मोरङ / धरान उपमहानगरपालिकााक मेयर हर्क साम्पाङ राईलाई व्यवहार सच्याउन नेपाल पत्रकार महासंघ सुनसरीले आग्रह गरेको छ । वैसाख १४ गते कार्यपालिका बैठक बस्न नसकेको विषयमा मेयर साम्पाङलाई जिज्ञसा राख्ने क्रममा उनले ‘तपाई कुन पार्टीको पत्रकार’ सोधेपछि उनले सोधेको प्रश्न व्यवहारिक नभएको भन्दै महासंघले प्रेस विज्ञप्ती प्रकाशित गरेर सच्चिन आग्रह गरेको हो । महासंघ सुनसरीका सचिव ध्रुव ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा मेयर जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले अर्मादित ढंगबाट सञ्चारजगतप्रति गरेको व्यवहारले सञ्चार क्षेत्रप्रति नकारात्मक सन्देश जाने भएकोले यस्ता कार्यले सञ्चारकर्म
पाँचथर/ पाँचथरको सदरमुकाम फिदिममा नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध पहिचानवादीहरुले मसाल जुलुस निकालेका छन् । प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै उनीहरुले विरोधमा मसाल जुलुस निकालेका हुन् । फदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्ने पहिचानवादीहरुले जबरजस्त ढंगबाट ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गर्दै कोशी नाम खारेजीको माग गरेका थिए । मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन र किराँत याक्थुङ
धरान / एम्स एकेडेमीले ‘पहिलो एम्स एसईई फुटसल कप २०८०’ आयोजना गर्ने भएको छ । एकेडेमीले शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने बताएको छ । यही वैशाख २९ र ३० गते आयोजना हुने प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका स्नातक तह संयोजक हेमन्त भण्डारीले जानकारी दिए । त्यस क्रममा कार्यक्रम संयोजक युवराज अधिकारीले प्रतियोगितामा कम्तीमा २० वटा टिम सहभागी हुने अपेक्षा रहेको बताए । प्रत्येक खेलका उत्कृष्ट खेलाडी र प्रतियोगिताभरि उत्कृष्ट प्रदर
धरान / ७१ बर्षका खड्गबहादुर कट्वाल आदर्श मावि चतराका पूर्व शिक्षक । ३७ वर्ष शिक्षण पछि अवकाश भएपछि उहाँ निरन्तर कृषि पेशामा आवद्ध हुनुहुन्छ । स्वदेशै माटोमा केही गर्न रोजगारीको लागि विदेश भौतारिनु नपर्ने उहाँको भनाई छ । १० बर्ष अगाडि शिक्षण पेशाबाट अवकास पाएपछि उहाँले २ विगाहा जग्गामा विभिन्न प्रकारका कृषि उत्पादन गर्दै हुनुहुन्छ । उहाँले रिटायर्ड जीवनलाई पनि व्यस्त र आम्दानी गर्ने माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् । सुनसरीका बराहक्षेत्र २ सप्तकोशीछेउ नजिक उकासस्थित आइबी कोलनीमा आफ्नो जग्गामा कृषिमा निरन्तर लागिरहेको देख्न सकिन्छ । २०७० सालमा शिक्षण पेशाबाट अवकाश पाएपछि उह
मोरङ/ नेपाल अर्बुद रोग बिजेता समाजको आयोजना तथा कोशी प्रदेश प्रहरी श्रीमती संघको सहकार्यमा १ दिने पाठेघर तथा स्तन क्यान्सर रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी श्रीमती संघकी कोषाध्यक्ष श्रीमती सिर्जना नेपाल दाहालको प्रमुख आतिथ्यतमा प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको कार्यक्रममा बिशेष गरी महिला प्रहरी तथा प्रहरी परिवारका सदस्यहरु र कोशी प्रदेश प्रहरी श्रीमती संघका पदाधिकारीहरुका र अन्य प्रहरी गरी १५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल क्यान्सर सरभाईबर सोसाईटीको अध्यक्ष प्रतिमा खनाल, बिराट मेडिकल कलेज टिचिङ हस्पिटलका डा. अस्
मोरङ / मोरङको कानेपोखरी गाउँपालिकाले पालिकाको केन्द्र स्थापनाको लागि भन्दै खरिद गरेको १ विगाहा जग्गामा ‘कमिशन’को चलखेल भएको हुनसक्ने देखिएको छ । जग्गा प्राप्ती ऐन २०३४ अनुसार पालिकाले आव्हान गरेको प्रस्तावमध्ये कम मूल्यको प्रस्तावलाई बिना कारण पाखा लगाएको छ भने खरिद गरिएको जग्गा पनि जग्गाधनीले प्रस्ताव हालेभन्दा बढी मूल्य दिएको पाइएको छ । पालिकाले कानेपोखरी गाउँपालिका वडा नं. ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा (१ विघा) जग्गा २ करोड ५ लाखमा खरिद गरेको छ । पालिकाले जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईंको दर्ता भएको निवेदनलाई भने पाखा
सुनसरी/ एससी प्रिमियर कप क्रकेटमा नेपालले कतारविरुद्ध ६८ रनको फराकिलो जित निकालेको छ ।सन्दिफ लामिछानेले ५ विकेट लिएपछि एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले पराजित सफल भएको हो त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको कतार २५ दशमलव १ ओभरमा ८९ रनमै समेटियो ।कतारलाई सस्तैमा समेट्न लामिछानेले ५, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए । यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४० दशमलब ३ ओभर खेल्दै १ सय ५७ रनमा अलआउट भएको थियो । नेपालका लागि सन्दीप लामिछानेले आउट नभइ सर्वाधिक ४२ रनको योगदान पनि गरे । कप्त
ताप्लेजुङ / गए राति आएको असिना पानीसँगै परेको चट्याङ लागेर ताप्लेजुङमा छोराको मृत्यु भएको छ भने बुबा र आमा गम्भीर घाइते भएका छन् । मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको चट्याङबाट मृत्यु भएको हो भने दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु गम्भीर घाइते भएका हुन् । घाइतहरुको जिल्ला अस्पतालको उपचार भइरहेको मैवाखोला गाउँपालिकाकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए ।
मोरङ / विराटनगर महानगरपालिकाले शुक्रबारदखि खुल्ला रुपमा मासु विक्री वितरणमा रोक लगाउने भएको छ ।महानगरले विक्रीवितरणसँगै अब मासु बध गर्न पनि सुरक्षित वधशालाको निर्माण गर्नुपर्ने प्रावधान अगाडि बढाएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियान अन्तर्गत खुल्ला रुपमा माछामासुको बिक्रीवितरण र अव्यस्थित रुपमा सञ्चालन भएका वधशालालाई नियन्त्रण थालिएको मेयर नागेश कोइरालाले बताए । विहीबार सरोकारवालासँग गरेको छलफल महानगर यो निर्णयमा पुगेको मेयर कोइरालाले जानकारी दिए ।अव्यस्थित वद्यशाला र मासु विक्री वितरणले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै मासु व्यवसायलाई व्यवस्थित गर
विजयपुर / धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबाट पछिल्लो समय सार्वजनिक भएका अभिव्यक्ति प्रति आपत्ति जनाउँदै दलसँग आवद्ध युवाहरुले सच्चिन अनुरोध गर्दै मेयर साम्पाङलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले मेयर साम्पाङले युवाप्रति लक्षित गरी अभिव्यक्त गर्नुभएका गुण्डाको संज्ञा, दलका झोल, झयासझुसे र गुइठे जस्ता गलत शब्द प्रयोग गरेर धरानको गरिमा घढाएको भन्दै युवाहरुले मेयर साम्पाङलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । नेपाली काँग्रेस सम्बद्ध नेपाल तरुण दल धरानका उपाध्यक्ष विक्रम तामाङ, एमाले सम्बद्ध राष्ट्रिय युवा संघ धरानका अध्यक्ष भवानीभक्त दाहाल, नेकपा माओवादी केन्द्र सम्बद्ध