समाज

    Showing 1,881-1,890 of 6,698 items.
  • टोखाबाट २० करोड सहित पक्राउ, अभियुक्त सुन तस्करीमा संलग्न रहेको खुलासा

    काठमाडौं/  काठमाडौंको टोखा नगरपालिका–१ झोर क्षेत्रबाट २० करोडभन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार भोटेकोशी गाउँपालिका–१ का कुसान लामा सुन तस्करीमा संलग्न रहँदै आएका थिए। उनी २०७३ सालमा ७ किलो सुनसहित पक्राउ परेका थिए र पाँच वर्ष जेल सजाय भोगेपछि २०७८ सालमा छुटेका थिए। तर, उनी पुनः सुन तस्करीमा सक्रिय भएको पाइएको छ। गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उनलाई २० करोडभन्दा बढी रकमसहित पक्राउ गरेको हो। पक्राउ

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 484 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोरङको धनपालथानमा भीषण आगलागी, दुई बालबालिकाको मृत्यु

    विराटनगर/  मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार (आज)दिउँसो धनपालथान–६, कदमा गाउँमा सुरु भएको आगलागीले अहिलेसम्म ८ घर जलेर नष्ट भइसकेको छ। स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार जलेर मृत्यु हुने बालबालिकाको परिचय खुल्न सकेको छैन। मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीका अनुसार चर्को घाम र हावाहुरीका कारण आगो नियन्त्रणमा समस्या भइरहेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 599 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु निर्वाचन : पिण्डेश्वरमा सर्वसम्मत ढंगबाट नेतृत्व चयन

    धरान/ चैत्र ५ गते देशभरका आंगिक क्याम्पसहरुमा विद्यार्थीहरुले नयाँ नेतृत्व चयन गर्दैछन् अर्थात देशभरका आंगिक क्याम्पसहरुमा चुनाव हुदैछ । धरानमा रहेका आंगिक क्याम्पसहरु महेन्द्र वहुमुखी क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पसमा चुनावी सरगर्मी बढिरहेको छ । धरानका तीन वटा क्याम्पसका चुनावी सरगर्मी बढिरहेका बेला धरान १४ मा रहेको पिण्डेश्वर विद्या पीठमा भने निर्वाचनकै अघिल्लो दिन सोमबार सर्वसम्मत ढंगबाल नेतृत्व चयन भएको छ । निर्वाचन समितिका संयोजक कृष्ण गोपाल अधिकारीका अनुसार अधिकांश पदाधिकारी नेपाली काँग्रेस आवद्ध नेपाल विद्यार्थी संघ र नेकपा एमाले सम्बद्ध अखिल नेपा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अब एकै दिनमा राहदानी

    विराटनगर/ जिल्ला प्रशासन कार्यालय मोरङले राहदानी सेवा प्रवाहका लागि लागू गरेको टोकन प्रणाली हटाएको छ । सेवालाई चुस्त दुरुस्त बनाउँदै राहदानी वितरण प्रक्रियालाई प्रभावकारी बनाउन टोकन प्रणाली हटाइएको कार्यालयले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेले अहिले राहदानीको सेवालाई सहज बनाइएको बताए ।‘यसअघि टोकन प्रणाली लागू गरिएको रहेछ । टोकन प्राप्त गरेका सेवाग्राहीले २ महिनापछि मात्रै ‘बायोमेट्रिक’ गराउन पाउने रहेछन्,’ उनले भने, ‘तत्काल काम नभएपछि सेवाग्राही निराश भएर फर्किनुको विकल्प थिएन । तर, टोकन प्रण

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 490 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्ववियु निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु,धरानमा कस्ले मार्ला बाजी ?

    धरान/  त्रिभुवन विश्वविद्यालय अन्तर्गत धरानका तीन क्याम्पसमा (स्ववियु) निर्वाचन सुरु भएको छ । महेन्द्र बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार), र पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरू स्ववियु नेतृत्व चयनका लागि मतदान गर्दै छन्। महेन्द्र क्याम्पसमा गठबन्धन प्यानल बलियो महेन्द्र क्याम्पसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा एमाले निकट अनेरास्ववियुबीच गठबन्धन बनेको छ। गठबन्धनको तर्फबाट प्रसान राई सभापतिको उम्मेदवार छन्। सचिवमा पवन बस्नेत, कोषाध्यक्षमा आलोक लिम्बु तथा प्रत्यक्ष सदस्यतर्फ ज्ञानेश राई, निरज राई, अस्मिन लिम्बु, स्मृति

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दुुईपक्षिय भिडन्तमा कस्ले र्माला बाजी ?

    धरान/ धरान स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले तातिएको छ ।धरानमा रहेका चार वटा क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भोली अर्थात चैत्र ५ गते हुदैछ । धरानमा रहेका चार वटा क्याम्पस मध्ये तिन वटामा विभिन्न दल विच गठबन्धन भएको छ ।पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा कसैको पनि गठबन्धन भएको छैन।धरानमा रहेको केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारमा यो पटकको स्ववियु निर्वाचनको माहोल विगत भन्दा फरक भएको छ । केन्द्रिय प्रविधि क्यामपस हात्तिसारमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुु,नेपाली काङग्रेसको विद्यार्थी संगठन नेविसघं र एकीकृत समाजबादी अनेरास्ववियूू सयुक्त प्यानल बनाएर अगाडी बढ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट प्रतियोगिता हुँदै

    काठमाडौं/ उद्यमशीलता प्रवद्र्धन र नवप्रवर्तनलाई प्रेरित गर्ने उद्देश्यले एलिसन हस्पिटालिटी प्रालिले नेपालमै पहिलो पटक इन्जिनियरिङ विद्यार्थीबीच पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी वैशाख १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने उक्त प्रतियोगितामा सिभिल तथा आर्किटेक्चर अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन सक्नेछन्। कन्सेप्ट पेपरका आधारमा छनोट प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूले कन्सेप्ट पेपर पेस गर्नुपर्नेछ। प्राप्त आवेदनमध्येबाट उत्कृष्ट १० वटा कन्सेप्ट छनोट गरी प्रतिस्पर्धामा सहभागी गराइनेछ। आयोजक संस्था एलिसन हस्पिटालिटी प्रालिकी अध्यक्ष एलिना मगरका अन

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उपभोक्ता हितको रक्षा आवश्यक

    मार्च १५ का दिन संसारभरि नै विभिन्न कार्यक्रम गरेर विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । यस वर्ष पनि चैत २ (मार्च १५) मा ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता हित संरक्षणको दिगो आधार’ नाराका साथ यो दिवस विश्वभर मनाइएको छ । सन् १९६२ मार्च १५ मा अमेरिकी कङ्ग्रेसबाट सुरक्षा, छनोट, सुनुवाइ र सूचना चारवटा अधिकार पारित भएको दिनको सम्झनास्वरूप यो दिवस मनाउन थालिएको हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन थालिएको छ तर एक दिन दिवस मनाएर मात्र दिवसको उद्देश्य पूरा हुँदैन । मूल विषय त उपभोक्ता अधिकार र हितको संरक्षण हो । उपभोक्ताको मौलिक अधिकारलाई संविधा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 563 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भेडेटारको स्काई वाक टावरले होटल व्यवसायमा सुधार

    धनकुटा/  धनकुटाको पर्यटकीय नगरी भेडेटारमा गत साउनदेखि सञ्चालनमा आएको स्काई वाक टावरले यहाँका होटल व्यवसायीलाई राहत प्रदान गरेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण प्रभावित भएको होटल व्यवसाय टावर सञ्चालनपछि सुधारोन्मुख भएको व्यवसायीहरूको भनाइ छ। होटल व्यवसायीहरू आशावादी होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठका अनुसार, “कोरोना अघिको जस्तो व्यापार छैन, तर स्काई वाक टावर बनेपछि कोरोनाकालको तुलनामा राम्रो भएको छ।” १८ वर्षदेखि होटल व्यवसायमा रहेका श्रेष्ठले व्यापार बिस्तारै उकालो लाग्ने विश्वास व्यक्त गरे। यस्तै, होटल लावती कर्नरका सञ्चालक लीलाराज लावतीले पनि महामारीपछि सुस्ता

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 807 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोलि स्ववियु निर्वाचन: ९० कलेजमा सर्वसम्मत नेतृत्व, १६ कलेजमा निर्वाचन अवरुद्ध

    काठमाडौं/  त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार (चैत ५ गते) हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अघि नै देशभरका ९० कलेजमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ। तर, त्रिवि केन्द्रीय क्याम्पससहित १६ वटा आंगिक क्याम्पसमा भने विभिन्न विवादका कारण निर्वाचन स्थगित भएको छ। त्रिवि खेलकुद तथा विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीका अनुसार ४८ आंगिक र साढे तीन सयभन्दा बढी सम्बन्धन प्राप्त कलेजमा निर्धारित मितिमा निर्वाचन हुनेछ। काठमाडौंको महेन्द्ररत्न क्याम्पसमा विद्यार्थीहरू निर्वाचन व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने विषयमा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved