समाज

    Showing 351-360 of 5,350 items.
  • दौरा सुरुवालमै लन्डन म्याराथुन दौडेर गिनिज वर्ल्ड रेकर्ड!

    सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालमै लन्डन म्याराथुन २०२५ पुरा गर्दै गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन्। लन्डनमा सम्पन्न विश्वकै प्रतिष्ठित म्याराथुनमा उनले २ घण्टा ५९ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै इतिहास रचेका हुन्। राई धरान रन समूह र नेपाल रन यूके का संस्थापक हुन्। हाल सपरिवार युकेमा बसोबास गरिरहेका राईले गिनिज रेकर्डको प्रयाससहित नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पुर्‍याउने उद्देश्य राखेर दौडमा सहभागिता जनाएका थिए। उनको सन्देश स्पष्ट छ – "खेलमार्फत नेपाली संस्कृति विश्वलाई देखाऔं।" यस अभियानमार्फत उनले जुम्लामा निर्माणाधीन ‘हाई

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 334 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकार र शिक्षक महासङ्घबीच आज पुनः वार्ता, आन्दोलन भने यथावत

    काठमाडौँ/ आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरकारबीच आज दिउँसो पुनः वार्ता हुने भएको छ। बुधबार राति अबेरसम्म वार्ता भए पनि निष्कर्ष ननिस्किएपछि आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा फेरि वार्ता हुने तय भएको हो। महासङ्घका महासचिव तुला बहादुर थापाका अनुसार महासङ्घले अघि सारेको ९ बुँदे प्रस्तावका विषयमा सहमति जुटाउने प्रयास भइरहेको छ। ती बुँदाहरूमा सहमति जुटेपछि पहिलो चरणमा मन्त्रीपरिषद्बाट निर्णय गराउने र दोस्रो चरणमा संसदमार्फत विधेयक पारित गराउने योजना रहेको थापाले जानकारी दिए। यता, वार्ताको प्रयास जारी रहे पनि आन्दोलन भने रोकिएको छैन। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीका अनुसा

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 166 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सशस्त्रलाई छलेर भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला, ४ सय २१ किलो गाँजा बरामद

    धनकुटा/  सशस्त्र प्रहरीको चेकजाँचबाट बच्न खोज्दा भागेको एक कार धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। सो कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरीले जनाए अनुसार चेकजाँचका क्रममा भागेको को २ प १७३४ नम्बरको उक्त कारलाई मुलघाट क्षेत्रबाट नियन्त्रणमा लिन खोज्दा चालक फरार भएका थिए। पछि खोजीका क्रममा नमस्ते झरनामा बेवारिसे अवस्थामा कार फेला परेको हो। दुर्घटनामा परेको अवस्थामा फेला परेको कारको खानतलासी गर्दा १२ वटा पोकामा प्याक गरिएको ४ सय २१ किलो गाँजा भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ। कारका चालक भ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 1,129 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिहानै नालामा भेटियो युवकको शव, मोटरसाइकलसहित दुर्घटनामा परेको आशंका

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका एक युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन्। मृतक धनपालथान–२ निवासी ३७ वर्षीय विजय मण्डल रहेको प्रहरीले जनाएको छ। मण्डलको शव भेटिएको स्थान नजिकै उनी आफैंले चलाउँदै आएका को २१ प १६५६ नम्बरको मोटरसाइकल समेत फेला परेको छ। शव र मोटरसाइकल एउटै स्थानमा भेटिनुका कारण उनलाई मोटरसाइकल दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मण्डलको शव सडकदेखि करिब तीन मिटर तल रहेको नालामा फेला परेको हो। स्थानीयवासीले शव देखेपछि बिहान करिब ६ः१५ बजे प्रहरीलाई खबर गरेका थिए। मोटर

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 472 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नियमित पठनपाठन सुरु गर्न स्थानीय तहको आग्रह

    इलाम/ विद्यालय शिक्षा ऐन जारीको माग गर्दै शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेको मङ्गलवार २८ दिन वितेकोे छ । सरकारले नेपाल शिक्षक महासङ्घको वार्ता टोलीसँग संवाद गरिरहे पनि निष्कर्षमा पुग्न सकेको छैन । यता अभिभावकको दबाबमा इलाममा केही सामुदायिक विद्यालय खुल्न थाले पनि पढाई हुन सकेको छैन । तर इलामका स्थानीय तहले भने तत्काल पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका छन् । इलामका स्थानीय तहले विज्ञप्ति जारी गर्दे पठन पाठन सुरु गर्न अल्टिमेटम दिएका हुन । मङ्गलवार जिल्लाको फाकफोकथुम, माङसेबुङ गाउँपालिका र माई नगरपालिकाले वैशाख १७ बाट पठनपाठन सुरु गर्ने अनुरोध गरेको छ । चुलाचुली गाउँपालिका र इला

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 181 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • देशभर आज अक्षय तृतीया पर्व श्रद्धापूर्वक मनाइँदै

    काठमाडौं/आज देशभर अक्षय तृतीया पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ। वैशाख शुक्ल पक्षको तृतीया तिथिका दिन पर्ने यस पर्वलाई हिन्दू धर्मावलम्बीले विशेष महत्वका साथ मनाउने गरेका छन्। धार्मिक विश्वास अनुसार आजको दिन गरिएको स्नान, जप, तप, दान–पुण्य आदि कर्मको फल 'अक्षय' अर्थात् कहिल्यै नाश नहुने मानिन्छ। यही कारणले आज व्रत बस्ने, सातु, जल, फल तथा अन्न दान गर्ने चलन रहेको छ। शास्त्र अनुसार आजको दिन त्रेता युगको प्रारम्भ भएको, भगवान् विष्णुको छैटौं अवतार परशुरामको जन्म भएको, र शिव–पार्वतीको विवाह भएको विश्वास गरिन्छ। देशभरका मठमन्दिर, तीर्थस्थल र घरघरमा विशेष पूजा–अर्चना गरी पर्व मनाइ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 185 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट हराएको बस विराटनगरमा टुक्रिएको अवस्थामा फेला

    सुनसरी/ धरानबाट हराएको एक बस विराटनगरमा टुक्र्याउँदै कवाडीमा बिक्री गरिरहेको अवस्थामा फेला परेको छ। सुनसरीको धरान–८, दुर्गापथस्थित ग्यारेजबाट बैशाख १२ गते चोरी भएको प्रदेश १–०२–००१–९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर–१२, मंगलबारे चौक नजिकै रोकेर टुक्र्याइएको अवस्थामा भेटिएको हो। बसका पाटपूर्जाहरू भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गर्दै आएकी कवाडी गोदामबाट प्रहरीले बरामद गरेको छ। बसका चक्का, भित्री फलामको रिङ, इन्जिन लगायतका सामाग्री कवाडीमा बेच्न तयारी अवस्थामा थिए। बस व्यवसायी हरेन्द्र चेम्जोङका अनुसार, हराएको बस खोज्दै जाँदा उक्त अवस्

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 5,802 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रतिष्ठानमा राष्ट्रि«य स्तरको अग्नाशय क्यान्सरको सम्मेलन

    धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा अग्नाशयमा हुने क्यान्सरसम्बन्धी एकदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलन २०८१ सालको चैत्र २२ गते प्रतिष्ठानको अडिटोरियम हलमा सम्पन्न भएको हो। ग्याष्ट्रो–इन्टेस्टाइनल सर्जरी विभाग, इन्टर्नल मेडिसिन विभाग तथा ग्याष्ट्रो–इन्टेरोलोजी एण्ड हेपाटोलोजी विभागको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा देशभरका एक सयभन्दा बढी क्यान्सर विशेषज्ञ, सर्जन, रेडिएसन तथा मेडिकल अन्कोलोजिष्टहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनको उद्घाटन प्रतिष्ठानका डीन प्रा.डा. शिवेन्द्र झाले पानसमा बत्ती बालेर गर्नु भएको थियो। स्वागत म

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 388 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय खुलाउन चौतर्फी दबाब ,खुल्न थाले विद्यालय

    इलाम/ शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार भएको भन्दै पठनपाठन सुरु गर्न दबाब बढाएपछि आइतबारदेखि केही विद्यालय सञ्चालनमा आएका हुन् ।इलाम नगरपालिकाले पनि आइतबार एक विज्ञप्ति जारी गरी विद्यालय खुलाउन आह्वान गरेको थियो । इलाम नगरपालिका–३ पुवामझुवास्थित विणापाणी माध्यमिक विद्यालय आइतबारदेखि सञ्चालनमा आएको विद्यालयका शिक्षक विष्णुभक्त भण्डारीले बताए । ‘विद्यालयमा आज केही विद्यार्थी आए, नाम लेखाउने र पुस्तक वितरण गरियो’, उनले भने ।इलाम–१ स्थित नेपालटार माध्यमिक विद्यालय

    • प्रकाशित मितिः वैशाख १६, २०८२
    • 336 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिद्यालयमा पठन पाठन गराउन महालक्ष्मी नपा व्यवस्थापन समितीको माग

    धरान/धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुले विद्यालयमा बिद्यार्थी पढ्न पाउने अधिकारको सुनिश्चित हुनु पर्ने माग गरेका छन् । नगरपालिकाको आम विद्यालय व्यवस्थापन समितीका अध्यक्षहरुले विज्ञप्ती मार्फत यस्तो माग गरेका हुन् । उनीहरुले वैखाख १६ गतेदेखि विद्यालयमा पठन पाठन गर्न गराउनको लागि सम्पुर्ण शिक्षकहरुलाई आव्हान गरिएको छ । विज्ञप्तीमा भनिएको छ,“विगत २०८१ चैत्र २० गते बाट शिक्षक महासंघको आयोजनामा विद्यालय शिक्षा ऐन, निर्माण तथा शिक्षकका विविध समस्याहरू सहितको माग गर्दै काठमाण्डौं केन्द्रीत आन्दोलन आज २७ औं दिन भैसक्यो तर हाम्रा सम्पूर्ण विद्यालयहर

    • प्रकाशित मितिः वैशाख १५, २०८२
    • 605 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved