धरान/ शानदार ब्याटिङ गरेपछि नेपाल ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले मंगलबार मलेसियालाई ६ विकेटले पराजित गरेको हो । कुशल भुर्तेलले २५ बलमा ४३, आसिफ शेखले २३ बलमा ३५ र कुशल मल्लले ३४ बलमा ६५ रन बनाएपछि नेपालले १ सय ६६ रनको लक्ष्य १८ ओभरमा पूरा गरेको थियो । नेपालको यो लगातार दोस्रो विजय हो । अघिल्लो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।मलेसियामाथि नेपालको विजयसँगैं ओमान पनि समूह ‘ए’ बाट सेमिफाइनल पुगेको छ । ओमानले पहिलो दुई खेलमा मलेसिया र सिंगापुरलाई पराजित गरेको थियो । नेपाल र ओमान बिहीबार समूह चरणको अन्तिम
विराटनगर/ पाँच दिनदेखि धरानको जङ्गलमा छटपटिएका कैलालीको टिकापुर ६ का ४० वर्षीय कैलाश चौधरीको सफल उपचार भएको छ । चौधरीको विराटनगर स्थित आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको हो । लेभर काम गर्ने चौधरी कामको सिलसिलामा भदौको पहिलो साता तेह्रथुम जाने भनेर घरबाट हिँडेका थिए । उनी भदौ १२ गते सार्वजनिक सवारी साधन चढेर धरानबाट उकालो लागे । भेडेटारदेखि मुनिको जङ्गलमा शौच लागेपछि गाडी रोकेको थिए । शौच गर्न गएका चौधरीलाई रिगाटा चलेपछि जङ्गलको भिरबाट खोल्सीमा झरे । भिरबाट झरेपछि उनी बेहोस भए । दुई दिनसम्म होस आएन । भिरबाट लडेको पाँचौँ दिन जङ्गलमा घाँस काट्न गएका स्थानीयले उनी लडेको देखेपछि उद
धरान/ नेकपा एमाले निकट अखिल नेपाल महिला संघ सुनसरी क्षेत्र नम्बर १ को अध्यक्षमा सबिता राई निर्वाचित भएकी छिन् । सोमबार एमाले धरान नगर कमिटीको सभाहलमा भएको राज्य पुनसंरचना पश्चात्को पहिलो सम्मेलनले अध्यक्षमा राई सहितको ४५ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित भएको हो । समितीको उपाध्यक्षद्वयमा शीला राई, मीना कार्की, सचिवमा सोम कुमारी सुनुवार, सहसचिवमा मैयाँ तिम्सिना आचार्य र कोषाध्यक्षमा विमला जवेगू लिम्बू निर्वाचित भएका हुन् । त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्ती
उदयपुर/ शिलान्यास भएर अलपत्र परेको उदयपुरको चौदण्डीगढी १ रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने दुधकोशी नदीको पुल यसपटक जसरी पनि बन्ने सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डेयन मन्त्री सुदन किरातीले बताएका छन् । मन्त्री किरातीले आफ्नो मन्त्रालय पुल निर्माण गर्ने नभएपनि आपूm यसै क्षेत्रको जनप्रतिनिधि, नेपाल सरकारको सदस्य र भोजपुरवासी भएकोले पुल चाँडै निर्माण हुनु पर्छ भनेर चासोका साथ सम्बन्धीत मन्त्रालयमा पटकपटक धेरै शक्ति खर्च गरेर लागी परेकोे बताए । उनले भने, ‘पुलको डिजाईन गर्दा जमिनमुनी ठूलो ढुंगा परेकोले यो डिजाइनलाई परिवर्तन गरेर अर्को डिजाइन बनाउनु पर्ने भएकोले ढिलो भएकोे हो,
इलाम/ सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्ने आसा बोकेका जनता बर्खाको समयमा लथालिङ्ग बनेका सडक अहिले सम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएसँगै यात्रा कष्टकर बन्ने गरेको हो । चाडबाडको बेलामा समेत भत्किएका सडक मर्मत नहुँदा इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको छ । अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या छ । गाउँ जाने यातायातको संख्या थोरै छन् । एउटै गाडीले दुई तिन पटक यात्रु बोक्नुपर्ने हुन्छ तर बर्खाको समयमा भत्किएका सड
धरान/ लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको
इलाम। इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ। उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए। केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए। केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए। गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री
वराहक्षेत्र/ सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा संकटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा संकटमा परेको हो । वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । कोशी गाउँपालिका ३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ
काठमाडौँ / ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन
धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्स