धरान/ सोमबार हुने भनिएको धरान उपमहानगरपालिकाको १५ औं नगरसभा हुन सकेन । नगरसभामा नयाँ आर्थिक बर्षको नीति ,कार्यत्रक्रम तथा बजेट विना नै नगर प्रमुख हर्कराज राईले नगरसभाको उद्घाटन गर्न खाजेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले बहिस्कार गरेपछि नगर सभा स्थगित भएको हो । नेकपा संसदीय दलका नेता नरेश इवारमका अनुसार नयाँ आर्थिक बर्षको नीति कार्यक्रम तथा वजेट नल्याई नगरप्रमुखले सभा उद्घाटन गर्न मात्रै खोजेपछि नगर सभा स्थगित गरिएको हो । उनले भने,‘हामीले नगरसभा बहिस्कार गरेका होइनौं,नगरप्रमुखले नै नियम तथा नीतिको उलंग्घन गरेका हुन्,नीति तथा कार्यक्रम वजेट विना कसरी हुन्छ,हामी प्रक्रिया
धरान/ देशमा संघीयता आएसँगै धरानस्थित पशु सेवा शाखा स्थानीय तह मातहत सञ्चालन भएको छ । सर्वसाधारणको सहजताका लागि कृषकको जीवन स्तर उकास्न विभिन्न कार्यक्रम पनि ल्याएको छ । तर कृषकले स्थानीय सरकारले सञ्चालन गरेको आभाष भने गर्न पाएका छैनन् ।पशुमा लाग्ने रोगको निराकरणसँगै पशुपालक कृषको जीवन स्तर उकास्ने उद्देश्यले स्थापना भएको पशु सेवा शाखाले धरान उपमहानगरपालिकाभित्र रहेका पशु कृषकलाई पर्ने समस्याको समाधान गर्दै आएको छ । विगतमा संघीय सरकारमार्फत सञ्चालित पशु सेवा शाखा अहिले स्थानीय सरकार मातहतमा सञ्चालन भइरहेको छ । पशु सेवा शाखा केही बर्ष अगाडि संघीय सरकार मार्फत धरान ८ बगरगाछीमा सानो क
धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको समग्र विकासमा मिलेर अगाडि बढ्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ध्यानाकर्षण गराएका छन् । सोमबार उपमहानगरपालिकाकाका प्रमुख राईलाई ध्यानाकर्षण बुझाउदै काँग्रेस नगर समितिले ध्यानकर्षण गराएको हो । नगरका सभापति श्याम पोख्रेलेको नेतृत्वमा मेयर राईलाई ध्यानकर्षण बुझाउदै धरान आफ्नो श्रम, सीप लगानी र मेहेनतले निर्माण गरेको शहर भएकोले विगतदेखि नै जनसहभागिताको सहरको रुपमा चिनिएको बताएका थिए । उनीहरुले धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवम् धार्मिक रुपमा सद्भाव कायम गर्दै भाईचारा, भातृत्व र विकास निर्माणको उदाहरण बन्न मे
विराटनगर/ महिला पत्रकारहरूलाई पत्रकारिता पेसामा टिकाई राख्न सरकारले विशेष पहल गर्नुपर्ने एक कार्यक्रममा सहभागीहरूले बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा सञ्चारीका समूह कोशी प्रदेशले आयोजना गरेको पत्रकार महिलाहरूको क्षमता विकास अभिमुखीकरण कार्यक्रमका सहभागीले महिला पत्रकारको रोजगारीको ग्यारेन्टी गर्नु पर्ने बताए । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सञ्चार ऐन छिट्टै ल्याई पत्रकारहरूको हक, हित र सूचनाको अधिकार स्थापित गरेर जाने प्रतिबद्धता जनाए । अहिले पत्रकारिता अप्ठ्यारो अवस्थामा रहेको बताउँदै अधिकारीले त्यसको लागि सबै क्षेत्र लाग्नु प
मोरंग/ कोशी प्रदेशको बजेट छलफलमा मुख्यमन्त्री र मन्त्रीहरुकोे चर्को आलोचना भएको छ। शुक्रवार रातीसम्म चलेको कोशी प्रदेश सभाको बैठकमा प्रतिपक्षी सांसदले भन्दा सत्ता पक्षीय सांसदले बजेटको आलोचना गरेका छन् । ७ घण्टा बढी चलेको प्रदेश सभाको बैठकमा सांसदहरूले सरकारले ल्याएको बजेट मन्त्रीका क्षेत्रमा मात्र केन्द्रित भएको बताएका हुन् । कोशी प्रदेश सभामा सबै भन्दा लामो बैठक शुक्रवार नै चलेको थियो । बजेट माथिको छलफलमा बोल्ने अधिकांश सांसदले सरकारले ल्याएको बजेट कुनै पालिका लक्षित, मन्त्रीको घर वरिपरि र आफ्नो कार्यकर्ता रिझाउने गरी आएको भन्दो आलोचना भएको हो । पूर्वाधार विकास मन्त्री गणेश उप्रेतीले
धरान/ पञ्चायती शासन व्यवस्थाका समय ज्यानको बाजी थापेर संगठन निर्माण गर्ने अग्रजहरुको सम्मान र इतिहासको सम्झना गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आइतबार सांझ देशव्यापी दिप प्रज्वलन गरेकोछ । धरानमा पनि सांझ ७ बजे भानुचोकमा संगठनको ४५ औं स्थापना दिवसको सन्दर्भ पारेर दिप प्रज्वलन गरेको हो । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको उपस्थितिमा सयौँको संख्यामा मजदुरहरुको सहभागीतामा दिपप्रज्वलन गरि अग्रजहरुको सम्मान र इतिहासको सम्झना गरिएको हो । धरानको मुख्य चोकमा रहेको भानुभक्तको शालिक अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको लोगोलाई रंगीविरंगी अविरको सहायतामा कलात्मक लोगो बनाइ दिप
धनकुटा/ दलित समुदायले अपनाउँदै आइरहेको परम्परागत पेशाको संरक्षणमा राज्यले पर्याप्त ध्यान दिन नसकेको धनकुटामा रहेका दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले दुःखेसो गरेका छन् । शनिबार दलित विकास केन्द्र नेपाल र राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशले धनकुटामा आयोजना गरेको दलित समुदायको परम्परागत सीप, कला र संस्कृतिको संरक्षण एवम् दलित सवाल विषयक अन्तरक्रिया कार्यक्रममा धनकुटाका अगुवाहरुले तीनै तहका सरकारले ध्यान नदिएको गुनासो गरेका हुन् । ‘दलित समुदाय सीप, कला र संस्कृतिका धनी छन् । तर उनीहरु राज्यको मूलधारबाट पाखा पारिएका छन्’ दलित समुदायका अगुवा गोपाल विश्वकर्माले भन
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ११ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल बितरण गरेको छ । शुक्रवार मधुवन स्थित बडा कार्यालयमा एक अैापचारिक कार्यक्रम आयोजना गरेर वडामा रहेका १७ जना स्वास्थ्य स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई वडा अध्यक्ष कृष्ण कुमार महतोले साइलक हस्तान्तरण गरेका हुन् । वडा सचिव पंकक रामका अनुसार वडाको १ लाख ४३ हजार बजेटबाट स्वयंसेविकाहरु र एक जना वडाको सरसफाई कर्मचारीलाई साइलक उपलब्ध गराईएको हो । ग्रामिण इलाका तथा सामाजिक तथा आर्थिक रुपमा बिपन्न परिबारको घर- घरमा पुगेर वालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा स्वास्थ्य स
धरान । श्री सरस्वती बाल आश्रमका बालबालिकाहरुलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले खाना खुवाएकोछ । शुक्रबार धरान ३ स्थित आश्रममा २५ जना बालबालिकाहरुलाई खाना खुवाएको हो । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४५ औँ स्थापना दिवसको अवसरमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई सहितका नेताहरुको उपस्थितिमा संगठन धरान उपमहानगर कमिटीले बालबालिकाहरुलाई खानपान तथा फलफूल वितरण गरिएको हो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, संगठन कोशी प्रदेश सदस्य दुर्गा खतिवडा, जिफन्ट धरान अध्यक्ष शमसेर बर्देवा, संगठन धरान अध्यक्ष किरण थापा, सदस्यहरु कुविर श्रेष्ठ, लेखराज थापा, चेतराज दाहाल र सल्
धनुषा/ धनुषा र सिरहालाई जोड्ने कमला पुल नबन्दा सिरह र धनुषाबासीलाई सास्ती हुँदै आएको छ । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिए तर म्याद सकिन एक हप्ता बाँकी रहँदासम्म पुल निर्माणको काम भएको छैन । वर्षा सुरु भएसँगै बाढीको जोखिम बढेकाले पुल निर्माण यस वर्ष सम्पन्न हुन नसक्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामका निर्देशक कृष्णकुमार महतोले बताए । मधेस प्रदेशको ‘लाइफ लाइन’ मानिने कमला पुल चार सय ७० मिटर लामो छ । विसं २०६८ जेठ ३१ मा ४२ महिनाभित्र निर्मा