विराटनगर । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी द
सुनसरी/ सरोकारवाला निकायले वास्ता नगरेको भन्दै बिरोध प्रदर्शन सहित स्थानीयहरुले उद्योग बन्द गर्न माँग सहित उद्योगको गेटमा नाराबाजि सुरु गरेका छन् । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन गर्दै बिरोध प्रदर्शन मुखमा कालो पट्टि बाधेर नारावाजी सुरु गरेको स्थानीय छालाफ्याकट्री पिडित संघर्ष समितिका अध्यक्ष सुरज कुमार पासवान जनाएका छन् । - शब्द तस्बिर चन्दन रौनियार दुहबी
दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै रुष्ट बनेका छन् । प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रदुषण नियन्त्रण नगरे उनीहरुले उद्योग बन्द गरिदिने चेतावनी समेत दिएका छन् । स्थानीयहरुले सो उद्योग छेउमा सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा
धरान/ अनेरास्ववियु क्रान्तिकारीकाे दोस्रो कोशी प्रदेश सम्मेलन भोलि भाद्र २५ धरानमा हुने भएको छ। धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्रान्तिकारीले भाद्र २५ र २६ गते २ दिन सम्म प्रदेश सम्मेलन गर्ने क्रान्तिकारी काेशी प्रदेश अध्यक्ष हेमन्त राईले जानकारी दिए। धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ। सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराकासाथ काेशी प्रदेशभेला हुने अध्यक्ष राईले बताए। उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस रा
धरान/ काठमाण्डौको माइतीघर स्थित मण्डलामा दलित अधिकारकर्मी खगेन्द्र सुनारले संवैधानिक हक बमोजिम राज्यका निकायहरूमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै ‘दलितलाई खै’ भनेर गरेको दबावमुलक आन्दोलनलाई सुनसरीको धरानमा प्रधान कार्यालय रहेको विश्वकर्मा कल्याण सेवा समिती धरानले ऐक्यबद्धता जनाएको छ । समितीले एक विज्ञप्ती जारी गरेर सुनार लगायत अधिकारकर्मीहरुले गरेको आन्दोलनलाई समर्थन गर्दै आन्दोलन प्रति एक्यवद्धता जनाएको हो । अध्यक्ष खड्ग कोइराला र महा सचिब घमानसिंह बराईलीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,“सुनार लगायतले गरेको दलितलाई खै भन्ने ब्यानर सहित दलितको पक्षमा आन्दोलन ग
धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ । नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व प
धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु
इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो । अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए
इटहरी । इटहरी उपमहानगरपालिकाले भुक्तानी नदिएपछि सर्वसाधारणहरू आन्दोलित बनेका छन् ।शनिबार यहाँस्थित भुक्तानी नपाएका उपभोक्ताहरूको संघर्ष समितिले उपमहानगरअगाडि विरोध प्रदर्शन गरेका हुन् ।आर्थिक वर्ष २०८१÷८१ को नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् । संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले इटहरीको विकासमा उपभोक्ता समितिको भूमिका महत्वपूर्ण भएपनि उपमहानगरले अवमूल्यन गरेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताए ।‘उपभोक्ताहरूले पटकपटक रकम भुक्तानीका लागि नगर प्रमुख हेमकर्
जनकपुर । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले सडक दुर्घटना न्युनिकरण प्रदेश सरकारको प्राथमिकतामा रहेकाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको अभियानमा सहयोग र सहकार्य गर्ने बताएका छन्। शनिबार मन्त्री आवासमा संगठनका अध्यक्ष भीमज्वाला राई सहितको प्रतिनिधि मण्डलले सडक दुर्घटना महामारी झै भइरहेको प्रत्येक दिन सातदेखि आठजनाको ज्यान सडक दुर्घटनामा गइरहेको र प्रत्येक दिन ४० जना नागरिक सडक दुर्घटनामा घाइते भइरहेको तथ्य प्रस्तुत गर्दै यसलाई रोक्न नीति र व्यवहारिक सुधारको जरुरी रहेको सुझाइएको थियो । कुराकानीका क्रममा मन्त्री यादवले सडक सुरक्षा जनताको सुरक्षासंग जोडिएकाले प्रदे