मुख्यमन्त्री कार्कीको घर अगाडी शंकास्पद वस्तु

  • मंसिर ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान .कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको घर अगाडी शंकास्पद वस्तु भेटिएको छ ।
झापास्थित घर अगाडि शङ्कास्पद बस्तु फेला परेको जनाइएको छ भने उक्त वस्तुको बारे वुुझ्न नेपाली सेनाको टोली घट्ना स्थल पुगेको छ ।
कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडि सिरिसको रुखमुनी फेला परेको हो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ ।

हाल उक्त वस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यसतर्फ लागिसकेको बताइएको छ ।

उक्त वस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

मुख्यमन्त्री कार्की आज बिहान विराटनगरबाट झापास्थित घर पुगेका थिए । घर नजिकैको पारिवारिक कार्यक्रममा सहभागी भएपछि उनी बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा पुगेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइटेलले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved