धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई कार्यान्यवन गर्न दबाब दिए पछि धरान उपमहानगरपालिकाको वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाए पछि मेयर राई एक्कासी बैठक स्थगित गरेको घोषणा गर्दै बाहिरिए । विहिबार बसेको कार्यपालिका बैठकमा मेयर राईले पेश भएको एजेण्डालाई जबरजस्ती पेलेरै निर्णय गराउने तर्फ अघि बढे पछि वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरुले विरोध जनाएका थिए । प्रक्रिया र विधि सम्मत एजेण्डालाई पेश गर्न आग्रह गर्दै वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले माग गरेका थिए । तर मेयर राईले आफुले गरेको निर्णयबाट पछाडि नफर्कने भन्दै जबरजस्ती निर्णय गर्न खोजेका थिए ।
पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थल उत्खनन गर्ने क्रियाकलाप आपत्तिजनक भएको उनका अनुयायीहरुको एक समुहले जनाएको छ । किरात धर्म सत्यहाङमा सेवा संघले पाँचथरको सिलौटीस्थित किरात धार्मिकस्थलमा आत्मानन्द लिङदेनको समूहले अनाधिकृत रुपले अतिक्रमण गरेको घटना सह्य नहुने पनि सरोकारवालाहरुको चेतावनी छ । संघले अदालतबाट परमादेश जारी भएको अवस्थामा त्यहाँको एक समुहले सरोकारवालाहरुसँग समन्वय र छलफल नगरी एकतर्फी ढंगले समाधिस्थल उत्खनन गरेको भन्दा न्यायका लागि अदालत गएको उल्लेख गरेको छ । समाधिस्थल उत्खनन वा अतिक्रमणको घटना प्रचलित संविधान र कानुन विपरित भएकोले त्यसलाई
विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सूचना प्रवाह गर्ने उद्देश्यले कोशी प्रदेश सरकारले कृषि मूल्य सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । उद्योग, कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले बुधबार मूल्य सूचना प्रणाली सार्वजनिक गरेका हुन् । कोशी प्रदेशमा उत्पादन भएका कृषिउपजको बारेमा उत्पादक किसान, व्यावसायी, उपभोक्ता बिचमा सहज सूचना प्रवाह गर्न मूल्य सूचना प्रणाली प्रभावकारी हुने भएकाले कोशी प्रदेशमा पहिलो पटक सुरुवात् गरिएको मन्त्रालयले जनाएको छ । उत्पादित उपजको बजारमूल्य बारेमा जानकारी नपाउँदा किसानले सस्तोमा वस्तु बिक्री गर्नुपर्ने बाध्यता हटाउने सूचना प्रणालीले सहयोग पुग्नेछ । फ
विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले काठमाडौंले सोचेभन्दा कोशी प्रदेशको परिस्थिति फरक भएको बताएका छन् । प्रदेश सरकार फेरबदलको चर्चा चलिरहँदा उनले प्रदेशको परिस्थिति सिंहदरबारले सोचेजस्तो नभएको बताएका हुन् । उनले केदार कार्की नेतृत्वको सरकार फेर्ने विषयमा नयाँ गठबन्धनका दलहरूसँग छलफल सुरू भइनसकेको बताए । आङ्बोले भने, ‘कोशीमा संविधानको धारा १६८ (५) अन्तरगतको सरकार कसले बनाएको हो ? यसबारेमा वस्तुनिष्ठ समीक्षा आवश्यक छ ।’ नयाँ सरकार संविधानको कुन धाराबाट बन्छ पहिले सहयात्री दलहरू बसेर आधार तय गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको शीर्ष नेताबीच
खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दुधबाट आम्दानी गर्न ९४ जना किसानलाई भैँसी प्रदान गरेको छ । किसानलाई दुधमा आत्मनिर्भर बनाउँदै दुधबाट आम्दानी भित्र्याउने लक्ष्यसहित भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको “भैँसी प्रवद्र्धन कार्यक्रम” अन्तर्गत दुई माउ भैँसीपालन गर्ने किसानलाई थप एक माउ भैँसी प्रदान गर्ने नीति रहेको बताइएको छ । भैँसी पालनमा किसानलाई व्यावसायिक बनाउन यो कार्यक्रम सञ्चालन गरिएको मेयर विमला राईले बताईन । ‘दुध उत्पादन गरेर विक्री गरुन् र आर्थिक रूपमा किसानको स्तरमाथि उक्सियोस् भनेर यो कार्यक्रम सञ्चालन गरेका हौँ । किसानलाई व्यावसायिक ब
धरान/ सुनसरीको धरानमा नेपाली सेनाका निवृत मेजर सहित ३ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार पार्टी वडा नम्बर १३ को नवौँ बैठकका अवसरमा सेनाका निवृत मेजर बलराम राई प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा समाजसेवी रम्भादेवी रावल र पूर्व मेडिकल जमदार उदयकुमार श्रेष्ठ रहेका छन् । नव प्रवेशीहरुलाई एमाले कोशी प्रदेश सदस्य भीमज्वाला राई, एमाले धरान नगर कमिटी अध्यक्ष अध्यक्ष हर्कजङ्ग एभेङले स्वागत गरेका थिए । एमाले १३ नम्बर वडा कमिटीका अध्यक्ष दिवसप्यारा श्रेष्ठको अध्यक्षतामा भएको बैठक सम्पन्न भएको थियो ।
झापा/ प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल कोशी प्रदेशको चौथो अधिवेशन सम्पन्न भएको छ । झापाको दमकमा भएको परिषद्को चौथो प्रदेश अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । अधिवेशनका क्रममा विभिन्न विषयसँग सम्बन्धित सुझाव संकलन तथा छलफल भएको थियो । अधिवेशनले कोशी प्रदेश अध्यक्षमा पुनः प्रेम कार्की (सङ्खुवासभा)लाई निर्वाचित गरेको छ । यस्तै सचिवमा जितेन लोहार(धनकुटा), उपाध्यक्षमा इन्द्र रावत (भोजपुर), फुरी शेर्पा (सोलुखुम्बु), रत्न श्रेष्ठ (धनकुटा) र युवराज गुरागाईँ (इलाम) लाई निर्वाचित गरेको छ । सहसचिवमा मुना विष्ट (सुनसरी), नरेश ताजपुरीया (मोरङ), प्रविना राई (ओखलढुङ्गा) र कृष्ण गिरी (भोजपुर)
धरान/ लामो समय देखि सुस्त रहेको कोशी राजमार्गको रानी–विराटनगर–इटहरी–धरान सडक आयोजना अन्तर्गत इटहरी–धरान सडकमा पर्ने सेउती–पानीपिया खण्डमा कालोपत्र गर्न थालिएको छ । सडक निर्माण कार्य सुस्त बन्दा चौतर्फी आलोचना भइरहेका बेला ‘हिमदुङ थोकर एन्ड प्यासिफिक जेभी’ले सडक कालोपत्र गर्न थालेको हो । कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले चार लेन सडकमध्ये दुई लेन कालोपत्र भइरहेको बताए । उनले भने,“नियमित निगरानीपछि कालोपत्र सुरु भएको छ । बाँकी भागमा पनि कालोपत्र गर्ने काम चाँडै सकिन्छ ।”धरान–इटहरी खण्डको अन्य सडक बनिसके पनि सेउतीपुलदेखि तर
भोजपुर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। अनुगमनपछि प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागी भई मृत्यु भएका बालबालिकाका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाखका दरले आर्थिक सहयोग गरेको हो। आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग
विराटनगर/ बागमती र कोशी प्रदेशका सभामुख र उपसभामुखबीच विराटनगरमा अनुभव आदानप्रदान भएको छ । संघीयता कार्यान्वयन र प्रदेशसभाको भूमिकाको विषयमा २ प्रदेशका सभामुख र उपसभामुखबीच छलफल भएको हो । उनीहरुबीच ऐन कार्यान्वयन र नयाँ बनाउनुपर्ने कानूनका विषयमा छलफलसमेत भएको छ । कार्यक्रममा दुवै सभामुखले प्रदेशको आर्थिक पक्षका कारण प्रदेशमाथि प्रश्न उठेको बताए । बाग्मतीका सभामुख भुवनकुमार पाठकले संविधानअनुसार अधिकार तलसम्म नपुगेको बताए । सङ्घीयता र गणतन्त्रको वकालत गर्नेहरू मुलुकको महत्वपूर्ण ठाउँमा भए पनि सङ्घीयता कार्यान्वयनमा चासो नदिइएको पाइएको उनको भनाइ । उनले भने, ‘प्रदेश