समाज

    Showing 2,781-2,790 of 6,828 items.
  • ओमनमा दुर्घटनामा परी झापाकी समिता सहित दुई नेपालीको मृत्यु

    युएई/  ओमानमा भएको कार दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । राजधानी मस्कटदेखि झन्डै २ सय किलोमिटर टाढा नीज्वा इज्की रोडमा गएको आइतबार भएको दुर्घटनामा एक महिला र अर्को पुरुषको मृत्यु भएको हो । तिलोत्तमा नगरपालिका रुपन्देहीका नर बहादुर सारुले चलाएको आफ्नै कार सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा सोही कारमा सवार झापाकी समिता बुढाथोकीको पनि ज्यान गएको नेपाली दुतावास ओमानले जनाएको छ । ज्यान गुमाउने सारु ओमानमा रहेको अल सीर कम्पनीमा मर्चनडाइजरको रुपमा सन् २०१८ र समिता त्यहाँ रहेको वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेण्टरमा हेयर स्ट्यालिस्टको रुपमा दुई वर्षदेखि कार्यरत थिए ।

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 1,036 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गरिब नागरिकप्रति जिम्मेवार बन

    केही समययता सुनसरी, मोरङ र झापाका कतिपय स्थानमा सर्वसाधारण नागरिक जङ्गली हात्तीको त्रासबाट आतङ्कित छन् । झापा र मोरङका दक्षिणी क्षेत्रमा अवस्थित केही बस्तीमा त जङ्गली हात्तीको आतङ्क नयाँ होइन । त्यस्ता बस्तीमा जङ्गली हात्तीको आक्रमणबाट थुप्रै नागरिकले ज्यान गुमाइसकेका छन् । केही समययता भने जङ्गली हात्तीको समूह पहाडी क्षेत्रतर्फ देखिन थालेको छ । पहिले जङ्गली हात्तीको आवागमन खासै नहुने क्षेत्रमा पनि जङ्गली हात्तीको आवागमन हुन थालेको छ । धरान–६, पानबारीमा पर्ने माछापुच्छ्रे बस्तीका बासिन्दा पनि हात्ती–आतङ्कबाट पीडित छन् । यहाँ भने पहिल्यैदेखि जङ्गली हात्तीले दुःख दिने गरेका छन् । क

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मठमन्दिरमा आन्तरिक पर्यटक बढे

    धरान/ पूर्वमा अहिले आन्तरिक पर्यटक बढ्न थालेका छन् । धरानमा अहिले आन्तरिक पर्यटकहरु आउन थालेका हुन । नेपालका पूर्वदेखि पश्चिम सम्मका आन्तरिक पर्यटकहरु पछिल्लो समय धरानको विजयपुरमा भेटिन थालिएको छ । सवारी साधन रिजर्व नै गरेर उनीहरु विजयपुर आउने र यहाँको धार्मिक स्थलको अवलोकनसँगै पूजाआजा गरेर फर्किने गरेका छन् । अहिले विजयपुरमा मात्र सरदर दैनिक ५ हजार भन्दा बढी सर्वसाधारण आउने गरेको बताइएको छ । लमजुङकी सुजाता ढकाल । सोमबार विहान बुढासुब्बा मन्दिरमा भेटिनुभयो । इलाम हुँदै इटहरी बसेर धरान आइपुग्नु भएकी उनलाई धरान असाध्यै राम्रो लागेको बताछिन् । पहिलो पटक धरान आएकी ढकालले कहिल्यै नआउनेलाई

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 712 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाँदरले दिएको हैरानीबाट सर्वसाधारण आजित' समस्याको समाधान भएन

    धरान/ धरानमा बाँदर धरानेहरुका लागि टाउको दुखाइको विषय बनेको छ । बादरकै कारण सर्वसाधारण हैरानी भएका  छन् । समधानका लागि विगदेखि नै प्रयास गरे पनि प्रयार निरर्थक भएको छ ।धरानेहरुका लागि बाँदर टाउको दुखाइको विषय बनेको छ । विशेष गरी बजार एरियामा बाँदरले बढी हैरान बनाउने गरेको छ । धरान १४ विजयपुरको नजिकै रहेको जंगलबार्ट बजार झरेका यस्ता बाँदरहरु उग्र हुने गरेका छन् । उग्र भएकै कारण सर्वसाधारणको पकाएको भात खाइदिने, फलफूल चोरेर वाक्कदिक्क बनाइदिने, विक्रीका लागि राखेको कपडाहरु फ्यालिदिने, च्यातिदिने लगाएका समस्या बर्षैदेखिको हो । हुन यो समस्या अहिलेको भने होइन । बर्षौदेखिएको हो । केही सि

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 904 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धनकुटामा थालियो कुकुरको बन्ध्याकरण

    धनकुटा/ धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि विहीबारदेखि सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिए । छाडा छोडिएका कुकुरहरूबाट रेबिज रोगको जोखिम उच्च हुने भएकोले जोखिम न्यूनिकरणका लागि कुकुरको बन्ध्याकरण थालिएको गौतले बताइन् । असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ । ‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रदेशस्तरीय वकृत्वकला प्रतियोगितामा धरानका अनुप दोस्रो

    धरान/  कोशी प्रदेश स्काउट कार्यालयले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा शनिबार मोरङको बेलबारीमा प्रदेशस्तरीय वकृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।  प्रतियोगितामा धरान उपमहानगरपालिकाबाट सहभागी पब्लिक हाइस्कुल स्काउट दलका स्काउट अनुप झा दोस्रो भएका छन् । यसैगरी विराटनगर महानगरपालिकाबाट सहभागी पोखरिया स्काउट दलकी स्काउट रागिनी न्यौपाने पहिलो र लेटाङ नगरपालिकाबाट सहभागी लक्ष्मी स्काउट दलकी स्काउट रक्षा ओझा तेस्रो भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीलाई क्रमशः ७ हजार ७७७, ५ हजार ५५५ र ३ हजार ३३३ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । 

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 750 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि काठमाण्डौ, र धरानलाई

     धरान / तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय सञ्जिवनी फुटसल प्रतियोगिताको उपाधि ओपन रिकभरिङ्ग तर्फ फस्ट स्टेप काठमाण्डौ, भेट्रान तर्फ डिआर एफसि धरान र महिला तर्फ एना समुह धरानले चुमेको छ । सनिवार भएको फाइनल खेलमा ओपन तर्फ फस्ट स्टेपले युनाइटेड फेलोसिप दार्जिलिङ्गलाई ५–१, भेट्रान तर्फ डिआर एफसि धरानले ग्रेस फाउण्डेसन गाङटोकलाई ४–२ र महिला तर्फ ऐना समुह धरानले एक्ट नेपाललाई हराउदै उपाधि चुमेका हुन । महिला तर्फ प्राविधिक कारणले एक्ट नेपाल इटहरी फाइनलमा सहभागिता जनाउन नसकेपछि प्राविधिक टिम र आयोजकले ऐना नेपाललाई विजेता घोषित गरेका थिए । भे्रट्रान तर्फको तेस्रो उपाधिका लागि शुक्रवार

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी यातायात मंत्रालय के गर्दै होला, जिम्मेवारी पर्छ कि पर्दैन ?

    बडा दशैं नजिकिँदै गर्दा यात्रुको अत्यधिक चाप हुने भएकोले संघिय सरकारको यातायात मंत्रालयले सुरक्षित एवं सहज ढंगबाट यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन पटक पटक सरोकारवालसंग छलफल गरेको देखिन्छ तर प्रदेश सरकारको यातायात हेर्ने मंत्रालय के गर्दै होला ? प्रदेश सरकारको काम यातायातबाट राजश्व संकलन मात्र गर्ने हो । कि दशैमा यात्रुको सुरक्षा, सवारीसाधन संचालनको अवस्था, प्रदेश भित्रको सडकको अवस्था,बर्षाले भत्किएको सडक तत्काल मर्मत गर्ने , दुर्घटना रहित यात्रा गराउने आदि बिषयमा छलफल, तैयारी प्रदेश सरकारको जिम्मेवारी पर्छ कि पर्दैन ? जे होस,बर्षाले धेरै ठाउको ग्रामीण सडक जिर्ण भएको छ,सडकको कारण दुर्घटना जोख

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैंमा यात्रुमैत्री सेवा गर्न बुकिङ मजदुरहरुको प्रतिवद्धता

    काठमाण्डौं । दशैं लगायत चाडपर्वका समय यात्रुहरुलाई प्रभावकारी सेवा प्रदान गर्न यातायात मजदुरहरुले प्रतिवद्धता जनाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संले काठमाण्डौं उपत्यका भरीका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरुसंग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरि सबै मजदुरहरुलाई चाडका समय यात्रुहरुहरुलाई सहज र सरल यात्रा गराउने विषयमा प्रतिवद्धता जनाएको हो । शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा काठमाण्डौं उपत्यकाको चक्रपथ आसपासमा रहेका बुकिङ काउन्टरमा कार्यरत मजदुरहरु र चालक सहचालकहरुलाई चाडपर्वका समय यात्रुहरुको सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा साझा प्रतिवद्धता गराइएको छ । संगठनका केन्द्र

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 574 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यौन संबन्ध राख्न नमान्दा विवाद- आमा–छोरा हत्याको हत्या,हत्यारा १५ दिन पछि पक्राउ

    उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा– छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र उनका छ वर्षीया छोरा आरुस थापाको हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो । गत भदौ १९ गते बुधबार राति भएको आमा–छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि आमा छोराकै हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा पत्ता लगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 1,650 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved