समाज

    Showing 3,651-3,660 of 6,831 items.
  • हिसान सुनसरीद्धारा तीन पत्रकार शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित

    सुनसरी/  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीले हिसान शिक्षा पत्रकारिता पुरस्कारबाट सुनसरीका तीन जना पत्रकारलाई सम्मान गरेको छ । इटहरी स्थित कस्तुरी कलेजमा हिसान स्पोर्टस मिट २०८० को समापनको अवशर पारेर हिसान सुनसरीले पत्रकारिताको माध्यमबाट शैक्षिक जागरण तथा सचेतना विकास गर्न योगदान पुर्‍याएको भन्दै पत्रकार अर्जुन सुवेदी, भोजराज श्रेष्ठ र जयकृष्ण यादवलाई जनही नगद १० हजार पुरस्कार सहित सम्मान तथा पुरस्कृत गरेको हो । सुबेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन भने श्रेष्ठ ब्लष्टटाईम्स दैनिकका कार्यकारी सम्पादक हुन । यादव गोरखापत्र दैनिकका इनरुवा संवादद

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 532 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप वडा ६ र ७ बराबरी, दोस्रो खेलमा वडा ५ विजयी

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिबार वडा नं ६ र वडा नं ७ को बिच भएको पहिलो खेल बराबरीमा टुङ्गिएको छ । दुवै टिमबाट निर्धारित र अतिरिक्त समयमा एक– एक गोल भए पछि दुबै टिमले १–१ अङ्क बाँडेका थिए । प्रतियोगितामा दुई खेलमा एक खेलमा पराजित र एक खेलमा बराबरी खेलेको वडा नं ६ ले १ अंङ्क जोडेको छ । त्यस्तै दुई खेलमा एउटा खेलमा जित र एउटा खेलमा वराबरी खेलेको वडा नं ७ ले प्रतियोगितामा ४ अङ्क जोडेको छ । खेलमा उत्कृष्ट प्रदशन गरेका वडा नं ६ का गोल रक्षक आयुव बजगाई म्यान अफ द म्याच घोषित

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 627 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘बालबालिकाको स्वास्थ्य र शिक्षा प्रदेश सरकारको प्राथमिकता’

    झापा/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरेको बताएका छन् । साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको बताउदै उनले भने, ‘मैले दश वर्षमुनीका बालबालिकाको निशुल्क उपचारको व्यवस्था गरेर अपराध गरेको छु भन्ने लागेको छैन, धेरै योजना काटिएको भन्दै विरोध हुने गरेको छ, बालबालिकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउनु मेरो अपराध हो ?’ शनिवार झापाको कमल गाँउपालिकालाई बालमैत्री शाषनयुक्त पालिका घोषणा गर्दै सामाजिक विकास मन्त्री समेत रहेका

    • प्रकाशित मितिः माघ २१, २०८०
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागि

    धरान/ मिराकल बास्केटवल क्लवको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ । धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सनिवार हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा धरान, विर्तामोड र तरहरावाट बास्केटवल टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रपीm, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि विजेताले ट्रफी र प्रमाणपत्र प्राप्त गर्न

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १२ औ धरान १० के रनमा जनप्रनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने

    धरान / १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने भएको छ । स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिश्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए । एकै समुहमा रनमा सहभागि भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ । जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्थासँगै विजेता खेलाडिलाई

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 703 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसानको वास्केटवलको उपाधी धरान उच्चलाई

    धरान/ हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ । वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो । हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो । छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए । विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र विरेन्द्र मे

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीको मागको सम्बोधन हुन सकेन

    धरान/  लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् । उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् । झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् । आफूहरुले पाउनै पर्ने बढ

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अध्यादेश फिर्ता लिन एमालेको माग

    मोरङ/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । अध्यादेश फिर्ता गरेर प्रदेशसभा बोलाउन उसले पत्रमा माग समेत गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई पत्र नै पठाएर हालै सरकारले जारी गरेको ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले माघ ६ गते जारी गरेको अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको छ । अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश म

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराटनगर नगरसभाको तेह्रौं अधिवेसन सम्पन्न

    विराटनगर/  विराटनगर महानगरपालिका नगरसभाको तेह्रौं अधिवेशन सम्पन्न भएको छ । बुधबार महानगरको हलमा सम्पन्न नगरसभालाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले सबै नगरसभा सदस्यहरूको साथ र सहयोगबाट विराटनगरलाई सफा, सुन्दर, हराभरा, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेको बताए । आगामी दिनमा नगरसभा सदस्यहरूको अझै प्रभावकारी र रचनात्मक साथ र सहयोग रहने मेयर कोइरालाले विश्वास व्यक्त गरे । उनले सीमित स्रोत र साधनबाट महानगरवासीको असीमित चाहना परिपूर्तिका लागि अहोरात्र खटिरहेको उल्लेख गरे । “सीमित स्रोत र साधनबाट विराटनगरवासीको असीमित आवश्यकता परिपूर्ति गर्नुपर्ने नगरसभा सदस्य सबैक

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिनप्रतिदिन मृगौलाका विरामी बढ्दै

    धरान/  पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ । धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले समुदायमा गएर चेक जाँचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको बताएका छन् । मृगौलामा समस्या देखिएका रोगीलाई रोग भएको पत्तै नपाउने र समस्या आएपछि मात्र थाहा हुने भएकोले शुद्ध खानपान र व्यायमलाई बढी जोड दिन उनले शिविरमा आएकाहरुलाई सुझाव समेत दिदै आएका छन् । मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गएर गर्दै आएका छन् । पछिल्लो समय यस्ता वर्गको उपचार सहज रुपमा होस् भन्ने मुख्य ध्येय लिएर उनल

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 531 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved