समाज

    Showing 2,951-2,960 of 6,828 items.
  • कस्तुरी यात्रामा मन डुलाउँदा

    बेलायतमा रहेर साहित्यका क्षेत्रमा चिनिएको नाम हो शान्ति लिम्बु (खिम्दिङ) । उनी बढी जसो कविता, मुक्तक र गीत लेख्छिन् । २०७४ मा उनले. ‘मिलिजुली’ उपन्यास निकालेर आख्यानकारका रूपमा परिचय दिइसकेकी छिन् । सात वर्षपछि उनले काव्य विधामा दोस्रो कृति ‘कस्तुरी यात्रा’ बजारमा ल्याएकी छिन् । यो सङ्ग्रह हाइकु, मुक्तक र गीतहरूको सँगलो हो ।झापादेखि काठमाडौँ हुँदै यूके पुगेकी लिम्बुले आफ्ना आफ्नी छोरीहरू चेरिशा र शान फुङजस्तै आफ्ना दुवै कृतिहरूलाई सन्तान मानेकी छिन् । संयोगले सबैको जन्म बेलायतकै माटोमा भएको छ । प्रवासी बसाइँ भनेको यान्त्रिक जीवन हो । सूचना र प्रविधिको विकास विद्युती

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 1,099 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुग्ध किसानले झण्डै १४ करोड भुक्तानी पाएनन् ५ हजार किसान बिस्थापित हुने अवस्थामा

    धनकुटा/ विकास संस्थान (डिडिसि)बाट धनकुटाका दुग्ध उत्पादक किसानले विगत ९ महिना देखि भुक्तानी पाएका छैनन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघ धनकुटाको तथ्यांक अनुसार गतवर्षको मंसिर १ गतेदेखि २०८१ असार मसान्त सम्म मात्रै डिडिसिले धनकुटा र तेह्रथुमका १७ वटा दुग्ध संकलक सहकारी संस्थालाई १३ करोड ९३ लाख २९ हजार १ सय ७५ रुपैया भुक्तानी दिन बाँकी छ । यी दुग्ध संकलक सहकारी संस्थाले धनकुटा र तेह्रथुमका करिव ५ हजार किसानले उत्पादन गरेको दुध संकलन गरि डिडिसीलाई विक्री गर्दै आइरहेको छ ।  हात्तिखर्कस्थित दु्ग्ध संकलक सहकारी संस्थामा किसानले ल्याएको दुध । तस्बिर: हरिबहादुर लम्जेल, धनकुटा डिडिसील

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 505 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सरकारले टिकटक प्रतिबन्ध हटायो

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ । बुधबार मन्त्रीस्तरमा भएको प्रतिबन्ध हटाउने निर्णयलाई बिहीबार नियमित बस्ने क्याबिनेट बैठकमा पेस गरिएको हो । स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार मन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार टिकटकमा लगाइएको प्रतिबन्ध हटाउने मन्त्रीस्तरको निर्णय गरेका थिए ।पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थ

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट १४ सय केजी गाँजा सहित दुईजना पक्राउ

    धरान/  धरानबाट प्रहरीले १४ सय केजी गाँजा बरामद गरेको छ । धरान १३ स्थित सारंङ्गाबाट प्रहरीले आज (बिहीबार) बिहान ९ बजेतिर १४ क्वीन्टल गाँजा बरामद गरेको हो । १ क्वीन्टलमा एक सय किलोग्राम हुन्छ । यससँगै लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुईजनालाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार को १ ख ४७३३ नम्बरको ट्रकमा लोड गरेर धनकुटातिरबाट ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरिएको हो । ट्रकलाई रोकेर खानतलासी गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा फेला परेको रेग्मीको भनाइ छ । उनका अनुसार मुलाको बोरासँगै सेतो बोराभित्र प्याक

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 1,752 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फरुवाले प्रहार गरि हत्या गर्ने पक्राउ

    इटहरी । सुनसरीको गढीमा हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । भदौ ३ गते सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ थलाहामा स्थानीय ४६ वर्षीय ज्ञानचन्द ऋषिदेवको हत्या भएको थियो ।टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नको खोजी गरिएको थियो । प्रहरीले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार ३० वर्षीय चन्द्र ऋषिदेवलाई पक्राउ गरिएको हो । उनले कोदालो (फरुवा)ले पटकपटक प्रहार गरी टाउको छिनाएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटना

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 403 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा भागवण्डाको लागि मन्त्रालय फुटाउने तयारी

    विराटनगर/ कोशी प्रदेशमा फेरी मन्त्रालय फुटाउने कसरत भइरहेको पाइएको छ । सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको स्वार्थमा आधारित रहेर खर्चको भार बढाउने तथा नेता कार्यकर्ता व्यवस्थापन गर्ने उद्देश्यले मन्त्रालय फुटाउन लागिएको हो । यसले प्रदेशप्रति झन् वितृष्णा बढाउने देखिन्छ । एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुईवटा मन्त्रालय फुटाउने तयारी गरेका छन् । नेपाली कांग्रेसलाई भाग पुर्याएर सरकारमा सहभागी गराउन उनले भौतिक पूर्वाधार विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय फुटाउन लागेका हुन् ।कोशीमा अहिले ९ वटा मन्त्रालय छन् । तीमध्ये भौतिक पूर्वाधार

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सम्पादकीय, मानव–हात्ती द्वन्द्व कम गर्न गुरुयोजना बनाऔँ

    पछिल्लो समय झापा जिल्लामा परम्परागत (रैथाने) हात्तीको सङ्ख्या बढ्दै गएको समाचार प्रकाशमा आएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईको भनाइ समाचारमा आएको छ । २०७५ सालमा हात्तीको सङ्ख्या १०–१२ वटा रहेकोमा अहिले यो सङ्ख्या बढेर ३० पुगेको बताइएको छ । भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती आहाराका लागि यतै बस्न थालेपछि यहाँ हात्तीको सङ्ख्या बढेको हो । यसरी हात्तीको सङ्ख्या बढेपछि हात्ती–मानव द्वन्द्व बढ्न थालेको छ । झापामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीले जनधनको क्

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी लाखौं भक्तजनहरुलाई रथयात्रा सहित परिक्रमा गराइने

    सुनसरी/ सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । बुधबार दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं १० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको अध्यक्ष पंकज हलुवाइले जानकारी दिएका हुन् । दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा प्रत्येक बर्ष मनाउँदै आएको कृष्ण जन्माष्टमी महोत्सब यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखि राधा कृष्ण मन्दिर दुहबीका मूल समितीले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् । कृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागि २ सय १ जनाको मूल

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री

    चतरा/ हाटखोला फुटबल क्लबको आयोजनामा आगामी भदौ १० गतेदेखि आयोजना हुने माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री हस्तान्तरण गरिएको छ । एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेल सामग्री हस्तान्तरण गरेका हुन् । आइतबार हाटखोलास्थित बाइस बिघेमा रहेको हाटखोला खेल मैदानमा अध्यक्ष राईले ५ वटा फुटबलसहित, नेट, फ्लागसहितका खेल सामग्री प्रदान गरे । प्रमुख अतिथि अध्यक्ष राईले माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणलाई एन्फाले अपनत्व लिएको बताए । आगामी प्रतियोगितादेखि खेलाडीहरुको बिमालगायत व्यवसायिक सुरक्षामा ध्यान दिन आग्रह गरे । । प्र

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 515 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपनिर्वाचनको तयारी,कहाँ कहाँ हुदैछ ?

    धरान/ रिक्त रहेको स्थानहरुमा उप निर्वाचन गर्ने तयारी थालेको छ । निर्वाचन आयोगले मंसिर तेस्रो साताभित्र स्थानीय तहको उपनिर्वाचन गराउने तयारी अघि बढाएको हो । आयोगले स्थानीय तहमा रिक्त ३४ पद उपनिर्वाचनको माध्यमबाट पूर्ति गर्न गृहकार्य अघि बढाएको हो। आयोगले प्रधानमन्त्री केपीशर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई स्थानीय तहमा जनप्रतिनिधि रिक्त रहेको विषयमा बिफ्रिङ गरेपछि सो तयारी अघि बढाएको हो।आयोगले सोका लागि मतदाता नामावली अभिलेख अद्यावधिक गराउने तथा नयाँ मतदाता नामावली संकलन कार्य अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी गराउनुभयो। विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता ग

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 438 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved