामा विशेष गरी माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि तथा पार्टीका कार्यकर्ताहरु सहभागी थिए । नेपाल सरकारका पूर्वमुख्य सचिव ल

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 772 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

    धरान / धरान उपमहानगरपालिका १६ नं. वडा समितिले आफ्ना वडाबासीलाई लक्षित गरी शनिबार निःशुल्क आँखा शिविरको आयोजना गरेको छ ।विगतमा वडाबासीलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविर राख्दै आएको वडाले यस पटक भने आँखामा समस्या भएकाहरुलाई लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गरेको हो । इटहरी आँखा अस्पतालसँग समन्वय गरेर आयोजना गरेको शिविरमा २ सय जना पुरुष र १ सय २७ जना महिला गरी ३ सय २७ जना सर्वसाधारणले लाभ लिएका थिए । शिविरमा विभिन्न प्रकारका समस्या देखिएको इटहरी आँखा अस्पतालका चिकित्सक डा. प्रदिपकुमार सिंहले जानकारी दिएका थिए । उनीहरुलाई सहज रुपमा उपचार गराउन इटहरी आँखा अस्पतालको सहयोगमा १६

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 757 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुरुकुलमा छैन सरकारको दिवा खाजा

    झापा /  मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् ।मेचीनगर–१५ मा सञ्चालित ओमकारेश्वर संस्कृत गुरुकुलका विद्यार्थीले बिहान र बेलुका दाल, भात र रोटी खाने गरेका छन्। उनीहरूले गुरुकुल छेवैको मन्दिरमा भक्तजनले चढाउने फलफूल दिवा खाजा खाने गरेका छन् । गुरुकुलका प्राचार्य निरोज खनालले कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेका गुरुकुल विद्यालयमा दिवा खाजाको व्यवस्था नगरेकामा गुनासो गरे । ओमकारेश्वरमा १८ विद्यार्थी अध्ययनरत छन् । ‘हाम्रो गुरुकुल आर्थिकरूपमा सबल छैन। यहाँ पढ्ने विद्यार्थीसमेत विपन्न र असहाय परिवारबाट आएका छन्&

    • प्रकाशित मितिः चैत १३, २०७९
    • 719 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved