राजनीति

    Showing 561-570 of 1,945 items.
  • धरानका जनप्रतिनिधि मण्डल काठमाण्डौंमा

    काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रचण्डसँग मनका कुरा!!राजाबादी नेता रविन्द्र र प्रचण्डको भेट

    हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ। त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः # यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु। # पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रह

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 745 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आपुर्ति मन्त्री भण्डारीको निर्देशन : टेंकर चालकलाई दोब्बर जरिवाना नगराउ

    काठमाण्डौं/  टेंकरमा लकिङ प्रणालीको सुरु भएपछिपनि इन्धन कमहुँदा चालकलाई दोब्बर जरिवाना गराउने नीति अन्त्य भएकोछ । त्यस्तै इन्धन ढुवानी सम्झौता गर्न पाँचवटा टेंकर हुनुपर्ने विधि अन्त्य गर्दै एउटा मात्रै टेंकर हुनेले पनि सम्झौता गर्न पाउने भएकोछ । सोमबार मन्त्रालयमा भएको सरोकारवालाहरुको छलफलमा टेंकर चालकलाई गरिने दोब्बर जरिवाना हटाउँदै तापक्रमको फरकबाट इन्धनमा घटबढ हुँदा मजदुरहरुलाई दायित्व बहन नगराउन (फुल टेम्प्रेचर दिन) र इन्धन ढुवानीकर्ता बन्न चाहने स्वरोजगार मजदुरहरुलाई विना धरौटी व्यक्तिगत सम्झौता गर्ने व्यवस्था गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीका मेयर विरुद्ध उपमेयर सहित जनप्रतिनिधि उच्च अदालतमा

    सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल एक्लिएका छन् । उपमेयर सहितको जनप्रतिनिधी उच्च अदालतमा मेयर पौडेल विरुद्ध उच्च अदालत पुगेका छन् । पौडेल विरुद्ध उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराए भने रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्न

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 1,188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालयमा चुनाब : माओवादीसँग काँग्रेस–एमाले पराजित

    विराटनगर/ मोरङको कानेपोखरी १ होक्लाबारीमा रहेको श्री माध्यामिक विद्यालय होक्लाबारीको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा माओवादी समर्थकको प्यानल विजयी भएको छ ।विद्यालय व्यवस्थापन समितिको निर्वाचनका लागि काँग्रेस–एमाले एकातिर र माओवादी एकातिर रहेर प्रतिस्पर्धा भएको थियो । समितिका चार सदस्यका लागि आइतबार भएको निर्वाचनमा तीन वटा प्यानलले प्रतिस्पर्धा गरेको थियो । व्यवस्थापन समितिको निर्वाचनका लागि ३०३ जना मतदाता थिए । जसमध्ये २१३ मत खसेको थियो । जसमा माओवादी केन्द्रनिकटका उम्मेद्वारहरुले १२२ मत ल्याएर विजयी भएका हुन् । जसमा डिकबहादुर भण्डारी, माया श्रेष्ठ, दिननाथ ठाकुर र मुखी मुर्

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 487 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपी प्रतिष्ठानको बिद्यार्थी नेता चुनिए (को को भए नेता ?(हेर्नुहोस)

    धरान । विद्यार्थी कल्याण समाज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अध्यक्षमा नवराज कुमार देव निर्वाचित भएका छन् । महासचिवमा भने सुविन कुमार साह निर्विरोध निर्वाचित भए । प्रतिष्ठानमा एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत देव निकटतम प्रतिद्वन्द्व लाई २ सय ५२ मतले पछि पार्दै २ वर्षे कार्यकालको लागी समाजको अध्यक्षमा निर्वाचित भएका हुन् । । शनिवार प्रतिष्ठानमा भएको समाजको निर्वाचनमा अध्यक्षका लागी ७ जनाले प्रतिस्पर्धा गरेका थिए । देवको निकटतम प्रतिद्वन्द्वी जमुना वनले २सय ९३ मत पाएकी थिइन भने अध्यक्षका अर्का उम्मेदवार दिवस पन्थले २सय५५ मत पाएका थिए । अध्यक्षका अन्य प्रतिष्पर्धीहरुले क्रमशः

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 681 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी यातायात मंत्रालय के गर्दै होला, जिम्मेवारी पर्छ कि पर्दैन ?

    बडा दशैं नजिकिँदै गर्दा यात्रुको अत्यधिक चाप हुने भएकोले संघिय सरकारको यातायात मंत्रालयले सुरक्षित एवं सहज ढंगबाट यात्रुहरुलाई गन्तव्य सम्म पुर्याउन पटक पटक सरोकारवालसंग छलफल गरेको देखिन्छ तर प्रदेश सरकारको यातायात हेर्ने मंत्रालय के गर्दै होला ? प्रदेश सरकारको काम यातायातबाट राजश्व संकलन मात्र गर्ने हो । कि दशैमा यात्रुको सुरक्षा, सवारीसाधन संचालनको अवस्था, प्रदेश भित्रको सडकको अवस्था,बर्षाले भत्किएको सडक तत्काल मर्मत गर्ने , दुर्घटना रहित यात्रा गराउने आदि बिषयमा छलफल, तैयारी प्रदेश सरकारको जिम्मेवारी पर्छ कि पर्दैन ? जे होस,बर्षाले धेरै ठाउको ग्रामीण सडक जिर्ण भएको छ,सडकको कारण दुर्घटना जोख

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 766 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लिम्बुवानको लागि असोज ३ कालो दिन

    धरान/ संविधान जारी भएको दिन असोज ३ गते नै संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सविधान जारी गरेको दिनलाई कालो दिनको रुपमा लिँदै आएको र आफ्नो माग पूरा नहुन्जेलसम्म लिइरहने बताएको छ । मञ्चले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा मञ्चसग सम्बद्ध ६ जनवर्गीय संठनहरुको सयुक्त महाधिवेशनको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो । सो अवसरमा बोल्दै मञ्चका केन्द्रीय महासचिव सदस्य भुपेन्द्र सुन्दर लावतीले लोकतान्त्रिक गणतान्त्रिक सविधान मुलुका आए पनि संघीयता कायम गर्दा आफूहरुको पहिचानलाई सरकारले वेवास्ता गरेका कारण संव

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 526 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सविधान दिवस मनाइयो : कही हर्षोल्लास त कही विरोध

    धरान/ विहीबार संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ । स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ । सविधान दिवस तीन तहकै सरहकारले हर्षोल्लासका साथ मनाएका छन् । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा बिहान आयोजना गरिएको संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए् । त्यस अवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रमा संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी

    वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाले  १०औँ संविधान दिवसको अवसरमा सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । संविधान दिवसको अवसरमा बिहिवार बिहान सांस्कृतिक तथा जातिय पहिचान, झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।  वराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा ३ दिवसीय कार्यक्रम गर्ने निर्णय अनुसार बिहिवार सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।  बिहिवार बिहान नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा उक्त सांस्कृतिक झाँकीसहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो

    • प्रकाशित मितिः असोज ३, २०८१
    • 700 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved