समाज

    Showing 4,741-4,750 of 6,734 items.
  • इलाम कारागारबाट एक थुनुवा फरार

    इलाम / देशकै नमुना सुधारगृह मानिएको इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । इलाम कारागारमा थुनुवाका रुपमा रहेका झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । विहीबार साँझ अन्दाजी ५ बजेर ४० मिनेटमा कारागारभित्रको कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेपछि फरार भएको खुलेको हो ।गणनाका क्रममा उनी फेला नपरेपछि साँझ पौने ७ बजे नै सम्बन्धित कार्यालयमा जानकारी गराएको थियो । फरार थुनुवाको खोजतलास भईरहेको समाचार श्रोतले जानकारी दिएको छ । डाँका मुद्धाका उनी २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा कारागार चलान भएका थिए । इलाम कारागारमा यसअघि

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 812 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सम्पदा संरक्षणमा जोड दिनै अवलोकन भ्रमण

    मोरङ / बिराटनगर जेसीजले आफ्नो सम्पदा संरक्षण तथा अवलोकन र प्रबर्द्धन अभियान अन्तर्गत बिराट राजाको दरबार क्षेत्रको भ्रमण गरेको छ । पर्यटनको माध्यमबाट आफ्नो तर्फबाट गर्न सकिने कार्यहरु बारे जानकारी प्राप्त गर्न अवलोकन भ्रमण गरिएको अध्यक्ष अभिनास थापाले जानकारी दिए । बिराटनगरमा अवस्थित बिराट राजाको दरबार संरक्षणका लागि आफ्नो जीवन ब्यतित गरेका संरक्षणकर्मी कमल किशोर यादबको घरमा रहेको प्राचीन सभ्यता बोकेको सामाग्रीहरुको अवलोकन गर्दै उनीबाट सो सम्बन्धी जानकारी लिएको थियो । भग्नावशेष रहेको भेडियारीमा केही समय अघि निर्मित सङ्ग्रालयको भवन निर्माण सम्पन्न भए पश्चात् नेपाली सेनाद्वारा महानगरलाई ह

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा खुुल्यो वडाको तालाबन्दी

    धरान । धरान उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा गरिएको तालाबन्दी आज बाट खोलिएको छ । प्रदेशको नामाकरणमा असहमती जनाउदै पहिचान पक्षधर समुुहले विरोध जनाउदै धरानका २० वटै वडा कार्यालयमा गत विहिबार देखि तालाबन्दी गरिएको थियो । प्रदेशको नाम ‘कोशी’ नामाकरण भएपछि धरानका सबै वडाको ठेगनामा कोशी प्रदेश लेखिएको थियो । आन्दोलनरत पक्षले कोशी प्रदेश लेखिएका बोर्डहरु तोडफोड समेत गरेको थियो । ‘हामीले आम सर्वसाधरणको सुुविधालाई ध्यानमा राखेर आज आइतबारबाट तालाबन्दी खोलिदिएका छौ’ आन्दोलनरत पक्षका नेता अमर इजमले भने हाम्रो आन्दोलनमा गर्नुु भएको सहयोगका लागि सबैलाई धन्यबाद तथा आभारपन

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जोगवनी किमाथांका ६ लेन सडकको निर्माण कार्य सुस्त

    धरान / त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ । समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३९० किमी हो । विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरा

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 804 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला समूहद्वारा निःशुल्क आँखा शिविर

    धरान /  धरान ८ वरगाछी महिला समूहले निम्न आय भएका सर्वसाधारणलाई लक्षित गरी निःशुल्क आँखा चेकजाँच शिविरको आयोजना गरेको छ ।शनिबार धरान ८ नरसिंह मिनिी माकेर्टमा धरान सूर्य आइ केयरको प्राविधिक सहयोगमा निःशुल्क आँखाचेकजाँच, औषधि वितरण र चश्माको चेकजाँच समेत गरेको छ । सूर्य आइ केयरकी आँखा विशेषज्ञ डा. इच्छा जोशीसहितको ६ जनाको टिमले शिविरमा आएकाहरुलाई चेकजाँच गरेका थिए । शिविरबाट १ सय ४५ जनाले सेवा लिएको समूहकी अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनका अनुसार चेक जाँच गराउन बाँकी रहेका ४५ जनालाई सूर्य आइकेयरले आफ्नै केन्द्रमा चेकजाँच गराउने भएको छ । निम्न आय भएकाहरुलाई लक्षित गरी शिविरको आय

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 778 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवोदयमा निःशुल्क मुटुरोग सम्बन्धी परीक्षण

    धरान / धरान १६ मा रहको नवोदय विद्या मन्दिरको प्राङ्गणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहद्वारा निःशुल्क मुटुरोग परीक्षण सम्पन्न गरिएको छ । सो अवसरमा ६२ जनाले परीक्षण गराएका थिए । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त शाहले स्कुलका अभिभावक लगायतको मुटुरोग परिक्षण गरेका हुन् । परिवर्तनका लागि सामाजिक अभियान धरानको आयोजना र नवोदय विद्या मन्दिर बोर्डिङ स्कुल र यु.एन. कलेजको सहकार्यमा ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरेर निःशुल्क मुटु परीक्षण गरिएको थियो ।   सो अवसर।मा मुटुरोग परीक्षणका साथै सुगर परिक्षण गरिएको थियो । स

    • प्रकाशित मितिः चैत १९, २०७९
    • 665 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योग वाणिज्य महासंघमा साहको उमेद्वारी

    धरान / नेपाल उद्योग वाणिज्य महासंघको आगामी चैत्रको अन्तिममा हुने निर्वाचनमा कार्यसमितिको सदस्यमा उमेद्वारी दिने भएका छन् । नेपालउद्योग बाणिज्य महासंघ कोशी प्रदेशको कार्यसमिति सदस्यमा समेत रही काम गरिसक्नु् भएको र सुनसरी उद्योग वाणिज्य संघका पूर्वु अध्यक्ष समेत रहेका साहले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला नगर सदस्यमा उमेद्वारी दिन लागेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको नि र्वाचन आ गामी २ ७ र २८ अधिवेशन हुँदैछ । सोही अधिवेशनमा पूर्वको प्रतिनिधित्व गर्दै साहले सदस्यको उमेद्वारी दिन लागेको जनाएका छन ।उनले देशकै ठुलो र महत्वपूर्ण औद्योगिक करिडोर र औद्यागिक क्षेत्र धरान उपमहानग

    • प्रकाशित मितिः चैत १८, २०७९
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवार एकता समाजको वार्षिक कार्यक्रम सार्वजनिक

    विजयपुर/  धरानमा केन्द्रित रहेको नेवारी समुदायको संस्था नेवार एकता समाज धरानले सामाजिक कार्य र साँस्कृतिक पहिचानलाई विगतदेखि नै जीवन्तता राख्दै आएको छ । नव कार्यसमिति निर्वाचित भएर आएपछि यसलाई अझै विस्तार गर्दै यसको सक्रियता अझै बढाउउने उद्देश्यले ‘वार्षिक कार्यक्रम तथा योजना– २०८०’ सार्वजनिक गरेको छ ।धुलिखेल समाजको कार्यालयमा समाजले पत्रकार सम्मेलन गरी बार्षिक कार्यक्रम तथा योजना सार्वजनिक गरेको हो । केही समय अगाडि भएको निर्वाचनबाट सञ्चारकर्मी महेश श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमितिले गठन भएको छ । सो समितिले गर्दै ११ बुँदे वार्षिक कार्यक्रम तथा योजना प

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 823 पटक पढिएको
    • " स्नेहा श्रेष्ठ"
  • छैटौंँ अन्तर्राष्ट्रिय भरौल गोल्डकप कञ्चनजंघा सेमी फाइनलमा प्रवेश

    नडाहा /  बराहक्षेत्रको भरौलमा जारी छैटौ भरौल गोल्डपको सेमी फाइनलमा पाहुना टोली कञ्चनजँघा फुटबल क्लब सिलगुढी प्रवेश गरेको छ ।बिहीबार भएको दोस्रो क्वार्टर फाइनल खेलबाट आयोजक न्यु स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ५–६ गोल अन्तरले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कञ्चनजंगा सोनम चेप्चाले खेलकोे ३३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा न्युटारका मनिष राईले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए । त्यसपछि दुवै टिमबाटद कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धमेलिएको थियो । टाइब्रेकरमा आयोजक न्य

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 855 पटक पढिएको
    • " दिपक पुरी"
  • न्यायको पहुँच पुर्‍याउन कार्यसम्पादन सम्बन्धी अन्तरक्रिया

    धरानन्यायको पहुच सर्वसाधारणसम्म पुर्‍याउन जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्धन्यायिक निकायको न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रियाको सम्पन्न गरेको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय तहमा भएका न्यायिक समितिमा रहेका संयोजक उपप्रमुख लगायत समितिका सदस्यहरु, सुनसरी जिल्लाका वकिलहरु, प्रहरी प्रशासनको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको र्हो जिल्ला प्रशासन कार्यालयले न्यायमा सर्वसाधारणलाई पहुच पुर्‍याउने अभिभाप्रयले यो कार्यक्रम राखिएको जनाएको छ । कार्यक्रममा सुनसरी जिल्लाका १२ वटा स्थानीय तहका उप्रमुख, सदस्यहरु ल्गायत जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख,

    • प्रकाशित मितिः चैत १७, २०७९
    • 727 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved