काठमाडौं/ आगामी मंसिर १६ गते तय भएको स्थानीय तहको उपनिर्वाचनमा मंसिर १५ सम्म १८ वर्ष पुगेकाले मतदान गर्न पाउने भएका छन् । आयोगको बुधबार बसेको बैठकले २०८१ भदौ ३१ सम्म मतदाता नामावलीमा नाम दर्ता भएका र आगामी मंसिर १५ गतेसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदान गर्न पाउने निर्णय गरेको हो । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षको पदमा पदपूर्तिका लागि आगामी मंसिर १६ गते आइतबार उपनिर्वाचन गर्ने सरकारले निर्णय गरिसकेको छ । उक्त उपनिर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली अद्यावधिक प्रक्रि
काठमाडौं/ नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पुर्याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ । २०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग
काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनसम्ममा १० लाख सदस्य पु¥याउने योजना बनाएको छ । केही दिनअघिको सचिवालय बैठकद्वारा पारित वार्षिक कार्ययोजनामा मतदातको ६ प्रतिशत पार्टी सदस्य बनाउने योजना अघि सारिएको छ ।२०८१ को पार्टी सदस्यता नवीकरणको समयावधि समाप्त भएको छ । भदौ मसान्तभित्र तोकिएअनुसारको ढाँचामा सदस्यता शुल्क, लेबी र विशेष सहयोग बुझाई नवीकृत र नयाँ सदस्यहरूको सूची केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गर्ने, ०८२ को सदस्यता नवीकरणको काम वैधानिक व्यवस्थाअनुरूप समयमै सम्पन्न गर्ने र त्यसका लागि सम्बन्धित सबै कमिटीले सदस्यता नवीकरण र विस्तारको कामलाई वार्षिक कार्ययोजनाको अंग बनाई लाग
धरान/ नेपाल सरकारले संविधान दिवस राष्ट्रिय दिवस, २०८१ लाई तीन दिनसम्म विभिन्न कार्यक्रम गरी विशेष रुपमा मनाउने भएको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई सदाझैँ स्मरणीय र हर्षोल्लासका साथ दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ भने मूल समारोहका कार्यक्रमको प्रभावकारी व्यवस्थापनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । समितिले आगामी असोज २, ३ र ४ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावलीलगायत कार्यक्रम गर्ने तथा असोज ३ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । देशले इतिहासमै
धरान/ झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतबाट पक्राउ पूर्जी जारी भएको छ । प्रसाईलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले बुधबार प्रहरीलाई अनुमति दिएको हो । उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको जनाइएको छ । अदालतले प्रसाईंसहित बागलुङ, बडीगाडका जीवन पाण्डे र धादिङ सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको छ । उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको स्रोतले जानकारी दिएको छ । पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरू विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते सरकारबाट बाहिरिएको माओवादी केन्द्रले यही भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । कोशी प्रदेशमा नेपाल कप्युनिष्ट पार्टी (एमाले)को नेतृत्वमा बनेको कांग्रेससहितको सरकार बनेको छ । संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । क
धरान/ आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अध्यक्षतामा बसेको बैठकले जनजाति आन्दोलनका तीनजना अगुवालाई उपाध्यक्षका लागि सिफारिस गरेको हो । सोमबार बसेको बैठकले प्रतिष्ठानको उपाध्यक्षमा ताप्लेजुङका पासाङ शेर्पा, गोरखाका रेशम गुरुङ र मुस्ताङकी टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको हो । सिफारिस भएकामध्ये पासाङ नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य हुन् ।त्यस्तै रेशम तमु छोँझ धिका पूर्व अध्यक्ष हुन् भने टासी संविधान सभा सदस्य हुन् । पासाङ शेर्पा
यति खेर ‘पहिचान पुरस्कार’को उत्कृष्ट ८ कृति सार्वजनिक पश्चात् बजार तातेको छ । खासमा मै हुँ भन्ने कविहरुले खास बजार तताएका छन् । तलका कविहरुलाई चै “कागलाई बेल पाक्यो हर्ष न बिस्मात“ भने झैँ छ । जो त्यहाँसम्म पुगेर आफ्नो कुरा पस्कने ल्याकत राख्दैन । पुरस्कार पाउन त परको कुरा भै हाल्यो । आजसम्म धेरै कविहरुको भाषण सुनेको छु मैले पनि । “पुरस्कार पाउँला भनेर कहिले लेखिएन । “, “पुरस्कार पाउनु ठूलो कुरा होइन“ जस्ता आदर्शका भाषणहरु । तर अहिलेको सरगर्मी तातिएको देख्दा सबैभन्दा आकाङ्क्षी त कवि लेखकहरु नै देखिन्छ । विशेष गरेर “लैङ्गकि विभेद भयो&ldqu
ताप्लेजुङ/ ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एक वर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा वडाबाट प्रवाह हुने सेवा तथा विकासका गतिविधि प्रभावित भएको गुनासो गरेका छन् । वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए । त्यसपछि कार्यवाहक अध्यक्षमार्फत वडाका काम गरिए पनि स्थानीयवासीले विकासको गति सुस्त भएको गुनासो गरेका हुन् । वडाअध्यक्षको खोजी गरेर वडा कार्यालयमा कार्य सम्पादन गर्न माग राख्दै गत असोज ५ गते स्थानीयवासीले गाउँपालिका अध्यक्षलाई ज्ञापनपत
धरान । कोशी प्रदेशमा नेपाली कांग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछु, । सभापति थापाले भने, त्यो भयो भने हामी आज (विहीबार) ९ बजेसम्म सरकार गठन गरिसक्छौं।’ थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय ह