राजनीति

    Showing 491-500 of 1,945 items.
  • आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरु

    धरान । मंशीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि भएको छ । मतदान हुनको लागि ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनेर निर्वाचन आयोगले भनेको छ ।विशेषगरि स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आयोगले मौन अवधि लागू गर्ने गरेको छ ।मौन अवधिमा मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचार प्रसार गर्न पाइँदैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न बर्जित छ । एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिद्युत शुल्क नबुझाउनेलाई कुलमानको अर्को कदम

    काठमाडौँ/ नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता नतिरेका ३४ वटा उद्योगविरुद्ध तीन निकायलाई पत्राचार गरेको छ । प्राधिकरणले बुधबार नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्र लेख्दै कारबाही गर्न सिफारिस गरेको हो । प्राधिकरणले राष्ट्र बैंकलाई पत्र लेखेर बक्यौता नतिरेका उद्योगहरूको बैंक खाता रोक्का गर्न पत्र पठाएको छ। यस्तै प्राधिकरणले धितोपत्र बोर्डमा पत्र लेखेर सर्वसाधारणका लागि शेयर जारी गर्ने लगायतका शेयर खरिद–बिक्री कार्यको इजाजत नदिन आग्रह गरेको छ । साथै प्राधिकरणले कम्पनी रजिस्ट्रारलाई पत्र लेखेर शेयरको हक हस्तान्तर

    • प्रकाशित मितिः मंसिर १३, २०८१
    • 491 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनावश्यक संरचना कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की

    विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्चलाई कटौती गर्नु पर्ने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भने,अनावश्यक खर्च कटौती गर्दै संरचनाको बाढीलाई रोक्नुपर्छ । उनले एकै प्रकृतिका संस्थाहरु केन्द्रदेखि स्थानीय पालिकासम्म बन्न थालेकोमा चिन्ता व्यक्त गर्दै यस्तो रोक्नुपर्ने बताए ।राष्ट्रिय पुँजीको विकास गर्ने विषयलाई प्राथमिकता दिएर काम गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पर्यटन, सूचना प्रविधि, कृषि र निर्माण क्षेत्रमा ध्यान दिनुपर्ने उल्लेख

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 430 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पाँच दिनदेखि राहदानी वितरण ठप्प,सञ्चालनमा आउन अझै दुई साता लाग्ने

    काठमाडौं/ गएको बुधबारदेखि नै प्राविधिक गडबढीका कारण रोकिएको राहदानी वितरण आइतबार पनि ठप्प छ । यसका कारण पाँच दिनदेखि सेवाग्राहीले नयाँ राहदानी बनाउन पाएका छैनन् । आइतबार विभागमा पुगेका सेवाग्राही राहदानी बनाउन नपाएपछि आक्रोशित भएका छन् । आइतबार राहदानी विभाग पुगेका सेवाग्राहीले नाराबाजी गर्दै राहदानीको माग गरेका छन् । सरकारको कमजोरीले गर्दा आफूहरूको अत्यावश्यक काम रोकिएको भन्दै सेवाग्राही आक्रोशित भएका छन् । आइतबारदेखि सेवा पुनः सुरु गर्ने दाबी गरेको राहदानी विभागले आइतबार सूचना जारी गर्दै विभागको मुख्य कार्यालय, जिल्ला स्थित प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूबाट राहदानी

    • प्रकाशित मितिः मंसिर १०, २०८१
    • 477 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको उम्मेद्धवार घोषणा

    धरान ।आगामी २०८१ साल मंसिर १६ गते हुनगई रहेको स्थानीय उपनिर्वाचनमा,संघीय लोकतान्त्रिक राष्ट्रिय मंचको तर्फबाट ३ जिल्लामा उम्मेदवारी दिएको छ । उक्त पार्टी निर्वाचनमा सुनसरी गढी गाउँ पालिकाको उम्मेदवार राजो देवी ऋषि देव,ताप्लेजुङ सिरिजङ्गा ३ सिकैचाका उम्मेदवार राजेन्द्र लिम्बु र झापा कन्काइ ६ का उम्मेदवार दल बहादुर श्रेष्ठ रहेका छन् । उम्मेदवारहरुलाइ, कसरी बिजय गराउने भन्ने बारे,पार्टीको केन्द्रिय अध्यक्ष ,कुमार लिङ्देन(मिराक)को  प्रमुख आतिथ्य ,महासचिव ,सुनसरी इन्चार्ज भूपेन्द्रसुन्दर लावती(हाङ्ग)को सभापतिमा भएको  बैठकबाट उम्मेद्धवारको टुंगो गरेको हो । उक्त बैठकलाई सम्बोधन गर्नु हु

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेस कोषाध्यक्षमा उमेश मनोनित,बल्ल पार्टीले पुर्णता पायो

     काठमाडौं । नेपाली कांग्रेस पार्टीले पार्टीका केन्द्रिय सदस्य उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गरेको छ । पार्टी सभापति सभापति शेरबहादुर देउवाले श्रेष्ठलाई उक्त पदका लागि मनोनित गरेको बताइएको छ । श्रेष्ठलाई कांग्रेस केन्द्रीय पार्टी कार्यालय सचिवालयले कोषाध्यक्षमा मनोनीत गरेको पत्र पठाइसकेको छ । मनोनीत श्रेष्ठले पनि सभापतिले निर्णय गरेको पुष्टि गरेका छन् । उनी पूर्वराज्यमन्त्री समेत हुन् ।गत निर्वाचनमा श्रेष्ठ चितवन(२ मा पराजित भएका थिए ।अपुर्ण रहेको कोषाध्यक्ष पद उमेश श्रेष्ठको मनोनित पछि बल्ल पदाधिकारीले पूर्णता पाएको छ ।

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 537 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

    अन्तर्राष्ट्रिय महिला दिवस र महिला हिंसा अन्त्य दिवस को फरक ?अन्तर्राष्ट्रिय महिला दिवस र आजको दिनमा केही भिन्नताहरू छन् । विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिएको छ । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने कार्यक्रम हो । आजदेखि १० डिसेम्बरसम्म चल्ने विभिन्न अभियान, कार्यक्रमहरू सञ्चालन हुन्छन् । हरेक १० मिनटमा एक जना महिलाको हत्या हुन्छ , यसको विरुद्ध आवाज उठाऔं भन्ने उदेश्यका सन् २०२४ को यस दिवस तत्पर छ । महिला हिंसा अन्त्य दिवस को पृष्ठभूमिअब चर्चा गरौँ, आजको दिन विशेष के हो भन्नेबारे । आजको दिनलाई महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिए

    • प्रकाशित मितिः मंसिर ९, २०८१
    • 580 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमन्त्री तथा माओबादी केन्द्रिय सदस्यको निधन

    काठमाडौं । नेकपा माओवादीका केन्द्रीय समिति सदस्य तथा पूर्वमन्त्री पदम राईको निधन भएको छ । पारकिन्सन रोगबाट लामो समयदेखि ग्रसित उनको शनिबार साँझ वीर अस्पतालमा निधन भएको माओवादी केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार भोलि ९ बजे राईको पार्थिव शरीर केन्द्रीय कार्यालय पेरिस डाँडामा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले बताएको छ ।

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मुख्यमन्त्री कार्कीको घर अगाडी शंकास्पद वस्तु

    धरान .कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घर अगाडी शंकास्पद वस्तु भेटिएको छ । झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको जनाइएको छ भने उक्त वस्तुको बारे वुुझ्न नेपाली सेनाको टोली घट्ना स्थल पुगेको छ । कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ । उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मुख्यमन्त्री कार्की आज बिहान विराटनगर

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 552 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उप निर्वाचनः तीन जना निर्विरोध (कोको भए )?

    काठमाण्डौ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकका छन। त्यसैगरि रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ ।४४ रिक्त पालिका पदमध्ये अब ४१ पदका लागि मात्रै मतदान हुने भएको छ । तीन जना निर्विरोध भइसकेकाले ३३ जिल्लाका ४१ ठाउँमा आउँदो १६ गते मतदान हुन लागेको हो । आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार समन्वय समिति, नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्

    • प्रकाशित मितिः मंसिर ८, २०८१
    • 466 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved