पहिचानलाई जीवन्तता राख्न पुस्ता हस्तान्तरण गर्नुपर्नेमा सुच्चा राईहरुको जोड

  • माघ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जातीय पहिचानलाई जीवन्तता दिँदै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले आफ्नो पहिचानलाई जीवन्तता राख्न भाषा, सँस्कृतिलाई युवा पुस्तामाझ पुर्‍याउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

धरान १९ हरियाली सामुदायिक भवनको हलमा आयोजित समाजको पाँचौ महाधिशेनमा अगुवाहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । महाधिवेशको पहिलो सत्रको उद्घाटन राष्ट्रिय परीक्षा बोर्ड, विराटनगरकी अधिृकत समीता राईले गरेकी थिइन् ।

उद्घाटन पश्चात बोल्दै प्रमुख अतिथि समेत रहेकी राईले हरेक जातजातिको भाषा संस्कृति त्यस जातिको पहिचान र नेपालीको राष्ट्रिय सम्पति भएकोले भाषा सँस्कृति बचाइराख्न पुस्ता हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।

‘सुच्चा राई कल्यणकारी समाजका अध्यक्ष विनोदकुमार राईले सुच्चा राईलाई र्संगठित गरी पहिचानलाई स्थापित गर्दै सामाजिक कार्यमा अग्रसर हुदै आएको बताउनुभयो ।

उहाँले पाचौ अधिवेशनसम्म आइपुग्दा सुच्च राईहरुले विविधि सामाजिक कार्यहरु रक्तदान कार्यक्रम, भुकम्पपीडितलाई सहयोग, आर्थिक विपन्ना भएका आफ्ना समुदायका मात्र हैन अन्य समुदायलाई समेत निरन्तर आर्थिब सहयोग पुर्‍याउदै आएको अध्यक्ष राईले जानकारी दिए ।

यस्तै कारोना संक्रमणका समस्यामा परेकाहरुलाई सहयोग पुगोस् भनेर आर्थिक सहयोग समेत उपलब्ध गराउदै आएको जानकारी समेत दिए । उहाँले सुच्चा राईहरुको संंख्या देश विदेशमा गरी १३ हजार भन्दा बढी रहेको जनाउदै जातिय पहिचानलाई जीवन्ताता दिन समेत विविध कार्यक्रमको आयोजना गरिदै आएको बताए ।

अधिवेशनको उद्घाटन समारोहमा सुच्चा राई कल्याण समाजका पदाधिकारी, विभिन्न जातीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ सुनसरीका नवनिर्वाचित अध्यक्ष सन्तोष काफ्लेलाई कार्यकाल सफलताको शुभकामना सहित सम्मान गरिएको थियो ।

सो अवसरमा पाचौ महाधिवेशनबाट नयाँ नेतृत्वको चयन समेत गरिने जनाइएको छ ।

suchha-rai-pic-4

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved